Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • अझै सतर्कताको खाँचो
अझै सतर्कताको खाँचो
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ १, २०७९
Hardik health
मुलुकको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । लगातार नकारात्मक बन्दै गएको अर्थतन्त्रका सूचकहरुमा पछिल्लो समय क्रमशः सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९÷८० को पाँच महिनाको विवरणमा थप सुधार देखिएको हो । राष्ट्र बैंकको प्रतिवेदनमा विदेशी विनिमय सञ्चिति, सोधनान्तर स्थिति, चालु खाता घाटालगायतमा उल्लेख्य सुधार आएको उल्लेख गरिएको छ । यसले मुलुकको अर्थतन्त्रमा बाह्य दबाब घट्दै गएको संकेत गर्दछ । बाह्य दबाब बढ्दा समग्र अर्थतन्त्रमा समस्या पार्ने गर्दछ । सरकारले बाह्य दबाब कम गर्न आयातमा प्रतिबन्धदेखि विभिन्न नीति लिएको थियो, जसको प्रभाव सकारात्मक देखिएको छ । समीक्षा अवधिमा व्यापार घाटा १८.८ प्रतिशतले घट्न पुगेको छ । साथै, विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा उल्लेख्य सुधार आएको तथा मूल्यवृद्धि नियन्त्रणउन्मुख रहेको राष्ट्र बैंकको प्रतिवेदनमा छ । प्रतिवेदनअनुसार समीक्षा अवधिमा विदेशी विनिमय सञ्चिति १२ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ । यो रकम गत असार मसान्तको तुलनामा ६.३ प्रतिशतले बढी हो । चालु खाता घाटा ३७ अर्ब ९१ करोड रुपैयाँ कायम भएको छ । शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोडले बचतमा छ । विप्रेषण (रेमिट्यान्स) आप्रवाह चार खर्ब ८० अर्ब ५० करोड रुपैयाँ पुगेको छ । मंसिर महिनामा मात्रै एक खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । मंसिर मसान्तमा उपभोक्ता मुद्रास्फिति ७.३८ प्रतिशत कायम भएको छ । जबकि, कात्तिकमा यस्तो मुद्रास्फिति ८.०८ प्रतिशत पुगेको थियो । व्यापार घाटा १८.८ प्रतिशतले न्यून भएको छ । विस्तृत मुद्राप्रदाय १.९ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप २.२ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशतले बढेको तथ्यांक छ । उपरोक्त तथ्यांकले मुलुकको अर्थतन्त्रमा सुधारको आशा जगाएको छ । विश्वव्यापी बनेको कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र विस्तारै उठ्न लाग्दा रुस–युक्रेन युद्धलगायत कारणले पुनः समस्यातर्फ उन्मुख बनेको थियो । पछिल्लो समय यसमा सुधार देखिनुलाई सकारात्मकरुपमा लिनुपर्छ । तर, अझै पनि अर्थतन्त्रको संकट टरेको छैन । चालु आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्दा चालु खर्च व्यवस्थापनमै सरकारलाई दबाब परिरहेको छ । चालु खर्च भने लगातार बढिरहेको छ । पुँजीगत खर्चमा सुधार ल्याउन सरकारले सकेको छैन । अर्थतन्त्र अझै पनि विभिन्न समस्याहरुमा जेलिएको अवस्था छ ।त्यसैले अहिले नै अर्थतन्त्र संकटबाट मुक्त भइसक्यो भनेर ढुक्क हुने अवस्था छैन । भर्खरै गठन भएको नयाँ सरकारले अर्थतन्त्रको सुधारलाई मूल एजेण्डा बनाएको छ । त्यही लक्ष्यमा सरकारले आफ्नो कार्यक्रम केन्द्रित गर्न जरुरी छ । यो लक्ष्यमा पुग्न स्थिर सरकारको खाँचो छ । त्यसैले सत्ता गठबन्धनमा रहेका दलहरु सरकार परिवर्तनको खेलमा नलागी मुलुकको अवस्था सुधारमा गम्भीर हुन जरुरी छ । अर्थतन्त्रमा पछिल्लो समय देखिएको सुधारलाई निरन्तरता दिन सरकारले प्रतिबद्धताका साथ काम गर्नुपर्छ । अन्यथा पुनः संकट दोहोरिने निश्चित छ ।
प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १२:४१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP