Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
साहित्य
  • Home
  • साहित्य
  • “संवेदनाको आकार” लोकार्पण
“संवेदनाको आकार” लोकार्पण
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस ११, २०७९
dimentional (1)
Hardik health
काठमाडाैं - कवि तथा गीतकार महेश्वर शर्माको नयाँ कविता कृति “संवेदनाको आकार” आफ्नै गृह जिल्ला रुपन्देही देवदहबाट यहि पुस ९ गते शनिबार लोकार्पण भएको छ। अनुराग साहित्य समाज नेपालले आयोजना गरेको एक भब्य समारोह बिच सो कृति लोकार्पण गरिएको हो। कार्यक्रममा वरिष्ठ कवि,गीतकार अग्नि महाकाव्य बाट मदन पुरस्कार प्राप्त गर्नुभएका डा नवराज लम्साल, वरिष्ठ गजलकार डा घनश्याम परिश्रमी,कवि,आख्यानकार,कथाकार तथा समालोचक महेश पौड्याल,कवि समालोचक महेश कार्कि क्षितिज,कार्यक्रमका सभापति अनुराग साहित्य समाज नेपालका अध्यक्ष साहित्यकार निर्मल ढुङ्गाना,र कृतिका माता पिता नरेन्द्र प्रसाद शर्मा र सरस्वती शर्माले संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो। बिएन पुस्तक संसार बाट प्रकाशन गरिएको कृति बाट कार्यक्रममा कवि महेश्वर शर्माले आफ्ना माता पिताको चरण स्पर्श गरेर कृतिभित्रका केही कविता वाचन गरेका  थिए। कार्यक्रममा कवि यज्ञ प्रसाद न्यौपाने र महेश कार्कि क्षितिजले सो कविता सङ्ग्रहको बारेमा शुभकामनासहित आफ्ना विचार राखेका थिए। प्रमुख अतिथि वरिष्ठ कवि तथा गीतकार डा. नवराज लम्साल, वरिष्ठ गजलकार डा घनश्याम परिश्रमी,कवि,आख्यानकार,कथाकार तथा समालोचक महेश पौड्यालले शुभकामना मन्तव्य सहित कविलाई आगामी साहित्यिक यात्राको शुभकामना दिएका थिए। कवि शर्माको साहित्यिक यात्रा निबन्ध लेखनबाट शुरु भएको भए पनि पछिल्ला दिनमा उहाँ कवि तथा गीतकारका रूपमा बढी सक्रिय रहेका छन् ।प्रस्तुत सङ्ग्रह उनको दोस्रो कविता कृति हो भने केही गीतहरू रेकर्ड भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेडियोहरूबाट समेत प्रसारण भइरहेछन् । नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान, अष्ट्रेलियाबाट सन् २०२२ का लागि भानु अवार्ड प्राप्त गरेका कवि शर्मा थुप्रै पुरस्कारहरूबाट समेत पुरस्कृत भएका छन् । लामो समयदेखि अष्ट्रेलिया बस्दै आउनुभएका र अन्तर्राष्ट्रिय साहित्यिक मञ्चहरूमा नेतृत्वदायी भूमिकामा देखिएका शर्माले देवदह रुपन्देहीमा पिता नरेन्द्रप्रसाद शर्माको नामबाट साहित्यिक पुरस्कार प्रदान गर्ने गरी अक्षय कोषसमेत स्थापना गरे । सोहि समारोहमा २०७५ देखि २०७८ सम्म नरेन्द्र अनुराग साहित्य पुरस्कार समेत प्रदान गरिएको थियो।समारोहमा सेतो सुनखानीका लेखक शम्भु अर्याल, हुटिट्याउँको मनका लेखक दीन पन्थी, एकलब्यको देब्रे हातका लेखक गिरि श्रीश मगर र तमोरका सुसेलीका लेखक लक्ष्मीकिशोर सुबेदी पुरस्कृत भएका थिए। कृति विमोचन कार्यक्रम अनुराग साहित्य समाजका अध्यक्ष निर्मल ढुंगानाको अध्यक्षता, वरिष्ठ साहित्यकार डा.नवराज लम्सालको प्रमुख आतिथ्यता र संस्थाका सचिव श्याम न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो । दोस्रो चरणको कार्यक्रम अर्थात् अनुराग साहित्य समाजको अधिवेशनका लागि अधिवेशन निर्वाचन समितिका संयोजक डासिराम पाण्डेले बन्न लागेको नयाँ समिति निर्विरोध भएको र यमलाल अर्यालको अध्यक्षतमा रहेको १२ सदस्य समिति सर्वसम्मत भएको घोषणा गरेका थिए। समितिको वरिष्ठ उपाध्यक्षमा सरस्वती बस्याल, उपाध्यक्ष श्याम न्यौपाने, सचिव शिव प्रसाद काफ्ले, सहसचीव राजकिरण अर्याल, कोषाध्यक्ष अनन्तराम भण्डारी, सदस्यमा जानुका लम्साल, भगवती शर्मा तिवारी, राहुल देव सापकोटा, रिता पराजुली, पुजा ढुंगाना र दिप मिलन रहेको छ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १६:१७
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन
वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन मंगलबार, मंसिर २३, २०८२
हेमजा साहित्य महोत्सव सम्पन्न
हेमजा साहित्य महोत्सव सम्पन्न आइतबार, मंसिर २१, २०८२
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण आइतबार, मंसिर २१, २०८२
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान शुक्रबार, मंसिर १२, २०८२
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक शुक्रबार, मंसिर १२, २०८२
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी आइतबार, मंसिर ७, २०८२
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि बुधबार, मंसिर ३, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP