Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • मिटरब्याजपीडितले न्याय पाउँलान् ?
मिटरब्याजपीडितले न्याय पाउँलान् ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत १, २०७९
Editorial_Prabhab
Hardik health
पछिल्लो केही समययता चर्को मिटरब्याजका कारण उठीबास लागेका गरिब किसानहरु सरकारसँग हार गुहार गरिरहेका छन् । विभिन्न जिल्लाबाट चर्को ब्याज असुली आफ्नो घर खेत कब्जा गरेकाले न्याय खोज्दै देशभरका पीडितहरु माइतीघर मण्डलमा धर्ना र जुलुसमा सहभागी भइरहेका छन् । गत वर्ष पनि यस्तै धर्ना, जुलुस नभएको होइन । तर, सरकारले मिटरब्याजमा असुलीधन्दा चलाइरहेकालाई खासै कारबाही भने गर्न सकेन । हुन त विगतमा साम्यवादको नारा घन्काएर गरिब किसानहरुलाई प्रयोग गर्दै १२ वर्षसम्म सशस्त्र द्वन्द्वमा रमाएको माओवादी नेतृत्व नै यतिखेर सरकारको नेतृत्वमा छ । पुष्पकमल दाहाल भूमिहीन किसानका नेताका रुपमा आफूलाई उभ्याउँथे तर उनकै शासनकालमा मिटरब्याजका कारण रित्तिएकाहरु न्यायको भिख मागिरहेका छन् ।सायद मुलुकमा जनताको सरकार हुँदो हो त मिटरब्याजमा धन्दा चलाउनेहरुलाई खोजी–खोजी कारबाही गर्न सक्थ्यो । गरिब, उत्पीडित, किसानहरु न्यायको भिख माग्दै काठमाडौंमा धर्ना जुलुस गर्न आउनु पर्दैनथ्यो होला । पुर्खाले जोडेको सम्पत्ति अहिले मिटरब्याजीका कारण साहुहरुले कब्जा गरिसकेका छन् । कतिपय साहुहरुले पहिले नै धितो भन्दै आफ्नै नाममा गरिसकेका छन् । नियमित ब्याज बुझाउँदाबुझाउँदै पनि सम्पत्ति हडप्ने मिटरब्याजीहरुको अन्यायको सीमा नाघिसकेको छ ।मिटरब्याजी हुन् या लघुवित्तका नाममा गरिबको सम्पत्तिमा आँखा गाड्नेहरुका विरुद्ध न त सरकारी निकायले कारबाही गर्ने प्रयास गर्दछ न त पीडितहरुलाई न्याय दिने चाहना नै गरेको देखिन्छ । सरकारमा बस्ने वा सत्ताको वरपर घुम्नेहरु नै मिटरब्याजीका निकट छन् । तिनैले जिल्लाका नेता एवं प्रशासकहरुलाई आफ्नो मुट्ठीमा राखेका छन् । अनि चर्को मिटरब्याज असुली रहेका छन् । आर्थिक अपराध कर्ममा लागेका मिटरब्याजीहरुलाई सरकारले नै संरक्षण दिइरहेको भान हुन्छ । गरिब जनता न्यायको खोजीमा भौतारिनुपर्ने अवस्थामा पनि सरकार मुकदर्शक बनिरहेको छ । हजारौंको संख्याका पीडितहरु न्याय खोज्दै माइतीघरमा चिच्याउँदा कराउँदा पनि नजिकैको सिंहदरबारमा बस्ने सरकारले सुन्न सकिरहेको छैन । अझ भनौं सुनेर पनि नसुनेको जस्तो गरिरहेको छ । जनताले ल्याएको गणतन्त्रमा जनता नै पीडित र अन्यायमा बाँच्नुपरिरहेको परिदृश्यले सायद सत्ताका भोका नेतृत्वलाई गिज्याउनुपर्दथ्यो । तर, सुन्ने क्षमता, देख्ने क्षमता अनि अनुभूति गर्ने क्षमता भएर पनि मौन बस्ने सरकारबाट मिटरब्याजपीडित जनताले न्याय पाउँछन् भन्ने कुरामा आशा गर्न सकिएला र ?  
प्रकाशित मिति: बुधबार, चैत १, २०७९  ०८:५४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP