Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेप्से परिसूचक
Search Here
साहित्य
  • Home
  • साहित्य
  • ‘दुरा इतिहास र संस्कृति’
‘दुरा इतिहास र संस्कृति’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख १७, २०८०
dura
Hardik health
काठमाडौँ-आजकल, कतिपय अध्येताले देशका जातजातिको जीवनशैलीलाई समेटेर अध्ययन गर्ने तथा कृति प्रकाशन गर्ने क्रममा मन्दी आएको विचार राख्दै आएका छन् । नेपालजस्तो जातजाति, भाषा, संस्कृति आदिका दृष्टिले विविधताले भरिएको देशका लागि यस्तो आवाज आउनु सुखद् प्रसङ्ग अवश्य पनि होइन । यद्यपि, यस क्षेत्रमा काम ठप्पै भएको भने होइन । हुनुपर्ने जति काम नभए पनि केही न केही कामचाहीँ अवश्य भइरहेको छ । यस क्रममा लमजुङको दुराडाँडा क्षेत्र मूल थातथलो मानिएको दुरा समुदायबारे खोजमूलक कृति आएको छ । कृतिको नाम हो– ‘दुरा इतिहास र संस्कृति’ । दुरा समुदायको ऐतिहासिक र सांस्कृतिक पक्षलाई समेटेर ‘दुरा इतिहास र संस्कृति’ नामक खोजमूलक पुस्तक प्रकाशन भएको छ । अल्पसङ्ख्यक अवस्थामा रहेको दुरा समुदायले मूलतः भाषिक तथा जनसाङ्ख्यिक समस्या भोग्दै आएको छ । यसबाट दुरा समुदायको पहिचान पनि सङ्कटमा पर्दै गएको अनुभूत गरिँदैछ । दुराहरूको भाषा पनि मृतप्रायः अवस्थामा छ । विसं २०५८ को राष्ट्रिय जनगणनाअनुसार दुरा जातिको कूल जनसङ्ख्यामा पाँच हजार एक सय ६९ रहेको छ । विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार दुराहरूको पाँच हजार तीन सय ९४ रहेको छ । दुरा सेवा समाजले २०५४ सालमा गरेको एक अध्ययनमा पाँच हजार छ सय ७६ रहेको छ । त्यसमा जिल्लागत जनसाङ्ख्यिक वितरण हेर्दा लमजुङ ७२ प्रतिशत, तनहुँ १६ प्रतिशत, चितवन छ प्रतिशत, कास्की तीन प्रतिशत र अन्य जिल्ला तीन प्रतिशत रहेको छ । यस पुस्तकमा दुरा समुदायको समीक्षात्मक इतिहास, थातथलो, जनसङ्ख्या, भाषिक पक्ष तथा जन्मदेखि मृत्युसम्मका संस्कार समेटिएका छन् । यसैगरी, दुरा समुदायमा प्रचलित विश्वास प्रणाली, खाद्य संस्कृति, चाडवाड, परम्परागत उपचार पद्धति, दुरा समुदायको पहिचानसँग जोडिएका स्थाननाम, लोकजीवनका विभिन्न रोचक आयाम एवं अमूर्त सांस्कृतिक सम्पदा आदिबारे विस्तृत चर्चा गरिएको छ । पुस्तकमा सङ्क्षिप्त इतिहास र परिचय, दुरा समुदायको पहिचानसँग जोडिएका स्थान नाम, अमूर्त सांस्कृतिक सम्पदा, विश्वास प्रणाली, लोकजीवन, चाडपर्व तथा उत्सव, खाद्य संस्कृति, परम्परागत ओखतीमूलो, पूजाआजा, जन्म संस्कार, विवाह पद्धति र मृत्यु संस्कारलाई विस्तृतरूपमा समेटिएको छ । कूल १२ अध्यायमा विभक्त पुस्तकको परिचय खण्डमा इतिहास, थातथलो, जनसङ्ख्या भाषिक पक्ष एवं वेशभूषालाई समेटिएको छ । पुस्तकमा समाज समयक्रमसँगै व्यक्तिवादी बन्दै गएको घडीमा पनि दुरा समुदायमा बाँचिरहेका सामूहिक जीवनशैलीका झलकलाई प्रस्तुत गरिएको छ । दुरा समुदायको जीवनशैलीलाई चित्रण गर्ने क्रममा माइती राख्ने, सियो राख्ने, लोबारे खाने, रोदी बस्ने, माया विचार्ने, चियाँ हेर्नेजस्ता अनौठो सांस्कृतिक रीतभाँतबारे रोचक शैलीमा वर्णन गरिएको छ । यस्ता रोचक सांस्कृतिक रीतभाँतलाई जनाउने शब्दको अर्थ बुझाउन अनुसूची खण्डमा पारिभाषिक शब्दावलीसमेत दिइएको छ । पुस्तकमा दुरा समुदायको पहिचानसँग जोडिएका स्थाननामबारे चर्चा गरिएको छ । यस क्रममा क्रममा कुनै समयमा दुरा समुदायको बसोबास भएको र अहिले बसोबास नभएका तर दुरा समुदायको पहिचान भने कायमै भएका ठाउँका बारेमा दुर्लभ प्रकृतिका जानकारी दिइएको छ । दुरा थोक, दुरा गाउँ, दुरा टहरा, दुराबारी, दुराको बोट आदि ठाउँका बारेमा हालसम्म बाहिर नआएका जानकारी पस्किने काम भएको छ । पुस्तकमा दुरा समुदायमा प्रचलित परम्परागत ओखतीमूलो तथा उपचार पद्धतिबारे पनि प्रकाश पारिएको छ । आजको भोगवादी युगमा महँगो आधुनिक औषधोपचारले बजार पिटिरहेको घडीमा त्यस्ता परम्परागत उपचार पद्धति मूल्यहीनझैँ लाग्नसक्छ तर, औषधोपचार निरन्तर महँगो बन्दै गएको छ । नागरिकले उपचारका नाममा अनावश्यक रूपमा महँगो मूल्य चुकाउनु परिरहेको छ । पुस्तकमा वर्णित परम्परागत ओखतीमूलोबारे अध्ययन गरिरहँदा परम्परागत ज्ञानमा आधारित यस्ता उपचार पद्धतिलाई ब्युँताउन पाएमा नागरिकलाई केही राहत मिल्थ्यो कि भन्ने चेतना पनि पलाउँछ । प्राध्यापन तथा शोधकार्यमा संलग्न यमबहादुर दुराले शोधकार्यपछि पुस्तक लेखेको हुन् । यसभन्दा अघि पनि विभिन्न अध्येताले दुरा समुदायबारे लघु शोधपत्र नलेखेका होइनन् । जनकवि केशरी धर्मराज थापा, राजेश गौतम तथा अशोक थापा मगर, नगेन्द्र शर्मा आदिले आ–आफ्ना पुस्तकको एक हिस्साका रूपमा दुरा समुदायबारे केही प्रकाश पारेका छन् । यसैगरी, डा गणेशमान गुरुङ, डा ऋषिकान्त अधिकारी, मुक्तिनाथ घिमिरे आदिले दुरा समुदायबारे सग्लो पुस्तक नै लेखेका छन् । यद्यपि, विषयवस्तुको पैmलावट, अन्तरवस्तुको व्यवस्थापन र प्रस्तुतीकरणका दृष्टिले यस कृतिलाई हालसम्मकै सघन र व्यापक मानिएको छ । नवप्रकाशित पुस्तकका कृतिकारले दुरा समुदायको इतिहास र संस्कृतिलाई द्रष्टा र भोक्ता दुवैरूपमा चित्रण गरेका छन् । पुस्तकले दुरा समुदायबारे आएका भ्रामक भाष्यलाई चिर्ने काम पनि गरेको छ । उदाहरणका लागि, भारतमा मुसलमान आक्रमण भएपछि राजस्थानस्थित चित्तौडगढबाट भागेर आएका राजपूत रमणी र उनका नोकरबीचको संसर्गबाट दुरा जातिको उत्पत्ति भएको भन्ने अपमानजनक भनाइ कसै कसैले अघि सारेका छन् । बिना ऐतिहासिक आधार तथा प्रमाण अघि सारिएका यस्ता भाष्यलाई विभिन्न ऐतिहासिक साक्ष्य तथा प्रमाणका आधारमा खण्डन गरिको छ ।यसैगरी, दुरा समुदायको सांस्कृतिक पक्षबारे कतिपय लेखकले अज्ञानवश तथा भूलवश लेखेका भ्रामक जानकारीलाई सप्रमाण भ्रम निवारण गर्ने प्रयास गरिएको छ । पुस्तकलाई प्राज्ञिक बनाउने प्रयास पनि भएको छ । सूचनाको स्रोतलाई शोधविधि अनुसार उद्धरण गर्ने प्रयास गरिएको छ । पुस्तकमा सन्दर्भ सामग्री, अनुक्रमणिका, ‘क्रस रिफरेन्स’ तथा अनुसूचीलाई पनि दिइएको छ । आवश्यकताअनुसार मौखिक स्रोत पनि प्रयोग गरिएको छ, जुन एकप्रकारले नयाँ अभ्यास देखिन्छ । यसका अतिरिक्त लेखक दुरा समुदायकै व्यक्ति भएकाले आफ्नो समुदायमा हुर्कंदा बढ्दा देखेभोगेका सांस्कृतिक जीवनका आयामलाई अनुभवप्रधान र अवलोकनमूलक दृष्टिबाट प्रस्तुत गर्ने काम गरिएको छ । पुस्तकमा सुधान गर्नुपर्ने पक्ष पनि देखिन्छ । दुरा समुदायको सांस्कृतिक पक्षको वर्णन गर्दा पुस्तक मूलतः वर्णनात्मक देखिएको छ । यद्यपि, यसमा विश्लेषण तथा समीक्षा नभएको होइन । खासगरी, सांस्कृतिक पक्षको वर्णन गर्दा त्यसको विश्लेषणात्मक पक्षलाई पनि अझ मजबुत बनाउन सकेको भए पुस्तक अझ बढी पठनीय हुने थियो । पुस्तकमा ठाउँ–ठाउँमा तस्बिर पनि प्रयोग गरिएका छन् । तर, पुस्तक पढ्दै जाँदा पाठ (टेक्ट) मा वर्णित सन्दर्भ बुझाउने खालका सान्दर्भिक तस्बिर तथा ग्राफिक्सको कमी भएको प्रतीत हुन्छ । समग्रमा भन्दा, यस पुस्तकलाई दुरा समुदायको ‘इथ्नोग्राफिक अध्ययन’ को गतिलो खुराकको रूपमा लिन सकिन्छ । भविष्यमा दुरा समुदायबारे थप अध्ययन गर्न चाहनेका लागि यस पुस्तक एउटा गतिलो आधार बन्न सक्छ । साथै, नेपालका अल्पसङ्ख्यक दुरा समुदायको इतिहास र संस्कृतिको अभिलेखीकरण तथा सम्वद्र्धनमा पुस्तकले रचनात्मक भूमिका खेल्ने अपेक्षा गर्न सकिन्छ ।।
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै सोमबार, कात्तिक ३, २०८२
बाह्रखरी कथा प्रतियोगिता घोषणा
बाह्रखरी कथा प्रतियोगिता घोषणा शुक्रबार, असोज ३१, २०८२
राजेश हमालको पुस्तक लोकार्पण
राजेश हमालको पुस्तक लोकार्पण आइतबार, असोज २६, २०८२
‘तोरकीन’मा उपल्लो मुस्ताङको कथा 
‘तोरकीन’मा उपल्लो मुस्ताङको कथा  मंगलबार, असोज ७, २०८२
‘लालीगुराँसको साटो’ सार्वजनिक
‘लालीगुराँसको साटो’ सार्वजनिक मंगलबार, असोज ७, २०८२
नेपाल भाषाका वरिष्ठ साहित्यकार प्रा शाक्य अभिनन्दित
नेपाल भाषाका वरिष्ठ साहित्यकार प्रा शाक्य अभिनन्दित सोमबार, असोज ६, २०८२
श्रमसम्बन्धी केही महत्त्वपूर्ण फैसलाको सङ्ग्रह (भाग-३)’ विमोचन
श्रमसम्बन्धी केही महत्त्वपूर्ण फैसलाको सङ्ग्रह (भाग-३)’ विमोचन आइतबार, भदौ २२, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP