Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • प्रतिबद्धता कार्यान्वयनमा चुनौती
प्रतिबद्धता कार्यान्वयनमा चुनौती
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ ८, २०७९
Hardik health
लामो रस्साकस्सीपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नयाँ नेतृत्व पाएको छ । शुक्रबार सम्पन्न संघको २९औं साधारणसभाले राजेन्द्र भण्डारी अध्यक्षसहित नयाँ कार्यसमिति चयन गरेको हो । विगतमा पटक–पटक स्थगित बन्दै आएको साधारणसभा यसपटक सम्पन्न भयो र नयाँ कार्यसमिति चयन गर्न सफल भयो । यसपटक तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै भण्डारीले विजयी हात पारे । नेकपा एमालेनिकट उनले अबको दुई वर्ष संघको नेतृत्व सम्हाल्ने छन् । भण्डारी नेतृत्वको प्रगतिशील समूहले ‘समुन्नत राष्ट्र निर्माणको आधार ः सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार’ भन्ने नारा अघि सारेको थियो । सो समूह २२ बुँदे प्रतिबद्धतासहित चुनावमा होमिएको थियो । तयसलाई व्यवसायीहरुले अनुमोदन गरिदिएका छन् । अध्यक्षमा भण्डारीसहित तीन उपाध्यक्ष, कोषाध्यक्ष र चार सदस्य गरी नौ जना प्रगतिशील प्यानलबाट विजयी हुनुले उल्लिखित नारा र प्रतिबद्धता अनुमोदन भएको ठहरिन्छ । अब भण्डारीले उक्त नारा र प्रतिबद्धतालाई व्यवहारमा उतार्न जरुरी छ । तर, यो चुनौतीपूर्ण देखिन्छ । वैदेशिक रोजगार अहिले मुलुकको लागि बाध्यात्मक बनेर रहेको छ । यसले मुलुकको अर्थतन्त्रलाई धान्ने काम गरिरहेको छ । तर, यही क्षेत्रमा धेरै विकृति र विसंगतिहरु रहेको कुरा लुकेको छैन । वैदेशिक रोजगार व्यवसायी संघ व्यवसायीहरुको हक हितका लागि गठन गरिएको भए पनि यस क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने दायित्व उसले बिर्सनु हुँदैन । त्यसैले संघले अब यो व्यवसायलाई शुद्धीकरणतर्फ लैजाँदै सम्मानित व्यवसायको रुपमा स्थापित गर्नुपर्दछ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुमाथि हुने ठगीलगायतका समस्या समाधानमा नयाँ नेतृत्वले तत्काल पहल गर्नुपर्छ । सरकारले लागू गरेको फ्रि भिसा, फ्रि टिकटको व्यवस्था अझै कार्यान्वयन हुन नसकेको अवस्था छ । व्यवसायीहरुले भने उक्त व्यवस्था खारेजीको माग गर्दै आएका छन् । यस्तो विवादको अवस्थालाई टुंग्याउनेतर्फ संघले पहल गर्नुपर्छ । वैदेशिक रोजगार व्यवसायीहरुमाथि ‘जसरी पनि पैसा कमाउन लाग्ने’ गरेको आरोप लाग्दै आएको छ । कतिपय व्यवसायीहरुले त्यस्तो गरेका घटना पनि बेलाबेला बाहिर आइरहेका हुन्छन् । व्यवसायीहरु स्वयंले पनि बेलाबेला यस्ता कुराहरु स्वीकार गर्दै आएका छन् । यी आरोप र समस्याहरुलाई चिर्न संघको नयाँ नेतृत्वले कसरी पहल गर्लान् भन्ने चासोको विषय बनेको छ । यो नयाँ नेतृत्वको लागि चुनौती पनि हो । संघको चुनावमा व्यवसायीहरु राजनीतिकरुपमा विभाजित भएको प्रस्टै देखियो । यसले संघको नयाँ कार्यसमितिलाई आगामी दिनमा काम गर्न कति सहज होला भन्ने प्रश्न उठाएको छ । विगतको स्थिति हेर्ने हो भने पनि संघ सधैं विवादमा फस्दै आएको थियो । संघमा दलीय स्वार्थ हाबी हुँदा त्यस्तो समस्या आएको बुझिन्छ । अहिलेको नेतृत्व पनि कुनै एक दलको समूहबाटै आएका छन् । चुनावमा पराजित उम्मेदवारहरुका साथै सबै व्यवसायीहरुको साथ लिएर अगाडि बढ्नु नयाँ नेतृत्वलाई चुनौती नै हुने देखिन्छ । यद्यपि, नवनिर्वाचित अध्यक्ष भण्डारीले सबैको साझा संस्थाको रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । प्रतिबद्धताअनुरुप काम गर्न उनलाई सफलता मिलोस्, शुभकामना ।
प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP