Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • मर्यादित बनोस् वैदेशिक रोजगार व्यवसाय
मर्यादित बनोस् वैदेशिक रोजगार व्यवसाय
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ ६, २०७९
Hardik health
म्यानपावर व्यवसायीहरुको साझा संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्वको चयन गर्दै छ । मुलुकमा बढ्दै गइरहेको बेरोजगारी समस्याको महŒवपूर्ण पाटो हो वैदेशिक रोजगार । मुलुक धानिरहेको रेमिट्यान्सको मुख्य स्रोत पनि हो वैदेशिक रोजगार । यही क्षेत्रमा व्यवसाय गरिरहेका कम्पनीका सञ्चालकहरु नेतृत्व हाँक्ने दौडमा देखिन्छन् यतिखेर । विगतदेखिको अभ्यास हेर्ने हो भने संस्थाको नेतृत्वमा पुग्ने अनि आफ्नो स्वार्थ अनुकूलका कार्यहरु मात्र गर्ने गरिएको देखिन्छ । वैदेशिक रोजगारीमा जाने युवाहरुको सुरक्षाका लागि भन्दा पनि व्यवसायीहरु बढी मुनाफा कसरी लिन सकिन्छ भन्नेमा नै व्यवसायीहरु केन्द्रित रहेका छन् । अबको यात्रा व्यवसायीहरुले बढीभन्दा बढी मुनाफा कमाउने मात्र होइन आफूले वैदेशिक रोजगारीमा पठाएका श्रमिकहरुको सुरक्षाको सवाल पनि उठाउन सक्नुपर्ने देखिन्छ । वर्तमान सरकारका नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीले शपथग्रहण गरेसँगै बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गर्ने घोषणा गरिसकेका छन् । यो अवस्था वैदेशिक रोजगारका क्षेत्रमा काम गर्ने व्यवसायी र कम्पनीहरुलाई पनि चुनौती हो भन्दा फरक नपर्ला । हुन त वैदेशिक रोजगार नेपाली युवाहरुको बाध्यात्मक अवस्था नै हो । यसमा कसैको दुईमत नहोला । यही बाध्यात्मक अवस्थाको फाइदा उठाउँदै कतिपय वैदेशिक रोजगार कम्पनीहरुले नेपाली युवाहरुमाथि आर्थिक शोषण नगरेका पनि होइनन् । जसका कारण वैदेशिक रोजगार कम्पनीहरु बदनाम हुँदै गइरहेका पनि छन् । यसको जिम्मेवारी व्यवसायी एवं संघको नेतृत्वपंक्तिले लिनै पर्दछ । वर्तमान सरकार मात्र नयाँ छैन अब वैदेशिक रोजगार संघको नेतृत्व पनि नयाँ चुनिँदै छ । नयाँ चुनिने नेतृत्वले आफ्नो पेसा र व्यवसायलाई मर्यादित बनाउनुपर्ने जिम्मेवारी ठूलो चुनौतीका रुपमा देखिन्छ । निर्वाचनका बेला व्यवसायलाई मर्यादित, पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गर्ने तर नेतृत्वमा पुगे पनि आफ्नो प्रतिबद्धतालाई पूर्णरुपमा बिर्सने परिपाटी रहँदै आएको छ । कोभिड–१९ पश्चात् देशभित्र मात्र होइन देशबाहिर पनि रोजगारीका अवसरहरु क्रमश साँघुरिँदै गइरहेका छन् । हरेक वर्ष हजारौं युवाहरु रोजगारीको अभावले भौतारिरहेका छन् । एकातिर सरकारले युवा जनशक्तिलाई दक्ष जनशक्तिका रुपमा परिवर्तन पनि गर्न सकेको छैन भने अर्कोतिर रेमिट्यान्सको लागि मुख्य स्रोत व्यक्तिका रुपमा रहेका तिनै युवाहरु सीपविना नै वैदेशिक रोजगारीमा पुगिरहेका छन् । त्यसकै कारण युवाहरु अलपत्र पर्ने, रोजगारी कम्पनीले तोकेको सेवा सुविधा उपलब्ध नगराउने गर्दै गुनासो आइरहेको छ । यसका लागि वैदेशिक रोजगारीका लागि पठाउने व्यवसायीहरुले विगतमा भएका गल्तीहरुलाई सच्याउँदै यो व्यवसायलाई सम्मानित व्यवसायका रुपमा स्थापित गराउनु वर्तमान आवश्यकता पनि हो । संघमा आउने नयाँ नेतृत्वले यसमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ । अहिले चुनावमा विभिन्न दलगत प्यानलबाट खुलारुपमा व्यवसायीहरु प्रतिस्पर्धामा उत्रिएका देखिन्छन् । जुनसुकै प्यानलले जित हात पारे पनि भोलि समग्र व्यवसायीहरुको साझा संस्थाको रुपमा संघलाई अगाडि बढाउन सक्नुपर्छ । त्यसरी अगाडि बढाउनसक्ने व्यक्तिलाई संघको नेतृत्वमा ल्याउन व्यवसायीहरु चुक्नु हुँदैन ।
प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  १०:५७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP