Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • भाषण र निर्देशनमा सीमित नहोस्
भाषण र निर्देशनमा सीमित नहोस्
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस २०, २०७९
Hardik health
मुलुकमा पटक–पटक व्यवस्था फेरिए । व्यवस्था फेर्न जनताले ठूलो संघर्ष गरे । हजारौंले बलिदानी दिए । हजारौं घाइते, अपांग भए । उनीहरुकै त्याग बलिदानबाट परिवर्तन भएको अहिलेसम्मको व्यवस्थामा जनताले अनेक सास्ती बेहोनुपर्ने अवस्थामा भने परिवर्तन हुन सकेन । आज पनि जनताले सामान्य सेवा लिन पनि लाइन बस्नुपर्ने बाध्यता कायमै छ । अहिले पासपोर्ट बनाउन अघिल्लो दिन रातिदेखि नै लाइन लाग्नुपर्ने विषय चर्चामा छ । नयाँ सरकार बनेपछि यसमा चासो पनि दिएको छ । यो समस्या विगतदेखिकै हो । यसमा सरकारको ध्यान नपुगेकै कारण सेवाग्राही सर्वसाधारणले हैरानी बेहोर्नुपरेको प्रस्ट छ । पुष्पकमल दाहाल नेतृत्वको नयाँ सरकारले यसलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । दाहाल नेतृत्वको मन्त्रिपरिषद् बैठकको पहिलो निर्णयमै यो विषय समेटिएको छ । मंगलबार प्रधानमन्त्री दाहालले सचिवहरुलाई निर्देशनात्मक सम्बोधन गर्दै एक महिनाभित्र लाइन बस्नुपर्ने बाध्यता एक महिनाभित्र अन्त्य गर्न निर्देशन दिएका छन् । उनको निर्देशन व्यवहारमा कति कार्यान्वयन होला त्यो भने हेर्न बाँकी नै छ । पासपोर्ट मात्रै होइन, नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्रलगायत बनाउन जनताले सास्ती खेप्नु परिरहेको अवस्था छ । बैंकमा भत्ता लिनदेखि अस्पतालमा उपचारका लागिसमेत लाइन लाग्नुपर्छ । यी सबैको समाधान यो सरकारले गर्न सक्ला ? यो प्रतीक्षा र चासोको विषय बनेको छ । अबको एक महिनामा प्रधानमन्त्रीको निर्देशनको प्रभाव कस्तो देखिएला भन्ने पनि चासोकै विषय बनेको छ । नयाँ सरकारले जनसरोकारको सवालमा चासो दिनु सकारात्मक छ, तर व्यवहारमा नतिजा देखाउन निर्देशनले मात्रै पुग्दैन । नेपालको कर्मचारीतन्त्रको कार्यशैलीबारे हामी जानकार नै छौं । त्यसैले उनीहरुले प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गर्नेमा ढुक्क हुने अवस्था रहँदैन । अर्कोतर्फ विभिन्न क्षेत्रमा बिचौलियाको विगविगी नियन्त्रण गर्न जरुरी भएको छ । हरेक क्षेत्रमा बिचौलियाका कारण सर्वसाधारण ठगिनुपरिरहेको छ । यातायात, स्वास्थ्य, शिक्षा, रोजगारी, बजार, व्यापार सबैतिर बिचौलियाका कारण सर्वसाधारण ठगिँदै आएका छन् । यस्तो ठगी कार्य नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्छ । वर्तमान सरकारमा परम्परागत दलदेखि नयाँ उदय भएका दलहरुसम्म सहभागी छन् । जनताले यसपटक पुराना दलहरुलाई झापट दिँदै नयाँलाई अवसर दिएको छ । नयाँ दलबाट पनि सरकारमा सहभागिता जनाइसकिएको छ । यस कारण जनतालाई प्रत्यक्ष अनुभूति हुने गरी काम गर्ने अपेक्षा राखिएको छ । यदि नयाँ दलबाट सरकारमा सहभागी भएका मन्त्रीलेसमेत काम गर्न नसके अर्को पटकको चुनावमा जनताले अवश्य सजाय दिने छन् । त्यस कारण जुनसुकै हालतमा पनि जनअपेक्षा र जनतासँग गरिएको वाचाअनुसार काम गर्नुपर्ने बाध्यता छ । पुराना दलहरुलाई पनि पुनः जनताको मन जित्नेगरी काम गर्नुपर्ने बाध्यता छ । आशा गरौं नयाँ तथा पुरानो दलको संयुक्त सरकारले जनअपेक्षालाई पूरा गर्ने गरी काम गर्नेछ । प्रधानमन्त्रीदेखि मन्त्रीहरुको भाषण र प्रतिबद्धता अब व्यवहारमा देखियोस् । निर्देशन केवल निर्देशनमै सीमित नहोस् ।
प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  ०९:२३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP