Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • गैरनेपालीलाई नागरिकता दिलाउने गिरोहको चुनौती
गैरनेपालीलाई नागरिकता दिलाउने गिरोहको चुनौती
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत १०, २०७९
Editorial_Prabhab
Hardik health
गैरनेपालीलाई सक्कली नेपाली नागरिकता ! त्यसरी नागरिकता दिलाउन प्रतिव्यक्ति तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म रकम असुली । सुन्दा अपत्यारिलो लाग्ने यस्तो घटना वास्तविकतामै भइरहेको खुलासा भएको छ । नागरिकता जस्तो संवेदनशील कागजात यसरी गैरनेपालीलाई दिलाउने कार्य हुनु अत्यन्त गम्भीर विषय हो । नेपाल प्रहरीका अनुसार नक्कली कागजात बुझाएर गैरनेपालीलाई सक्कली नागरिकता दिलाउन ठूलो गिरोह नै सक्रिय रहेको देखिन्छ । प्रहरीका अनुसार उक्त गिरोहले ५०० भन्दा बढी व्यक्तिलाई नागरिकता दिलाएको अनुमान छ । एक समूहले नक्कली कागजात पेस गरेर तिब्बती शरणार्थीलाई सक्कली नागरिकता बनाएको प्रहरीले खुलासा गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी कीर्ते गरी नागरिकता निकाल्ने पाँच जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयमा क्यान्टिन चलाएर बस्ने व्यक्तिसमेत परेका छन् । उनीहरूलाई नागरिकता ऐन तथा लिखतसम्बन्धी कसूरमा आवश्यक कारबाहीका लागि बुधबार जिल्ला प्रहरी परिसर टेकु पठाइएको जानकारी दिइएको छ । प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिएको जानकारीअनुसार उनीहरूको साथबाट नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, जन्म दर्ता, बसाइँसराइ, विवाह दर्ता, सम्बन्धविच्छेद, वडा कार्यालयको सिफारिसलगायतका महŒवपूर्ण अन्य विविध कागजात, कीर्ते गर्न प्रयोग हुने वडा कार्यालयको छाप तथा दस्तखत, नक्कली कागजात पेस गरी बनाइएको गैरनेपालीले प्राप्त गरेको सक्कलै नागरिकता बरामद गरिएको छ । कीर्ते कागजात बनाउनु आफैंमा अपराध हो । अझ सोही कीर्ते कागजका आधारमा सक्कल नागरिकता लिनु गम्भीर विषय हो । त्यसै पनि खुला सीमाका कारण नेपालमा नागरिकताको विषय अति संवेदनशील बन्दै आएको छ । यसरी कीर्ते कागजात बनाएर गैरनेपालीलाई सक्कली नागरिकता दिलाउने गिरोह सक्रिय हुँदा थप चुनौतीपूर्ण बनाएको छ । यस्तो आपराधिक कार्यमा जिल्ला प्रशासन कार्यालयका अधिकारीहरुकै संलग्नता रहेको आशंका गरिएको छ, जुन जायज छ । किनभने, उनीहरुको संलग्नता वा सहयोगविना गैरनेपालीलाई नेपाली नागरिकता दिलाउनु असम्भवप्रायः छ । त्यसैले ती अधिकारीहरुमाथि प्रत्यक्ष निगरानी र अनुसन्धान हुन जरुरी छ । यस्तो आपराधिक कार्यमा संलग्न कसैलाई पनि उन्मुक्ति दिइनु हुँदैन ।नागरिकता कसले पाउने भन्ने नेपालको संविधानमा स्पष्ट व्यवस्था गरिएको छ । सो व्यवस्थाअनुसार नागरिकता प्रदान गर्ने कार्य सम्बन्धित निकायले गर्नुपर्छ । यहाँ कतिपय वास्तविक नेपाली नागरिकले नै नेपाली नागरिकता पाउन नसकेको अवस्था छ । उनीहरुलाई नागरिकता दिलाउन भन्दै नागरिकता विधेयक अघि बढाउने कार्य पटक–पटक भएका छन् । तर, अहिलेसम्म पनि त्यसले पूर्णता पाउन सकिरहेको छैन । राजनीतिक दलहरुले आफूअनुकूल विधेयक अगाडि बढाउने प्रवृत्तिका कारण यसमा खिचातानी हुने गरेको छ । तर, यहीबेला धमाधाम कीर्ते कागजातबाट गैरनेपालीले सक्कली नागरिकता लिइरहेको सार्वजनिक हुनु राज्यका लागि ठूलो चुनौती हो । त्यसैले गृह मन्त्रालय र मातहतका निकायहरु यस्तो कार्य नियन्त्रण र दोषीलाई कानुनी कठघरामा उभ्याउन सक्रिय बन्न जरुरी छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  ११:५५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP