Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • फेरि अस्थिरतातर्फ
फेरि अस्थिरतातर्फ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ २७, २०७९
Editorial_Prabhab
Hardik health
मुलुकमा फेरि राजनीतिक अस्थितरको संकेत देखापरेको छ । राजनीतिक दलहरूले मुलुकमा संघीयता कार्यान्वयनमा आएसँगै राजनीतिक स्थिरता कायम हुने बताएका थिए । सोहीअनुसार चुनावमा जनतासमक्ष प्रतिबद्धता जनाएका थिए । ठूला राजनीतिक दलहरुको एजेण्डा मुलुकमा राजनीतिक स्थिरता कायम गर्दै मुलुकको समृद्धि र विकासमा काम गर्ने थियो । तर, त्यो व्यवहारमा देखिएको छैन । अघिल्लोपटक तत्कालीन नेकपालाई दुई तिहाइनजिकको बहुमत दिँदा पनि सरकार अस्थिर भएको देखेका मतदाताहरूले ४ मंसिरको निर्वाचनमा कुनै दललाई बहुमत दिएनन् । बरू, मिलिजुली सरकार गठनको मतादेश दिए । सोहीअनुसार संघदेखि प्रदेशसम्मका सरकारहरू मिलिजुली बने । तर, प्रदेश सरकारहरू ढल्न सुरू भएको छ । सुदूरपश्चिम प्रदेशबाट यसको सुरुआत भएको छ । बिहीबार संसद्को विश्वास गुमाउँदा नेकपा एमालेका सांसद राजेन्द्रसिंह रावलले नेतृत्व गरेको सुदूरपश्चिम सरकार ढल्यो । ढल्नुको कारण नागरिक उन्मुक्ति पार्टीका सात जना सांसदले विश्वासको मत नदिनु हो । सुदूरपश्चिमबाट सुरु भएको यो लहर अन्य प्रदेशसँगै संघीय सरकारसम्म आइपुग्ने संकेत देखिएको छ । सुदूरपश्चिम मात्रै होइन, अस्थिर सरकार लुम्बिनीमा पनि हुने देखिएको छ । त्यहाँका मुख्यमन्त्री लीला गिरीले मन्त्रिपरिषद् नै विस्तार गर्न सकेका छैनन् । विश्वासको मत लिएको भने पाँच माघमै हो । मुख्यमन्त्रीमा नियुक्त भएको २७ पुसमै कृष्ण केसी र चेतनारायण आचार्यसहितको तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । दुवै मन्त्रीले हालसम्म मन्त्रालयको जिम्मेवारीसमेत पाएका छैनन् । दलीय भागबण्डा नमिल्दा लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार नभएको हो । त्यहाँ सत्ता गठबन्धनभित्र खटपट छ ।प्रदेश १ सरकार पनि धरमरमा छ । एमालेका हिक्मत कार्की मुख्यमन्त्री भएको निकै दिनपछि मात्रै माओवादी सरकारमा सहभागी भयो । त्यहाँ अढाइ वर्षपछि मुख्यमन्त्री पाउने सुनिश्चितता माओवादीले खोजेको छ । मधेस सरकार पनि विवादमुक्त छैन । लामो समय मन्त्रालय बाँडफाँटलाई लिएर सत्ता गठबन्धनकै दलहरूबीच मतभेद भयो । यही मंगलबार मात्रै सरकारमा माओवादी सहभागी भएको हो । अन्य प्रदेशमा पनि गठबन्धन दलहरूबीच मन्त्रालय भागबण्डालाई लिएर असन्तुष्टि छ ।यता संघीय सरकारमा पनि उस्तै छ । उन्मुक्तिले यसअघि नै सरकारलाई समर्थन फिर्ता लिने चेतावनी दिइसकेको छ । अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २२ माघमा सरकारदेखि बाहिरिएको छ । दलका अध्यक्ष रवि लामिछानेले गृहमन्त्री नपाएको झोंकमा संसदीय दल र केन्द्रीय समिति बैठकबाट निर्णय गर्दै सरकारदेखि बाहिरिने निर्णय गरेका हुन् । समर्थन भने उक्त दलको कायमै छ ।गठबन्धनको एउटा घटक राष्ट्रिय प्रजातन्त्र पार्टी राजनीतिक मुद्दालाई लिएर असन्तुष्ट छ । प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्मै रहेर संविधानबाट संस्थागत भएका राजनीतिक उपलब्धिहरू संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिक प्रणालीमाथ प्रश्न नगर्न चेतावनी दिइसकेका छन् । राप्रपाबाटै मन्त्री भएकाहरूले भने यी राजनीतिक उपलब्धिहरू उल्ट्याउँदै देशमा राजतन्त्र फर्काउने र हिन्दूराष्ट्र कायम गराउने जवाफ प्रधानमन्त्रीलाई दिएका छन् । अर्कोतिर, प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन हुनुपर्ने बताएपछि गठबन्धनको मुख्य दल एमालेका अध्यक्ष ओली असन्तुष्ट छन् । उनले १० पुसमा राष्ट्रपति एमालेबाट हुने भन्ने समझदारी इमानदारीपूर्वक कार्यान्वयन हुनुपर्ने भन्दै प्रधानमन्त्री दाहाललाई बिहीबार बिहान पनि दबाब दिए । यसरी मुलुकको राजनीति प्रदेशदेखि संघसम्मै अस्थिर बन्ने देखिएको छ । पाँच वर्षको म्याण्डेड लिएको प्रदेश तथा संघीय संसद्ले पूर्ण कार्यकाल बिताउन पाउनेमा शंका बढेको छ । यसले जनतालाई थप निराश बनाउनेमात्र नभएर मुलुकलाई पछि धकेल्ने निश्चित छ । अस्थिर राजनीतिका कारण विकासको कामले सही ट्र्याक समात्न नसकेको अवस्थामा अस्थिरता थप लम्बिनु चिन्ताको विषय बनेको छ । यसले दलहरु अझै पनि मुलुकप्रति जिम्मेवार बन्न नसकेको पुष्टि गर्दछ । अब फेरि मुलुकलाई थप अस्थिरतातर्फ लैजान नदिन आमनेपाली जनताले दबाब सिर्जना गर्न जरुरी भएको छ । यसतर्फ सबैको ध्यानाकर्षण होस् ।
प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP