Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • नरोकियोस् अवैध क्रसर उद्योगमाथिको डण्डा
नरोकियोस् अवैध क्रसर उद्योगमाथिको डण्डा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ ३, २०७९
Hardik health
देशभर अवैधरुपमा सञ्चालित क्रसर उद्योगहरुले प्रकृतिको दोहन गर्दै आए पनि सरकारले बन्द गर्न सकेको छैन । क्रसर उद्योगीहरुले राजनीतिक संरक्षण पाउँदा यो समस्या विकराल बन्दै आएको छ । बेलाबेला अवैध क्रसर उद्योग बन्द गराउने चर्चा चल्दै आए पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । स्थानीय जनप्रतिनिधिदेखि केन्द्रका नेतासम्मलाई आफ्नो पकडमा राख्न क्रसर उद्योगीहरु सफल हुँदै आएका छन् । यही कारण उनीहरुमाथि कारबाही हुन नसकेको यथार्थ लुकेको छैन । यसैबीच नयाँ सरकारले अवैधरुपमा सञ्चालित क्रसर उद्योग बन्द गराउन पहल थालेको छ । गृह मन्त्रालयले गत २० पुसमा देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र जारी गर्दै दर्ता नभएका र नवीकरण नगरिएका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो । प्रचलित कानुनविपरीत ढुंगा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहनलाई नियमनका लागि त्यस्ता उद्योग बन्द गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरी निर्देशन दिइएको हो । कानुनविपरीत ढुंगा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहन कार्यलाई नियमन गर्न, वातावरण संरक्षण ऐन, २०७६ को पालना र यस सम्बन्धमा अदालतबाट भएको आदेश कार्यान्वयन गर्न आवश्यक देखिएकाले उक्त परिपत्र जारी गरिएको थियो ।परिपत्रमा विभिन्न आयोजना, विकास तथा निर्माणका क्रममा सोही आयोजनाका लागि आवश्यक परिमाणमा ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खननको अनुमति प्राप्त उद्योगी/निर्माण व्यवसायीले आयोजना समाप्त भएपश्चात् पनि त्यस्तो उत्खनन कार्य गरिरहेको भए सोसमेत छानविन गरी तत्काल बन्द गर्न भनिएको थियो । मन्त्रालयले अब स्थानीय प्रशासनमार्फत अनुगमन हुने र त्यहाँ अनुमति नलिएका, दर्ता नभएका, नवीकरण नभएका तथा आयोजना समाप्त भएपछि पनि उत्खनन कार्य गरिरहेका उद्योग फेला परेमा बन्द गरिने उल्लेख गरेको थियो ।गृह मन्त्रालयले चालेको यो कदम सराहनीय र स्वागतयोग्य थियो । र, त्यसको नतिजा पनि देखिन थालेको छ । गृहको परिपत्रपछि जिल्लाहरुमा स्थानीय प्रशासनले क्रसर उद्योग बन्द गराएका छन् । अधिकांश जिल्लामा यो कदम चालिएको छ । यसले सकारात्मक सन्देश दिएको छ र अवैध क्रसर उद्योग सञ्चालकहरुमा ढ्यांग्रो बजाएको छ । तर, यसको दीर्घकालीन कार्यान्वयन भने अझै सुनिश्चित भइसकेको छैन । विभिन्न बहाना र दबाबमा पुनः ती उद्योगलाई सञ्चालन अनुमति दिनसक्ने सम्भावना छ । यसमा सरकारलाई सचेत गराउनु पर्छ । अवैधरुपमा प्राकृतिको दोहन गरी वातावरण विनास गर्ने कार्य कुनै पनि हालतमा स्वीकार्य हुँदैन । यस्ता कार्य बन्द गराउन जरुरी छ । तर, विगतमा पनि यस्ता निर्देशन जारी नभएका होइनन् । निर्देशन कार्यान्वयनमा समस्या हुँदै आएको छ । नयाँ सरकार त्यसमाथि पनि जनतामाझ लोकप्रिय छवि बनाएर राजनीतिक छलाङ मार्दै गृहमन्त्री बनेका रवि लामिछानेले यसमा सम्झौता गर्ने छैनन् भन्ने जनअपेक्षा रहेको छ । उनले आफ्नो निर्णयलाई कार्यान्वयन गर्न सफल हुने नहुने नतिजा भने कुर्नैपर्छ । यद्यपि, अहिले चालिएको कदमलाई स्वागत गर्नैपर्छ र यसको पूर्ण कार्यान्वयनमा सबैपक्षबाट सहयोग हुन जरुरी छ । कानुनी राज्य स्थापित गर्ने र राज्यको प्राकृतिक सम्पत्ति जोगाउने प्रमुख दायित्व सरकारको हो । यसमा तीन तहकै सरकारको भूमिका रहन्छ । त्यसैले अवैध क्रसर उद्योगहरुलाई बन्द गराउने निर्णयबाट पछि हट्नु हुँदैन । कोही प्रतिनिधि क्रसर उद्योगीको प्रलोभनमा परे भने जनताले त्यसको भण्डाफोर गर्नुपर्छ । क्रसर उद्योगीको मनोमानी बन्द गराउन जनप्रतिनिधि र सरकारलाई निरन्तर दबाब दिऔं ।
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  १७:५७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
दलहरुमा संयमताको खाँचो
दलहरुमा संयमताको खाँचो शुक्रबार, असोज ३, २०८२
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP