Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • बालाजु घटनाले उब्जाएको गम्भीर प्रश्न
बालाजु घटनाले उब्जाएको गम्भीर प्रश्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन ३, २०७९
Hardik health
सोमबार सरकारले ‘जनयुद्ध’ दिवस मनाउन सार्वजनिक बिदा दिएको दिन काठमाडौंको बालाजु क्षेत्र भने रणभूमिजस्तै बन्न पुग्यो । यातायात मजदुरहरुको आन्दोलन नियन्त्रणबाहिर जाँदा दिनभर उक्त क्षेत्र तनावग्रस्त बनेको थियो । आन्दोलनकारी उत्तेजित बन्दै प्रहरीका दुईवटा भ्यान र एक अस्थायी प्रहरी बिटमा आगजनी गरे । त्यसक्रममा भएको झडपमा २० प्रहरीसहित केही आन्दोलनकारी घाइते भए । घटना यतिमा मात्रै सीमित भएन । नयाँ बसपार्कस्थित ल्होत्से मलमा तोडफोड गरियो । उक्त मलमा रहेका मोबाइल पसलहरुमा हुल नै प्रवेश गरेर मोबाइल लुटियो । तोडफोड र मोबाइल लुटिएको दृश्य सर्वसाधारणले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो र सिसिटिभी फुटेजमा हेर्दा निकै दर्दनाक देखिन्छ । सम्भवतः नेपालमा यसरी हुल नै पसेर पसल लुटपाट गरेको विरलै घटनामध्येमा पर्नसक्छ यो ।यो घटनाले राज्यको सुरक्षा व्यवस्थामाथि ठूलो प्रश्न चिह्न खडा गरेको छ । आन्दोलनबाट हुने सम्भावित दुर्घटनालाई मध्यनजर प्रहरीले किन गर्न सकेन ? दिनदहाडै आफ्नै भ्यान र बिट जलाउँदा प्रहरीले किन रोक्न सकेन ? आन्दोलनका लागि मजदुरहरु बालाजु क्षेत्रमा केन्द्रित हुँदा त्यहाँ सुरक्षा फौज केन्द्रित गर्न कसले रोक्यो ? ल्होत्से मलमा तोडफोड हुँदा र मोबाइल पसलमा लुटपाट हुँदासम्म प्रहरी कहाँ थियो ? यस्ता दर्जनौं प्रश्न नेपाल प्रहरी र सरकारमाथि उठेको छ । यसको जवाफ जिम्मेवार अधिकारीहरुले दिनु पर्दैन ? उक्त घटनालाई लिएर बालाजुका प्रहरी प्रमुख डिएसपी रविन विष्ट उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिएका छन् । त्यस क्षेत्रको सुरक्षा कमाण्ड सम्हालेको हिसाबले पहिलो दोषी उनी नै हुन् । तर, उनलाई मात्र दोष देखाएर माथिल्लो निकायका प्रहरी अधिकारी र गृह मन्त्रालयका अधिकारीहरु पन्छिन पाउँदैन । गृहमन्त्री रिक्त रहेको अवस्थामा आफैंले मन्त्रालय सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि यसका जिम्मेवार हुन् । त्यसो त यातायात मजदुर र यातायात व्यवसायी पनि यसरी अराजक बन्नु कुनै पनि हिसाबले ठीक छैन । आफ्नो माग पूरा गराउन दबाब दिने यो शैली खेद्जनक छ । शान्तिपूर्णरुपमा माग राखेर समाधान खोज्नुपथ्र्यो, समाधान खोज्न सकिन्थ्यो । त्यो विकल्प हुँदाहुँदै आन्दोलनलाई अराजक बनाउनु अति गैरजिम्मेवारीपन हो । अझ सर्वसाधारणले तिरेको करबाट किनिएको प्रहरी भ्यान र प्रहरी बिट जलाउने, ल्होत्से मलमा तोडफोड तथा मोबाइल पसलमा लुटपाट गर्ने व्यक्तिहरुको पहिचान गरी कारबाहीको दायरामा ल्याउन जरुरी छ । यातायात मजदुरहरुको माग सवारी जरिवानाबापत ट्राफिक प्रहरीले लिँदै आएको चर्को शुल्क खारेज गर्नुपर्ने, निलम्बित लाइसेन्स फुकुवा गर्नुपर्ने, भौतिक पूर्वाधार पार्किङ ‘पिक एण्ड ड्रप’को व्यवस्था गर्नुपर्नेलगायत छ । नयाँ बसपार्कभित्र मात्रै पार्किङ गर्नुपर्ने प्रावधान हटाउनुपर्ने मागसमेत उनीहरुको छ । ल्होत्से मल विगतदेखि नै विवादित बन्दै आएको हो । तर, यसरी तोडफोड गरेर समस्याको समाधान खोजिनु पटक्कै मिल्दैन । कानुनीरुपमा नै समाधान खोजिनुपर्छ । यो घटनाले नेपाली समाज कतातर्फ मोडिँदै छ भन्ने चिन्तासमेत बढाएको छ । युवाहरुको चेतनास्तरसमेत प्रस्ट देखाएको छ । यसले सिंगो समाज, सुरक्षा निकाय र राज्यलाई महŒवपूर्ण पाठ दिएको छ । यो पाठलाई आत्मासात गर्दै अगाडि बढ्नुको विकल्प छैन । फेरि यस्ता घटना नदोहोरिउन् ।
प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  ११:२१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP