Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • भयानक दुर्घटना, अपूरणीय क्षति
भयानक दुर्घटना, अपूरणीय क्षति
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २, २०७९
Hardik health
मुलुकले फेरि एउटा भयानक दुर्घटना बेहोर्नुपरेको छ । आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट बिहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटिआर–७२ विमान दुर्घटनामा परेको हो । चालक दलका चारसहित ७२ जना यात्रु लिएर पोखरा गएको उक्त विमान करिब ११ बजेतिर पोखराको घारीपाटन नजिक सेती खोँचमा दुर्घटना भएको थियो । आइतबार साँझसम्म ६८ जनाको शव निकालिएको छ । बाँकीको खोजी कार्य जारी छ । मानवीय क्षतिको हिसाबले आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना आन्तरिक उडानतर्फको सबैभन्दा ठूलो हो । काठमाडौंबाट पोखराका लागि उडेको एनवाइटी–६९१, नाइन एन– एएनसी जहाज दुर्घटना हुँदा ठूलो जनधनको क्षति भएको छ । यो मुलुकका लागि अपूरणीय क्षति हो । हालै सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेकै जहाज दुर्घटनामा परेको छ । यसले नेपालको हवाई सुरक्षासम्बन्धमा फेरि गलत सन्देश दिएको छ । तुलनात्मकरुपमा सुरक्षित मानिएको एटिआर सिरिजका जहाज दुर्घटना पर्नु आफैंमा दुर्भाग्य भएको यस क्षेत्रका जानकारहरु बताउँछन् । एटिआर दुर्घटनामा परेको यो नै पहिलोपटक हो । नेपालको भौगोलिक बनावट, विमानस्थलको क्षमता तथा यात्रु संख्यालाई ध्यान दिएर एटिआर सिरिजका विमान ल्याइएको बताउने गरिएको छ । विज्ञहरुका अनुसार एटिआर सिरिजका विमानले इञ्जिनमा कुनै प्राविधिक समस्या देखिए जानकारी दिन्छ । नेपालमा पटक–पटक हुने हवाई दुर्घटनाले ठूलो जनधनको क्षति हुँदै आएको छ । प्रत्येकपटक दुर्घटना हुँदा सरकारले छानबिन समिति बनाउँछ । समितिले प्रायः मानवीय त्रुटि देखाउँदै प्रतिवेदन दिन्छ । छानबिनबाट आएका सुझावहरु पूर्णरुपमा कार्यान्वयन नहुँदा यस्तो दुर्घटना दोहोरिरहेका छन् । यो विषय निकै गम्भीर भए पनि दुर्घटना न्यूनीकरणमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको यही घटनाले पनि पुष्टि गरेको छ । पोखरामा भएको यती एयरको विमान दुर्घटनाको छानबिन गर्न पनि सरकारले समिति बनाइसकेको छ । उक्त समितिलाई ४५ दिनको समयसीमा दिइएको छ । प्रतिवेदनले दुर्घटनाको यथार्थ कारण बाहिर ल्याउला भन्ने अपेक्षा गरौं । तर, प्रतिवेदनबाट आएका सुझावहरु कार्यान्वयन हुनेमा ढुक्क हुन सकिँदैन । सरकारले हवाई सुरक्षाको विषयमा कडा नीति लागू गर्न जरुरी छ । विमानको आयुदेखि नियमित विमान परीक्षणमा सरोकारवाला निकाय र सम्बन्धित विमान कम्पनीलाई जिम्मेवार बनाउनुपर्छ । पुराना विमानहरुलाई उडान रोक्न पनि जरुरी देखिन्छ । किनभने, नेपालमा विमान कम्पनीहरुले वर्षौं चलिसकेका पुराना जहाज ल्याएर उडान भर्दै आएका छन् । यो हवाई सुरक्षाका लागि ठूलो चुनौती बनेको छ । नेपालको हवाई सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय समुदायले निरन्तर प्रश्न उठाउँदै आएको छ । फेरि यस्ता दुर्घटना दोहोरिरहँदा त्यसमा दबाब पुग्ने निश्चित छ ।हवाई दुर्घटना न्यूनीकरण गर्नु राज्यको मात्रै होइन, विमान कम्पनीको पनि उत्तिकै जिम्मेवारी हुन्छ । कम्पनीले आर्थिक लाभलाई मात्र केन्द्रमा राख्नु र सुरक्षाको पाटोमा गम्भीर दबन्नु दुःखद् विषय हो । त्यसैले राज्य र विमान कम्पनी दुवै यसमा जिम्मेवार बन्न जरुरी छ । यस्तो दर्दनाक घटना फेरि नदोहोरियोस् । पोखरा दुर्घटनामा मृत्यु भएका सबैप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा हाद्र्धिक समवेदना !!
प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १६:२४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP