Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • उपेन्द्र र सीकेको दंगल, सिकार शिवचन्द्र
उपेन्द्र र सीकेको दंगल, सिकार शिवचन्द्र
बिहीबार, वैशाख १४, २०८०
upendra ck shibchandra
Hardik health
- उपेन्द्रले पहिरेको मधेसको मसीहको ताज खोस्न उद्दत सीके सत्ता छोडेर, टाउको टेकेर बारा उत्रिए पनि उनको केही लागेन - उपेन्द्र धुलो टकटकाउँदै फेरि उठेका छन् उपनिर्वाचनबाट - योसँगै तीन सिटमध्ये एकमा जितेर गठबन्धनको नाक जोगाउने एक्ला बने उपेन्द्र काठमाडौं– गत मंसिरमा झण्डै दोब्बर मतान्तरले हराउँदै डा. सीके राउतले उपेन्द्र यादवलाई मधेसको राजनीतिबाट ‘ब्रेक’ लिन बाध्य बनाए । मधेसमा आफूलाई ‘मसीह’का रुपमा उभ्याउँदै आएका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष यादव रन्थनिए । संघीयताको मुद्दा उठाएर मधेसबाट अनुमोदित भएका थिए यादव । तर, भर्खरै उदय भएको जनमत पार्टीका अध्यक्ष राउतले चुनावी मैदानमा नजरअन्दाज नगरिएका कुस्तीबाजले पछारेझैं पछारेपछि हात उठाउँदै ‘म्युट’ बस्न विवश भए उपेन्द्र । सप्तरीमा पछारिएका उपेन्द्र संघीय सरकारको नेतृत्वमा घुम्न थाले । चुनावका बेला एमालेको फेरो समात्न गए पनि सत्ता फेरबदलमा उनले माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालका साथ छाडेनन् । पछि पुरानै गठबन्धनमा घुस्रिए र आफ्ना लागि मैदान बनाउन उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई अवसर दिए । उपराष्ट्रपतिमा छानिएका रामसहाय यस्तो पात्र थिए जसको विरोध खासै भएन । आफ्नो ठाउँ पनि खाली हुनु, जनमानसमा लोकप्रिय व्यक्ति उपराष्ट्रपतिमा छानिनु । उपेन्द्रले चाहेकै यही थियो । भइदियो यही । उनै उपेन्द्र धुलो टकटकाउँदै फेरि उठेका छन् उपनिर्वाचनबाट । आफूले चुनावी मैदानमा पछारेका उपेन्द्र झण्डै २३० किलोमितर परको दुरीमा रहेको बारा–२ मा पुगेपछि डा. राउतलाई औडाह हुनु स्वाभाविक थियो । एक त उपेन्द्रलाई सत्ता गठबन्धनको साथ रहने भयो, अर्को हारबाट पाठ सिकेका उपेन्द्र जुनसुकै तिकडम लगाएर भए पनि संसद् छिर्ने दाउमा थिए । यस्तो अवस्थामा आफ्ना प्रतिस्पर्धीलाई जसरी पनि हराउने ‘मिसन’मा लागे राउत । उपेन्द्रले पहिरेको ‘मधेसको मसीह’को ताज खोस्न उद्दत सीके सत्ता छोडेर, टाउको टेकेर बारा उत्रिए । चुनावी सभाहरुमा राउत भन्थे– उपेन्द्रलाई सप्तरीमाझैं हराउँछौं । बारामा जनमतले गत निर्वाचनमा दोस्रो बनेका शिवचन्द्र कुशवाहालाई मौका दियो । बाराको उपनिर्वाचनमा रमाइलो के थियो भने दोस्रो प्रतिस्पर्धामा उत्रेका तीन उम्मेदवारले गत निर्वाचनमा हारको स्वाद चाखिसकेका थिए । उपेन्द्र सप्तरी–२ मा पछारिएका थिए भने शिवचन्द्र यही क्षेत्रमा । यता पछिल्लोपटक चर्चामा छाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रमेश खरेल काठमाडौं १ बाट हारेका थिए । मैदान र प्रचार हेर्दा ‘हरुवा’हरुमध्ये उपेन्द्र र शिवचन्द्रको ‘दंगल’ रोचक हुने वातावरण तयार भयो । अझ भनौं यो दंगल सीके राउतको प्रतिष्ठासँग पनि जोडिएको थियो । राउत चाहन्थे मंसिरमा आफैंले झण्डै दोब्बर मतले हराएका उपेन्द्र यसपाला मैदानमा लडून् र कहिल्यै नउठून् । सप्तरी–२ मा राउतले ३५ हजार ४२ मत पाउँदा उपेन्द्रले १६ हजार ९७९ मा चित्त बुझाएका थिए । चुनावको अन्तिम घरदैलोको दौरानमा जनमतको मिसनबारे जिज्ञासा राख्दा उपेन्द्र झोक्किएका थिए पनि । मतदातालाई नमस्कार ठोक्दै अघि बढ्दा सञ्चारकर्मीको समूहले उनलाई घेर्दै प्रश्न सोधेका थिए, ‘तपाईं चुनावमा हार्दै हुनुहुन्छ, सीके राउतको पार्टीले कडा टक्कर दिंँदै छ भन्ने सुनिँदै छ नि ?’ प्रश्न सुनेर झोक्किएका उनको जवाफ थियो, ‘को हुन् सीके राउत, कोबाट परिचालित छन् ? यो खोजको विषय हुनसक्छ, अनुसन्धान गर्नुपर्छ ।’ त्यतिबेला परिस्थिति सधैं एउटै नरहने बताएर शान्त बनेका थिए उपेन्द्र । उनै उपेन्द्रले उपचुनावमा जनमतका शिवचन्द्रलाई पाँच हजारभन्दा बढी मतान्तरले पराजित गर्दै दंगल जितेर दोस्रो प्रयासमा संसद्मा ‘इन्ट्री’ मार्दै आफ्नो पार्टी नेतृत्वको इज्जतमात्र जोगाएनन् गठबन्धनकै इज्जत धानिदिए । किनकि, तीन सिटमध्ये दुई सिट गठबन्धनका उम्मेदवारलाई निकै पछि पार्दै रास्वपाका उम्मेदवार विजयी बन्दा गठबन्धनको नाक जोगाउने एक्ला बने उपेन्द्र । यतिमात्र हैन पार्टीमा घटेको साखलाई उनले फर्काएका छन् । यसपटक कांग्रेस इमानदार बन्दा उपेन्द्रले विजयको ताज लगाउन सफल भएको जनमत पार्टीको विश्लेषण छ । मतदानको अन्तिम सातासम्म जनमतका शिवचन्द्रको पक्षमा माहोल देखिए पनि अन्तिम दिन राति परिस्थिति फेरिएको डा. राउतनिकट एक नेताले बताए । अध्यक्ष राउतले भने सत्ताको लाठी र बन्दुकको बलमा बुथ कब्जा गरी चुनाव उपेन्द्रले जितेको आरोप लगाएका छन् । यद्यपि, सोही पार्टीका अर्का नेता जनमतको उम्मेदवार छनोट नै गलत भएको दाबी गर्छन् । ‘नयाँ व्यक्तिहरु रुचाइएको बेला जनमतले आफ्नै नेतालाई अवसर नदिएर माओवादीका नेतालाई छान्नु अध्यक्ष राउतको गल्ती थियो,’ नाम नखुलाउने सर्तमा ती नेताले भने, ‘यसले गर्दा जनमतले सुनौलो मौका त गुमायो नै अध्यक्षको मिहेनत पनि खेर गयो ।’ यता आफू निर्वाचित भएपछि जसपाका अध्यक्ष यादवले मतदाता र गठबन्धनका नेता कार्यकर्तालाई धन्यवाद दिँदै सीके राउत लक्षित प्रतिक्रिया दिए । यादवले आफ्नो जित राष्ट्रिय एकतालाई तोडेर विखण्डनका लागि रोपिएको बीजको हार भएको तर्क गरे । ‘मधेसी समुदायलाई जात जातमा लडाएर जातीय विद्वेष फैलाउने केही मनिसहरुले गरेको प्रयास नराम्रोसँग पराजित भएको छ,’ यादवले जितपछि भने ।
उपेन्द्रको उदय विराटनगरमा शिक्षण पेसामा रहेका यादवले सन् १९९७ मा मधेसी जनअधिकार फोरम नेपाल गैरसरकारी संस्था गठन गरेर मधेस राजनीति सुरु गरेका थिए । संकटकालका बेला आप्रवासमा बसेका उनी भारतमा जेलमासमेत परेका थिए । २०६३/६४ को मधेस आन्दोलनबाट उनी राजनीतिको चर्चामा छाए । आत्मनिर्णयको अधिकारसहितको समग्र मधेस एक प्रदेश र संघीयता, समावेशिताको मुद्दा उठाएर उनी अगाडि बढे । ०६४ मा भएको पहिलो संविधानसभाको निर्वाचनमा उनले दुई स्थानबाट चुनाव जितेका थिए । पहिलो संविधानसभामा मोरङ–५ र सुनसरी–५ बाट उनी विजयी भए । पहिलो संविधानसभामा ५२ सिटसहित चौथो शक्ति बनेर उदाएको फोरम पछि टुक्रियो र १३ सिटमा सीमित हुन पुग्यो ।
दोस्रो संविधानसभाको निर्वाचनमा पनि उनी सोही दुई स्थानबाट चुनावमा उठेका थिए तर मोरङमा पराजित भएका उनी सुनसरीमा विजयी भए । दोस्रो संविधानसभापछि अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग उनले एकीकरण गरेर पार्टीको नाम संघीय समाजवादी फोरम नेपाल राखेका थिए । स्थानीय तहको निर्वाचनअगाडि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकीकरणको तयारी भए पनि अन्त्यमा अध्यक्ष पदको विवादका कारण सफल हुन सकेको थिएन । यद्यपि, भट्टराईको पार्टी उनकै पार्टीको मसाल चुनाव चिह्न लिएर स्थानीय तहको निर्वाचनमा गएको थियो । ०७४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा उनी सप्तरी–२ बाट निर्वाचित भएका थिए । वाम गठबन्धनका उम्मेदवार एवं पूर्वमन्त्री उमेश यादवलाई पराजित गर्दा त्यतिबेला पनि उनलाई नेपाली कांग्रेसको साथ थियो । चुनावमा ‘ह्याट्रिक’ जित निकालेर पटक–पटक सत्ताको स्वाद चाखेका उनी मंसिरमा भने पछारिएका थिए । दल टुटफुटको राजनीतिमा उपेन्द्रको पार्टीको नाम फेरिरह्यो । २०७७ जेठमा राष्ट्रिय जनता पार्टीसँग मिलेर पार्टीको नाम जसपा बन्यो । मिलेको केही समयमै महन्थ ठाकुर, राजेन्द्र महतोलगायत छुट्टिएर लोकतान्त्रिक समाजवादी पार्टीृ बन्यो भने उपेन्द्र जसपाको अध्यक्ष रहे ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP