Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • प्रेमप्रसाद आत्मदाहको गम्भीर संकेत
प्रेमप्रसाद आत्मदाहको गम्भीर संकेत
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १२, २०७९
Hardik health
आमनिर्वाचनपछि नयाँ सरकार गठन भएको एक महिना बितेको छ । भर्खरै मन्त्रिपरिषद्ले पूर्णतः पाएको छ । नयाँ सरकारले काम सुरु गर्दै गर्दा जनताले भोग्नुपरेका पीडा तथा जनतामा छाएको निराशा विभिन्न रुपमा प्रकट हुन थालेका छन् । मुख्यतः मुलुकको राजनीति अस्थिरता, बेरोजगारी, व्यवसाय सञ्चालनमा रहेको कठिनाइलगायतका कारण जनता आजित बनेको प्रस्ट हुन्छ । त्यसैको एक उदाहरण हो, प्रेमप्रसाद आचार्यको आत्मदाह । इलामका व्यवसायी आचार्यले मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित सडकमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । त्यसपछि उनलाई उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारका क्रममा बुधबार बिहान ५ बजे उनको निधन भएको थियो । उनले आफ्नो शरीरमा आगो लगाउनुअघि सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेर आफूले भोगेका घटना उल्लेख गरेका थिए । स्वदेशमै केही गर्न खोज्दा कसैको साथ नपाएको भन्दै उनले गम्भीर विषय उठान गरेका छन् । करिब छ हजार शब्द लामो फेसबुक स्टाटस लेखेका उनले देशको स्थिति र आफूले भोग्नुपरेको सास्तीका विषयबारे उठान गर्दै विभिन्न बुँदाहरुमा सरकारलाई सुझाव दिएका थिए । आचार्यले लेखेका शब्दहरु, उठाएका विषयहरु उनीसँग मात्रै सम्बन्धित छैनन् । यसले आमनेपाली जनता, जो स्वदेशमै केही गरेर मुलुकलाई योगदान दिन चाहन्छन्, उनीहरुले भोगेका पीडालाई प्रतिनिधित्व गरेको छ । मुलुकमा व्याप्त चरम बेथितिलाई उजागर गरेको छ । यसप्रति राज्य अब पनि गम्भीर नबन्ने हो भने आचार्यको जस्तो घटना विकराल बन्दै जाने देखिन्छ । यद्यपि, यसतर्फ सरकारको ध्यानाकर्षण भएको देखिएको छ । मृतक आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यले उठाएका विषयमा छानबिन गर्ने र छानबिनको निष्कर्षपछि आवश्यक कदम चाल्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले दिएको जानकारीअनुसार उक्त विषयमा गृह मन्त्रालयले नै तदारुकताका साथ छानबिन गर्ने र सत्यतथ्य बाहिर आइसकेपछि आवश्यक कदम चाल्ने निर्णय भएको छ । मन्त्रिपरिषद्ले उक्त विषयमा छानबिन गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको हो । साथै, मृतक आचार्यको परिवारलाई राहत उपलब्ध गराउनेबारे निर्णय गर्ने जिम्मेवारी पनि गृह मन्त्रालयलाई नै दिइएको जानकारी दिइएको छ । सरकारले छानबिन गर्नु सकारात्मक भए पनि यो औपचारिकताका लागि सीमित हुने आशंका छ । किनभने विगतमा भएका यस्ता छानबिन नभएका होइनन् । छानबिनका प्रतिवेदन बुझेपछि दराजमा थन्क्याउने प्रवृत्ति छ । यो फेरि नदोहोरियोस् भन्नेमा सरकार सचेत बनोस् । साथै, आचार्यको घटना हुन रोक्न सरकार गम्भीर बन्नैपर्छ । आचार्यले छाडेका प्रश्नहरुको जवाफ पनि सरकारले दिन पनि जरुरी छ ।
प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १८:४१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP