Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • भागबण्डामा अल्झिएको गठबन्धन
भागबण्डामा अल्झिएको गठबन्धन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत १४, २०७९
Editorial_Prabhab
Hardik health
पछिल्लो समय आमनेपाली जनताको समस्या विकराल बन्दै गइरहेको छ । १० दलीय गठबन्धनको नेतृत्व गरेर सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल भएभरका मन्त्रालय आफ्नो काँधमा बोकेर बसिरहेका छन् । चैत १० गतेभित्र सरकार पूर्ण बनाउँछु भन्दै अझै सत्ताको लुँछाचुँडीमा छन् प्रधानमन्त्रीसहित बाँकी दलहरु ! जनताले चाहेको आधारभूत आवश्यकता पनि सरकारले पूरा गर्न सकिरहेको छैन । गाउँ–गाउँका जनताले न्याय खोज्नका लागि पैदलै बालबालिका काँधमा बोकेर धर्ना गर्न आउनुपरेको छ ।‘न्याय नपाए गोरखा जानू’ भन्ने पुरानो उक्ति अहिले फेरिएको छ । संघीय लोकतान्त्रिक मुलुकको सातवटा प्रदेश सरकारले न्याय दिन सकिरहेका छैनन् । जसका कारण प्रदेश नै खारेज गरौं भन्ने अभियान सुरु भइसकेको छ । स्थानीय सरकार बिचौलियाको कब्जामा छ । त्यसैले न्याय खोज्न डाँडामाथिको घाम भइसकेका नागरिकसमेत माइतीघर मण्डलमा धर्नामा बस्नुपरेको छ ।जनताको काम गर्नुको सट्टा सत्ता साझेदारदहरु मन्त्रीको भागबण्डामा नै दिनरात व्यस्त देखिएका छन् । लाग्छ प्रधानमन्त्रीको काम भनेकै सरकार साझेदार दलका लागि मन्त्रालय उत्पादन गर्ने हो । अहिलेको अवस्थालाई हेर्ने हो र संविधानले नबाँधेको भए उसबेला देउवा सरकारले जस्तै वर्तमान प्रधानमन्त्री दाहालले ५० भन्दा बढी मन्त्री बनाउने थिए होलान् । ‘काम कुरा एकातिर, कुम्लो बोकी ठिमी’ तिर भनेजस्तै भएको छ वर्तमान गठबन्धन सरकार । प्रधानमन्त्रीका रुपमा नेतृत्व लिएको करिब तीन महिना बितिसक्दा पनि दाहालले घोषणा गरेअनुसार काम गर्न सकेका छैनन् । जनताको आवश्यकतामाथि ध्यान दिन सकेका छैनन् । बरु आफ्नो सत्ता टिकाउनका लागि दुई–दुई पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको छ । आफ्नो सत्ता टिकाउनका लागि जस्तोसुकै सम्बन्ध जोड्न र तोड्न पनि सिपालु छन् प्रधानमन्त्री दाहाल । कांग्रेससँग मिलेर चुनाव लडे, एमालेसँग मिलेर सरकार बनाए । भागबण्डामा असहज भएपछि फेरि कांग्रेससँग काँध मिलाएर अघि बढिरहेको वर्तमान सरकारले गरेको काम खै ? मुलुकको अर्थतन्त्र संकटतर्फ उन्मुख भइरहेको छ । युवाहरु बेरोजगारीका कारण त्राहीत्राही भएका छन् । विमानस्थलमा हेर्ने हो भने चौबिसै घण्टा विदेश जानेहरुको उत्तिकै भीड देखिन्छ । त्यसो भए वर्तमान सरकारले के ग¥यो । कहाँ अलमलिरहेको छ सरकार ? जनताले सरकार छ भन्ने महसुससमेत गर्न छाडिसकेका छन् । सरकार हराएको छ । कहाँ र किन सरकार हराएको छ वा जनतासँग डराएको छ भन्ने कुराको निष्कर्ष निकाल्नु जरुरी छ । यी कुराहरुलाई ध्यान दिँदै तत्काल मन्त्रीमण्डललाई पूर्णता दिई सरकारको कामलाई प्रभावकारी बनाउन जरुरी छ ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ११:२९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP