Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • रुपन्देहीबाट नक्खुमा सारिए रवि 
रुपन्देहीबाट नक्खुमा सारिए रवि 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ १, २०८२

 

रुपन्देही उपनिर्वाचनको सरगर्मी सुरु भएको छ । उहाँलाई त्यहीँ राख्दा रास्वपालाई फाइदा हुने ठानेर सरकारले यही बेला सरुवा गरेको हाम्रो आशंका छ । दोस्रो, लामिछानेलाई काठमाडौं स्थानान्तरण गर्ने निर्णयको अर्को कारण लामिछानेको मानवअधिकारका विषयमा प्रश्न उठेपछि सरकारलाई परेको दबाब हो ।
मनिष झा
प्रवक्ता, रास्वपा
 

 

काठमाडौं- आगामी १७ कात्तिकमा हुने उपचुनावको सरगर्मी बढेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अड्डासार भएको छ । रुपन्देही जिल्ला कारागारबाट लामिछानेलाई शनिबार ललितपुरको नक्खु कारागारमा स्थानान्तरण गरिएको हो । 

Hardik health

त्यस क्रममा त्रिभुवन विमानस्थल परिसर र कारागार अगाडि उनका पार्टी कार्यकर्ता तथा समर्थकहरू ठूलो संख्यामा देखिए । लामिछाने हात हल्लाउँदै कारागार पसे । उनी गत जेठमै काठमाडौं आउन चाहन्थे । उनले जेठको दोस्रो साता अड्डासारका लागि निवेदन दिएका थिए । तर, उनको दल रास्वपा र विपक्षी अन्य दलले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकसहितको संसद्मा विरोध गरेपछि अड्डासार रोकिएको थियो । हालै राष्ट्रिय मानवअधिकार आयोगको टोलीले लामिछानेलाई राखिएको कारागारको अनुगमन गरेको थियो । आयोगकी आयुक्त लिली थापाको नेतृत्वमा भएको अनुममन टोलीले लामिछानेले आधारभूत मानवअधिकार प्रयोग गर्न नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो ।

तर, लामिछानेको अड्डासारलाई लिएर रास्वपामा संशय पैदा भएको छ । उक्त दलका प्रवक्ता मनिष झाका अनुसार दुई कारणबाट लामिछानेको नक्खु कारागारमा अड्डासार भयो । ‘पहिलो-रुपन्देही उपनिर्वाचनको सरगर्मी सुरु भएको छ । उहाँलाई त्यहीँ राख्दा रास्वपालाई फाइदा हुने ठानेर सरकारले यही बेला सरुवा गरेको हाम्रो आशंका छ । दोस्रो– लामिछानेलाई काठमाडौं स्थानान्तरण गर्ने निर्णयको अर्को कारण लामिछानेको मानवअधिकारका विषयमा प्रश्न उठेपछि सरकारलाई परेको दबाब हो,’ उनले भने कारागार प्रशासनले जेलको पूर्वाधार, सुरक्षा चुनौती र कैदीबन्दीको चापका कारण लामिछानेलाई उचित सुविधा दिन नसकिएको दाबी गरेको थियो । तर, उनलाई स्थानान्तरण गर्न लागिएको नक्खु कारागारमा पनि क्षमताभन्दा धेरै कैदीबन्दी छन् । गत असारको विवरणअनुसार उक्त कारागारमा एक हजार २९२ जना कैदीबन्दी छन् । 

प्रभावसँग संक्षिप्त कुराकानी गर्दै कारागार व्यवस्था विभागका महानिर्देशक लीलाप्रसाद शर्माले लामिछानेलाई ल्याएको नक्खु कारागारमा पनि देशका अधिकांश कारागारमा जस्तै क्षमताभन्दा धेरै नै कैदीबन्दी रहेको बताए । शर्मा भन्छन्, ‘उहाँकै अनुरोध र अदालतकोसमेत अनुमति भएपछि हामी उहाँलाई उठायौं ।’ चार महिनादेखि रुपन्देही कारागारमा रहेका लामिछानेलाई कोठा बाहिर निस्कनसमेत नदिइएको विषयमा मानवअधिकार आयोगले ध्यानाकर्षण गराएको थियो । नक्खु कारागारमा सारेपछि त्यस्तो अवस्था अन्त्य होला  ? भन्ने प्रश्नको जवाफमा महानिर्देशक शर्मा भन्छन्, ‘कारागार कार्यालयले अन्य कैदीबन्दीजस्तै उनलाई पनि उपलब्धताका आधारमा सुविधा दिने हो । यहाँ रुपन्देहीमा भन्दा केही फरक त होला ।’

रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनमा लामिछानेविरुद्धको मुद्दा रुपन्देही जिल्ला अदालतमा विचाराधीन छ । पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई यसअघि उच्च र सर्वोच्च अदालतले मुद्दाको अन्तिम फैसला नहुँदासम्म थुनामा पठाउन आदेश दिएका थिए । तीनवटै तहका अदालतमा पुनरावेदनको ढोका बन्द भएको ठानिएका बेला लामिछानेले मुलुकी अपराध कार्यविधि संहिताको अर्को व्यवस्थाअन्तर्गत आफूलाई थुनामुक्त गर्न एक साताअघि निवेदन दिएका थिए । रुपन्देही जिल्ला अदालतले गत साता उनको पछिल्लो निवेदन अनुसार थुनामुक्त गर्न अस्वीकार गरेको थियो ।

यसअघि गएको माघ १३ गते रूपन्देही जिल्ला अदालतले लामिछानेलाई एक करोड धरौटी लिएर छाड्न आदेश दिएको थियो । तर चैत २२ गते उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले जिल्ला अदालतको आदेश उट्याउँदै त्यसको दुई महिनापछि उनलाई पुनः थुनामा पठायो । आफ्नो दलका सभापतिलाई राज्यले प्रतिशोध साँधेर मुद्दा चलाएको दाबी गर्दै आएको रास्वपाले आफ्नो मुद्दामा समर्थन खोज्दै असार ७ गतेबाट सर्वसाधारणहरूको हस्ताक्षर संकलन गरिरहेको छ ।

 


अड्डासारको राजनीति
पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत वर्षको २५ कात्तिकदेखि थुनामा छन् । उनलाई सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश अदालतले दिएको थियो । सोहीअनुसार जेलवास भएका लामिछानेलाई गत १६ जेठमा अदालतले काठमाडौं उपत्यकाका कारागारमा स्थानान्तरण गर्न अनुमति पनि दिएको थियो । तर, गृह मन्त्रालयमातहतको कारागार विभागले लामिछानेको अड्डासार रोकेर राखेको थियो । यद्यपि, लामिछानेको सरुवा भयो । आगामी १७ कात्तिकमा भने रुपन्देही-३ मा उपनिर्वाचन हुँदै छ । चुनावी माहोलमा सभापति लामिछाने रुपन्देहीमै रहनुलाई रास्वपाले राजनीतिकरूपमा फाइदाजनक लिएको थियो ।

त्यहीबीच सभापति लामिछानेलाई सुनाउन कारागार पुगेका उपसभापति डा. स्वर्णिम वाग्लेले उपनिर्वाचनकै बेला लामिछाने रुपन्देही कारागारमै रहनुले अर्थ राख्ने दाबी गरेका थिए । उनले रविको रुपन्देहीमा बसाइँले चुनावमा सहयोग पुग्ने भन्दै १५ साउनमा भनेका थिए, ‘पार्टी सभापति रवि लामिछाने रुपन्देहीमा हुनुहुन्छ, रुपन्देही-३ मै हुनुहुन्छ होइन । पहिला अड्डासार माग्दा दिएनन्, अहिले चाहिँ रुपन्देही- ३ मा हुनुहुन्छ, अब यहाँ त अलिअलि प्रभाव त परिहाल्छ नि ।’

२८ साउनमा संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिमा सांसद सोविता गौतमको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले भनेका थिए, ‘कारागार सार्ने विषय अगाडि बढेको छ । अदालतको पनि अनुमति प्राप्त छ । उहाँको निवेदन पनि छ । सरकारले सुरक्षाका सबै कुरा हेरेर कुन कारागारमा सार्ने भन्ने निर्णय गर्नुपर्छ । यो कुरा मैले गम्भीरतापूर्वक लिएको छु ।’ यसरी सुरुमा लामिछानेको अड्डासारको विषयमा कठोर बनेको सरकार पछिल्लो समय लचिलो बन्यो, जुन रुपन्देही–३ को उपनिर्वाचनसँग जोडिएको बताइन्छ ।
 


प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  ११:०८
#रवि लामिछाने
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन मुख्य दलका नेतृत्वबीच छलफल
राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन मुख्य दलका नेतृत्वबीच छलफल बुधबार, पुस ९, २०८२
शेखर–गगन नै सार्ने माहोल बनाउँदै
शेखर–गगन नै सार्ने माहोल बनाउँदै बुधबार, पुस ९, २०८२
निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा
निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा बुधबार, पुस ९, २०८२
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा मंगलबार, पुस ८, २०८२
झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा
झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा मंगलबार, पुस ८, २०८२
एमाले नेतृत्वद्वारा महाधिवेशनको सन्देशबारे मातहतका कमिटीलाई जानकारी
एमाले नेतृत्वद्वारा महाधिवेशनको सन्देशबारे मातहतका कमिटीलाई जानकारी मंगलबार, पुस ८, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्‍ने
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्‍ने मंगलबार, पुस ८, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP