Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • मिटरब्याजपीडितलाई न्याय दिलाऊ
मिटरब्याजपीडितलाई न्याय दिलाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत १५, २०७९
Editorial_Prabhab
Hardik health
सरकार कमजोर हुँदा सबैभन्दा पीडित सर्वसाधारण बन्ने गरेका छन् । टाठाबाढाहरु त राज्य कमजोर हुँदा नै बढी फाइदा लिन्छन् । राजनीतिक दल तथा सत्ताको पहुँचमा उनीहरुले शोषण गर्ने सर्वसाधारणमाथि नै हुन् । यस्तै फाइदा लिनेहरुमा पर्छन् मिटरब्याजीहरु । सर्वसाधारणलाई ऋण दिएर मिटरब्याज असुल्ने उनीहरुले ऋणीको घरबारदेखि सारा सम्पत्ति कब्जा जमाउने गरेका छन् । सर्वसाधारणलाई घरबारविहीन बनाउने मिटरब्याजीहरुको विगविगी नियन्त्रणमा सरकार असफल बनिरहेको छ । यसरी पीडित बनेकाहरु अहिले न्याय माग्दै राजधानी काठमाडौंमा आन्दोलनरत छन् । मधेसबाट हिँडेरै काठमाडौं आइपुगेका हुन् पीडितहरु । उनीहरु यसरी कष्टपूर्वक राजधानी आउनुको एउटै उद्देश्य आफ्नो पीडा राज्यका शासकहरुलाई सुनाउनु हो । राजधानीमा बसेर जनतालाई सधैं आश्वासन बाँडिरहने शासकहरुले उनीहरुको पीडा कति सुन्लान् हेर्न बाँकी नै छ । तर, मिटरब्याजपीडितको आँशु यतिखेर राजधानीको माइतीघर मण्डल र सडकका किनारहरुमा बगिरहेको छ । न्याय माग्न राजधानी आएका उनीहरुको बास सडकमै छ । सडकबाटै उनीहरुले आफ्नो पीडा पोखिरहेका छन् ।राज्य भनेको प्रत्येक नागरिकको अभिभावक हो । तर, नेपाल सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न सकिरहेको छैन । सडकमा निरन्तर आँशु बगाइरहेका पीडितहरु पक्षमा आजसम्म उल्लेखनीय निर्णय गरेको छैन । यद्यपि, मंगलबारको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध करार गरी कारबाही गर्नेगरी कानुनी व्यवस्था गर्ने निर्णय गरेको छ । यसलाई सकारात्मक लिनुपर्छ । तर, कानुनको कार्यान्वयन कति प्रभावकारी हुन्छ भन्ने कुरा महत्वपूर्ण हो । किनभने, धेरै कानुन भएर पनि कार्यान्वयन फितलो बन्दा निस्प्रभावी बनिरहेका छन् । मिटरब्याजपीडितको पीडा साँच्चै नै दर्दनाक छ । यस्तो पीडामा पार्नेहरुलाई कानुनी दायरामा ल्याई कारबाही गर्नुको विकल्प छैन । सरकारले यसमा अग्रसरता लिनैपर्छ । पीडितको आवाज नसुन्ने हो भन्ने राज्य हुनुको के अर्थ ? हुन त राजनीति गर्नेहरुका लागि यस्तो अवस्था अवसर हुने गर्दछ । यस्तै पीडितहरुलाई भर्‍याङ बनाएर आफू माथि जाने प्रवृत्ति नेताहरुमा रहँदै आएको छ । मंगलबार पनि विभिन्न दलका नेताहरु मिटरब्याजपीडितको धर्नामा पुगे । सांसददेखि पूर्वप्रधानमन्त्रीसम्म धर्नामा उपस्थित भएर ऐक्यबद्धता जनाउनु राम्रो कुरा हो । तर, आफू सत्तामा हुँदा केही नगर्ने र बाहिर हुँदा सरकारलाई दबाब दिएजस्तो गर्ने खराब प्रवृत्ति छ । पीडितको आँशुमा राजनीति गर्नेहरुलाई अब भने महँगो पर्न सक्छ । त्यसैले आँशुमा राजनीतिक स्वार्थ राख्नु कदापि राम्रो हुने छैन । न्याय माग्न आएका मिटरब्याज पीडितलाई न्याय दिलाउन सरकार र सरोकारवाला सबै जिम्मेवार बनून् ।
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १२:३३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP