Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • नयाँ राष्ट्रपतिको पर्खाइ
नयाँ राष्ट्रपतिको पर्खाइ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन २५, २०७९
editorial
Hardik health
मुलुकले आज नयाँ राष्ट्रपति पाउँदै छ । तेस्रो राष्ट्रपति चयनका लागि आज हुने निर्वाचनबाट नयाँ राष्ट्रपति चुनिने भएको हो । राष्ट्रपति चयनका लागि फागुन १३ मा उम्मेदवारी दर्ता भएको थियो, जसमा दुई जनाको उम्मेदवारी पर्‍यो । आठदलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्बाङ राष्ट्रपतिका उम्मेदवार छन् । आजको मतदानबाट पौडेल र नेम्बाङमध्ये एक जना मुलुकको तेस्रो राष्ट्रपति बन्ने छन् ।देशको राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपति रहन्छ । संविधानतः कार्यकारी भूमिकामा छैन । आलंकारिक पद भए पनि राष्ट्रपतिमा दलहरुको मोह बढेको देखिन्छ । यसको कारण वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराष्ट्रपति रामवरण यादवका केही विवादास्पद कदम हुन् । लगातार दुई कार्यकाल राष्ट्रपति बन्ने अवसर पाएकी भण्डारी पटक–पटक विवादमा तानिरहिन् । आफ्नो पूर्वपार्टी एमालेको सरकार हुँदा जति सरकारका लागि सहज थिइन् उनी अन्य दलको सरकारप्रति कठोर देखिइन् । विभिन्न विधेयक प्रमाणीकरण गर्ने सवालमा उनको भूमिका विवादास्पद बनेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई पटक संसद् विघटन गर्दा रोक्ने प्रयाससमेत उनले गरिनन् । तर, कांग्रेस नेतृत्वको सरकारले प्रमाणीकरणका लागि पेस गरेको नागरिकतासम्बन्धी विधेयक तथा अन्य विधेयकलाई समेत रोकेर उनले दलीय पक्षधरता देखाएकी हुन् । संविधानको रक्षकको भूमिकामा रहेको राष्ट्रपतिले निष्पक्ष भूमिका निभाउन नसक्नु दुर्भाग्यपूर्ण हो । भण्डारीको तुलनामा यादव कम विवादित बनेका थिए ।राष्ट्रपति चयनमा दलहरुबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । यसपटकका उम्मेदवारद्वय दुवैजना पूर्वसभामुख हुन् । राजनीतिकरुपमा अनुभवी र खारिएका व्यक्तित्व हुन् दुवै । यस हिसाबले आजको निर्वाचनबाट दुईमध्ये जो राष्ट्रपतिमा चुनिए पनि मुलुकले अनुभवी राष्ट्रपति पाउने निश्चित भएको छ । यद्यपि, राष्ट्रपति चयनका लागि यसबीचमा भएका राजनीतिक हर्कतहरु भने निकै असुहाउँदो थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति चुनावकै लागि गठबन्धन परिवर्तन गरे । विदेशी शक्ति राष्ट्रले समेत यस प्रक्रियामा चासो देखाए । आफ्ना दूतहरूलाई खटाएर स्वार्थअनुकूलका व्यक्तिलाई राष्ट्रपति बनाउन दबाब दिने कामसमेत भएको देखियो । राष्ट्रपति पद आलंकारिक भए पनि राष्ट्रप्रमुखको हैसियत र गरिमा महŒवपूर्ण छ । यसलाई जोगाउन पनि राष्ट्रपति निर्वाचनलाई निष्पक्ष बनाउन जरुरी छ । दलहरुको आफ्नो जेसुकै स्वार्थ भए पनि राष्ट्रपतिलाई निष्पक्ष भूमिकामा रहन दिनुपर्छ । अब निर्वाचित हुने राष्ट्रपतिले पनि आफ्नो निष्पक्ष भूमिकालाई बिर्सनु हुँदैन । राष्ट्रपतिका दुवै उम्मेदवारलाई शुभकामना !!
प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  ०८:४८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP