Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • परिवर्तनको अनुभूति गराऊ
परिवर्तनको अनुभूति गराऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस २८, २०७९
Hardik health
सत्ता गठबन्धनले ल्याएको सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा वैदेशिक रोजगारीको क्षेत्रलाई पनि प्राथमिकतामा राखिएको छ । मुलुकको अर्थतन्त्रमा प्रमुख हिस्सा ओगट्ने रेमिट्यान्स (विप्रेषण) भित्र्याउने माध्यम वैदेशिक रोजगार नै हो । त्यसैले पनि हरेक सरकारको प्राथमिकतामा यो क्षेत्र पर्ने गरेको छ । त्यसो त वैदेशिक रोजगार मुलुकको लागि बाध्यात्मक हो । यहाँ रोजगारीको अवसर सिर्जना गर्न नसक्दा युवाहरु विदेशिन बाध्य हुनुपरेको अवस्था छ । यस कारण पनि यो क्षेत्र सरकारको कार्यक्रममा छुट्दैन । सरकारको न्यूनतम साझा कार्यक्रममा वैदेशिक रोजगारीमा गएकाहरूको समस्या सुनुवाइका लागि हटलाइन सेवासहितको सहयोग सेल गठन गर्ने उल्लेख छ । विदेशमा समस्यामा परेकाहरुको उद्धारलगायत आवश्यक अन्य सहयोग गर्ने तथा यसका लागि वैदेशिक रोजगार कल्याणकारी कोष सञ्चालन नियमावलीमा समयानुकूल सुधार गर्ने विषय पनि कार्यक्रममा समेटिएको छ । यस्तै, वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने, विभिन्न देशमा कार्यरत श्रमिकहरूको सेवाका सर्त र सुविधाहरू नेपाली श्रमिकको हितअनुकूल हुनेगरी नवीकरण तथा परिमार्जन गर्न विशेष पहल गर्ने विषय कार्यक्रममा समेटिएका छन् । अनौपचारिकरूपमा वैदेशिक रोजगारीमा गएका या सम्बन्धित मुलुकको कानुनसँग मेल नखाने गरी बसिरहेकालाई वैधानिक हैसियतमा रूपान्तरण गर्न पहल गर्ने कार्यक्रममा उल्लेख छ । विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्ने विषय पनि यसमा समेटिएको छ । यो विषय लामो समयदेखि विदेशमा रहेका नेपालीहरुले उठाउँदै आएका छन् । यसअघिका सरकारहरुले यो विषयलाई सम्बोधन गर्ने बताए पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । अब नयाँ सरकारले यसलाई कतिको कार्यान्वयन गर्ला, त्यो हेर्न बाँकी नै छ । यता न्यूनतम साझा कार्यक्रममा श्रमसँग सम्बन्धित विभिन्न विषयलाई समेटेको छ । स्वदेश तथा विदेशमा ज्याला रोजगारी तथा स्वरोजगारीमा रहेका सबैलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेट्ने बताइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पालिकामा रहेको रोजगार सूचना केन्द्रमार्फत श्रमिक पञ्जीकरणको प्रणाली सुरु गरी श्रमजीवीहरूको तथ्यांक दुरुस्त राख्ने, आर्थिक वृद्धिका आधारमा सबै प्रकारका भत्ता वृद्धि गर्ने र पाँच वर्षको अवधिमा न्यूनतम ज्याला मासिक २५ हजार रुपैयाँ पु¥याउने सरकारको न्यूनतम कार्यक्रममा उल्लेख छ । यी माथि उल्लिखित बुँदाहरु मात्रै कार्यान्वयन हुने हो भने वैदेशिक रोजगारीको क्षेत्र व्यवस्थित र सुरक्षित बन्ने निश्चित छ । तर, नेपालमा जतिसुकै राम्रो कार्यक्रम र नीति बनाए पनि कार्यान्वयनको पाटो अत्यन्त कमजोर रहँदै आएको छ । पूर्वाधार विकास होस् या रोजगारी, शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्र यही नियतिमा गुज्रिरहेको छ । त्यसैले अब नीति मात्र राम्रो भएर हुँदैन, त्यसलाई कार्यान्वयन गर्ने संयन्त्रलाई चलायमान बनाउन जरुरी छ । कार्यक्रम कार्यान्वयनमा कडाइ गरिनुपर्छ । अनिमात्र नतिजा सकारात्मक देखिनेछ । त्यसो त नयाँ जनादेश लिएर आएको सरकारलाई काम नगर्ने छुट छैन । फेरि पनि विगतमा जस्तो जनतालाई आश्वासन मात्र बाँड्ने अवस्था छैन । त्यसैले न्यूनतम साझा कार्यक्रममा समेटिएका कार्यक्रमहरु कार्यान्वयनमा यो सरकार चुक्नु हुँदैन । जनतालाई परिवर्तनको अनुभूति गराउने गरी काम गर्न सरकारको ध्यान जाओस् ।
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १६:३७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP