Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • ल्होछार परम्पराको महत्व र मान्ने तरिका
ल्होछार परम्पराको महत्व र मान्ने तरिका
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ ६, २०७९
gole
Hardik health
  • मोहन गोले तामाङ
सोनाम ल्होछार पर्वलाई अहिले सांस्कृतिक समारोहको रुपमा मान्ने प्रचलन बढेको छ । हजारौं वर्ष पुरानो यो परम्परालाई खासमा यसरी मान्ने होइन । आधुनिक राज्य निर्माणपछि हिन्दू शासकहरुद्वारा जसरी अन्य आदिवासी समुदायको संस्कृतिमाथि आक्रमण गरियो । सोही प्रकारको चपेटामा तामाङको मौलिक पर्व सोनाम ल्होछार पनि प¥यो । जसले गर्दा तामाङ समुदायले आफ्नो मौलिक सांस्कृतिक पर्व नै बिर्सिसकेको अवस्थामा पुगेको थियो । २०४६ सालको परिवर्तनपछि आदिवासी जनजातिहरुको पहिचानको रुपमा रहेका भाषा, धर्म, संस्कृति, परम्पराको खोजी गर्ने र त्यसलाई पुनःस्थापित गर्न आन्दोलनको बाढी नै चल्यो । सोही क्रममा नेपाल तामाङ घेदुङको सक्रियतासँगै तामाङ सांस्कृतिक पुनर्जागरण अभियानको क्रममा सोनाम ल्होछार पर्व प्रवद्र्धनको थालनी भएको हो । यसक्रममा देशैभरि विभिन्न सांस्कृतिक समारोह, महोत्सव, भेला आदिको माध्यमबाट समुदायलाई ल्होछारबारे बुझ्न, बुझाउन आवश्यक थियो र त्यो काम संस्थागतरुपमा घेदुङले ग¥यो । आज लगभग यो प्रक्रियाले तीन दशक पार हुन लागिसकेको छ तर पनि हामी प्रचारात्मक अभियानमा नै छौं । जहाँ यो पर्वको बारेमा समुदायलाई जानकारी छैन, ती ठाउँहरुमा यस्ता सार्वजनिक समारोहको आयोजना गर्दा ठिकै हुन्छ तर जहाँ समुदायले बुझिसकेका छन् भने त्यस्ता ठाउँमा सार्वजनिक कार्यक्रमको आवश्यकता पर्दैन । यसले गर्दा अहिले समुदायमा यस्तो छाप बसिसक्यो कि ल्होछार भनेकै नाच्ने, गाउने, रमाइलो गर्ने पर्व हो । कलाकारविना ल्होछार पर्व सम्पन्न हुँदैन भन्ने मान्यताको विकास भएको छ । परम्परागत ढंगबाट घरघरमा यो पर्व नमान्दा अहिले पर्वको महत्वमाथि प्रश्न उठेको छ । यसलाई विधिपूर्वक नमान्ने हो भने यो पर्वले तामाङ समाजको ‘इको सिस्टम’लाई रेगुलेट गर्नमा कुनै सहयोग पु¥याउँदैन । त्यसैले हामीले केही समयदेखि अब ल्होछार पर्व घरघरमा मानौं भनेर आग्रह गरिरहेका छौं । तर, फेरि विडम्बना के छ भने नेपाल तामाङ घेदुङ आफैं टुँडिखेलमा ल्होछार मान्न बाध्य पनि छ । यसबारे टुँडिखेलको ल्होछार समारोह बन्द गर्नुपर्छ भन्ने पनि आवाज त उठ्न थालेको छ तर अहिलेको नेतृत्वसम्म आइपुग्दा कसैले पनि यो जोखिम मोल्न सकिरहेको छैन । जसले गर्दा ल्होछार अझै पनि चोक, गुम्बा र सार्वजनिकस्थलमा मात्र सीमित भइरहेको छ । तामाङको घरभित्र ल्होछार पस्न सकेको छैन । धार्मिक महत्व ल्होछारको अवसरमा तामाङले आफ्नो घरमा विद्वान लामागुरु बोलाई ग्रहदशा, शान्तिका लागि मन्त्रोच्चारण गर्नुका साथै आँगनमा नयाँ धज्र्यु र घर वरपर लुङ्ता फहराउने गर्नुपर्छ । ल्होछारको दिन आउँदो वर्ष सबैको राम्रो, मंगल होस् भन्ने कामनाका साथ लामाद्वारा मन्त्र वाचन गरी घरको आँगनमा लुङ्दर (धज्र्यु) गाड्ने र ग्रहदशा फ्याँक्ने गरिन्छ । धर्मसँग सम्बन्धित यस्ता क्रियाकलापले नयाँ वर्षमा त्यो घरमा सुख, शान्ति कायम रहन्छ । साथै, घरपरिवारमा अकाल मृत्यु, दैवी विपत्ति, झैझगडा, अभावजस्ता समस्या भोग्नु पर्दैन भन्ने विश्वास छ । तर, यस्ता धार्मिक महत्व राख्ने क्रियाकलाप नगरी चोकमा रमाइलो मात्रै गरेर ल्होछार मनायौं भने त्यसबाट घरमा सुख, शान्ति कायम हुन सक्दैन । सामाजिक पक्ष त्यसैगरी ल्होछारको अवसरमा हामीले बाटोघाटो सरसफाइ गर्ने, घर लिपपोत गर्ने, परदेश गएका परिवारका सदस्य घरमा आउने, आफ्नो गच्छेअनुसार मिठो परम्परागत खानपिन (बाबर, आलुम, खाप्स्यो, छ्याम्बा, कन्दमुल, सगुन) खाने, नयाँ तामाङ पोसाक (लुकुनी, तोदुग, दोर्माे, ग्याप्टुल, स्यामा) लगाउने, आफ्नो नातेदारसँग भेटघाट गर्ने, टीका–खादा लगाउने, ठूलालाई ढोग्ने, सानालाई आशीर्वाद दिने गर्नुपर्छ । यसो गर्दा हाम्रो सामाजिक, सांस्कृतिक सम्बन्धहरु वार्षिकरुपमा नवीकरण हुन पुग्छ । पर्वको अवसरमा भएको भेटघाट र अरु बेलामा भएको भेटघाटमा भिन्नता हुन्छ । यसले समाजमा कोही कसैसँग सामान्य असमझदारी भएका छन् भने ती घटेर जान्छन् । नाता सम्बन्ध दाजुभाइ, दिदीबहिनी, आफन्तबीचमा सुख दुःखका कुराकानी सेयरिङ हुन्छन् । यसले समाज र परिवारमा सामाजिक सद्भाव कायम गराउँछ । तर, यसो नगरी हामीले सार्वजनिक समारोहमा मात्रै ल्होछार पर्वलाई सीमित राख्यौं भने समाजको सामाजिक सम्बन्ध दरिलो हुने प्रक्रियामा यसले टेवा पुर्‍याउँदैन । आर्थिक पक्ष तामाङ समाजमा नयाँ साल ल्होछारको आगमनसँगै पुरानो ऋण तिर्ने र नयाँ कर्जा लिने प्रक्रियाको सुरुआत पनि गर्छन् । कतिपय पुराना कामहरु छन् भने त्यसलाई सिध्याएर नयाँ कामको थालनी गर्ने प्रचलन पनि छ । तामाङ समाज पशुपालन र कृषि जीवनमा रहेको हुँदा ची (पात्रो)अनुसार नयाँ वर्षको मौसम के कस्तो रहन्छ ? भनेर जानकारी लिन्छन् र सुख्खा, खडेरी पर्ने या वर्षात् बढी हुने भएमा सोहीअनुसारको बाली लगाउने तयारी गर्छन् । भेल पहिरो, बाढी आदिको सम्भावित ज्योतिषीय सूचनाअनुसार त्यसबाट बच्न अग्रिम तयारी गर्ने चलन पनि छ । यसले हामीलाई आर्थिकरुपमा सवल बनाइराख्न सहयोग पु¥याउँछ । तर, अहिले हामी आफ्नै ल्हो, खामको बारेमा जानकारी नलिने, ची (पात्रो)बारे विश्वास नगर्ने, हिन्दू पात्रोमा बढी विश्वास गर्ने जुन गरिरहेका छौं । यसले हाम्रो परम्परागत जीवनचक्र खल्बलिन पुगेको छ । तामाङ समाजको आर्थिकपक्ष बिग्रिन पुग्दा हामी गरिबीको दुश्चक्रमा फस्ने, ऋणमुक्त नहुने आदि समस्या भोग्न बाध्य छौं । स्वास्थ्यको पक्ष हाम्रो महत्वपूर्ण पञ्चअंगसँग पञ्च तत्व (खाम)को सम्बन्ध हुन्छ । पाँच खामहरु आगो, पानी, माटो, काठ, धातुले क्रमशः हाम्रो शरीरको महŒवपूर्ण पञ्चतŒवहरु फोक्सो, मुटु, मिर्गाैला, आन्द्रा र कलेजोलाई नियमित गर्नमा सहयोग पु¥याउँछ । यी तत्वहरुको निरन्तर र अविछिन्न संयोजनले हाम्रो शरीरमा कुनै गडबडी आउँदैन भने जब शरीरमा कुनै तŒवको प्रवाहमा कमी आउँछ तब कुनै न कुनै गडबडी देखापर्न थालिहाल्छ । स्वस्थ जीवन जिउन चाहनेले यी खाम तत्व बुझेर ती तत्वहरुको शरीरमा कमी हुन दिनु हुँदैन । अहिले हामी हाम्रो शरीरको महत्वपूर्ण पञ्चअंगलाई पञ्चतŒवको सम्बन्धबारे अन्धविश्वासको रुपमा लिने प्रवृति बढेको छ । यसले गर्दा अहिले हाम्रो खानपान, जीवनशैली, आहारविहारले भिन्न बाटो रोज्न पुगेको छ जुन पञ्च तत्वसँग असम्बन्धित छ । माथि उल्लिखित विधि र प्रक्रिया पूरा गरेर ल्होछार सम्पन्न ग¥यौं भने यसको महŒव सिद्ध हुन्छ । र, समाजमा त्यसले कुनै न कुनै ढंगबाट फाइदा पु¥याउँछ । नत्र पर्वलाई गलत ढंगले मान्दै गयौं भने समाजमा विकृति पनि जन्माउन सक्छ । अहिले हामीले जसरी ल्होछार पर्वलाई सार्वजनिक समारोहको रुपमा मानिरहेका छौं । यसले तामाङ समाजको उत्पादन सम्बन्धमा कुनै टेवा पु¥याउँदैन । यस्ता समारोहमा हाम्रा उत्पादनहरु सगुन, बाबर, बुजु, छ्याम्बा, खाप्से, आलुमको भन्दा बियर, भोड्का, ह्वीस्की, कोकाकोला र चाउचाउले बजार लिएको देखिन्छ । यस्ता बहुराष्ट्रिय उत्पादनको किनबेचले सांस्कृतिक र आर्थिकरुपमा हामी टाट पल्टिने निश्चित छ । ती कम्पनीद्वारा उत्पादित मालको हाइ भोल्टेज विज्ञापनले हाम्रो तामाङ मनोविज्ञानलाई खरिद गरिसकेको छ । त्यसैले त चारदाम र पूजामा लामा र ताम्बा म्हेमेहरुले जम्बो कोक र ड्युको बोतललाई पवित्र खादाले सजाउन थालिसक्यो । उनीहरुका लागि हाम्रो मामको ज्ञानबाट सिर्जित पवित्र सगुन अहिले अपवित्र बन्न पुगेको छ । कोक र ड्युको उत्पत्ति हुनुअघिका ताम्बा र लामा म्हेमेले चारदाम र डाजाङमा कस्तो सगुन राख्यो होला ? त्यस्तो प्रश्न सोध्दा यो पंक्तिकारलाई जड्याहाको आरोप पनि लाग्यो । मेरो चिन्ता के हो भने यसरी नै मिच्दै जाने क्रममा हाम्रो परम्परागत संस्थाहरु ताम्बा, लामा, बोन्बोको धुनहरु मधुरो हुँदै गएका छन् भने पप र र्‍यापले मञ्चमा बेजोड धमाका पिट्दै छन् । भोलिका दिनमा आफैंले सजाएर राखेको कोक र जम्बो ड्युको बोतलले ताम्बा, बोन्बो र लामालाई खाँदै छ । यस्ता कुरा गम्भीर भएर सोच्दा मात्रै थाहा पाउने विषय हुन् । गाउँको च्याङ्बा र मैच्याङहरुको खैरो कपालले तामाङलाई खिसी गर्न थालिसक्यो । त्यसैले के बुझौं भने हाम्रो स्थिति निकै जटिल मोडतिर पुगिसकेको छ । अब पनि नसोच्ने हो भने कहिले सोच्ने ? ठण्डा दिमागले सोचौं ।
प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  ११:१७
#ल्होछार
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP