Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • ‘लोभले लाभ, लाभले विलाप’
‘लोभले लाभ, लाभले विलाप’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस ११, २०७९
Hardik health
‘लोभले लाभ, लाभले विलाप’, ‘राजनीतिमा कोही पनि स्थायी शत्रु हुँदैनन्’ । यी दुई चर्चित भनाइ नेपाली राजनीतिमा फेरि एकपटक सत्य सावित भएको छ । आइतबार विगत दुई वर्षदेखिको गठबन्धन तोडेर नयाँ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री नियुक्त हुँदा यी दुई भनाइ वास्तविकतामा परिणत भएका हुन् । जसमा पहिलो भनाइ नेपाली कांग्रेस र दोस्रो नेकपा एमाले–माओवादी केन्द्रको हकमा लागू भएका छन् । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट पहिलो दल बनेको कांग्रेस मुखमा आइसकेको अवसर गुमाउँदै शून्यतामा झरेको छ । कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत महŒवपूर्ण पद गुमाउनुप¥यो । साथै, प्रदेश प्रमुख र अधिकांश प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउने अवसरसमेत गुमाएको छ । यसको प्रमुख कारण हो, गठबन्धन जोगाउन नसक्नु । गठबन्धन नजोगिनुको कारण राष्ट्रपति, प्रधानमन्त्रीलगायत महŒवपूर्ण पद कांग्रेस आफैंले राख्ने अडान नछाड्नु । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको छैटौं पटक प्रधानमन्त्री बन्ने अड्डी र पहिलो दल भएकाले सरकारको नेतृत्व तथा महŒवपूर्ण पद आफैंसँग राख्न दबाब दिने कांग्रेस नेताहरुकै कारण अन्ततः गठबन्धन तोडिन पुग्यो, र कांग्रेस शून्यमा झर्नुप¥यो । चुनावमा गठबन्धनको साथबाट पहिलो दल बनेको यथार्थलाई नकार्नु कांग्रेसको महाभूल सावित भयो । सबै पद आफैंसँग राख्न खोज्ने लोभकै कारण कांग्रेसले यो दूर्दशा भोग्नुप¥यो । त्यसैले ‘लोभले लाभ, लाभले विलाप’ भन्ने भनाइ कांग्रेसको हकमा मेल खान पुगेको हो । कांग्रेसले प्रधानमन्त्री पद नछाड्ने अडान कसेकै कारण माओवादी अध्यक्ष दाहाल एमालेसँगको गठबन्धनमा लागेर प्रधानमन्त्री बन्न पुगे । चुनावबाट ३२ सिट जितेर तेस्रो शक्ति बनेको माओवादी सत्ता समीकरणमा निर्णायक शक्ति रहेको यथार्थलाई कांग्रेसले आकलन गर्न सकेन । अर्कोतर्फ तत्कालीन नेकपाबाट छुट्टिएपछि तीक्ततापूर्ण सम्बन्धमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष दाहालबीच अकस्मात भएको पुनर्मिलनले माथि उल्लिखित दोस्रो भनाइलाई पुष्टि गरेको छ । वास्तवमै राजनीतिमा स्थायी शत्रु हुँदैनन् भन्ने कुरा ओली–दाहालको पुनर्मिलनले देखाएको छ । हिजोसम्म एकअर्काका चर्का आलोचक दुई नेता अन्ततः एकै ठाउँमा उभिएर सत्ताको चाबी हातमा लिए । यो गठबन्धनले संघीय सरकारमात्रै होइन, अब सातवटै प्रदेशमा सरकार बनाउने निश्चित बनेको छ । यद्यपि, एमाले–माओवादीसहितको नयाँ गठबन्धन लामो समय नजाने टिप्पणी भइरहेको छ । विगतलाई हेर्ने हो भने यो गठबन्धन जुनसुकै बेला टुट्न सक्नेमा शंका छ्रैन । अझ पछिल्लो निर्वाचनबाट उदाएका नयाँ दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसँगै राजतन्त्र र हिन्दूराष्ट्र पुुनःस्थापनाको कट्टर पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टीसमेत गठबन्धनमा सामेल छ । त्यसैले गठबन्धनको आयुमाथि प्रश्न उठ्नु स्वाभाविक छ । मंसिर ४ को चुनावमा जनताले कुनै पनि दललाई बहुमत दिएन । यसको अर्थ सबै दल मिलेर सत्ता चलाउने जनादेश पाएको छ । सोहीअनुसार दलहरुले आगामी पाँच वर्ष काम गर्नुपर्ने देखिन्छ । पहिलो दल बनेको दम्भले अघिल्लोपटक एमालेले दुई तिहाइको सरकार गुमाउनुपरेको तथा अहिले कांग्रेसलाई शून्यमा पु¥याएका उदाहरणलाई नयाँ गठबन्धनका दलहरुले मनन् गर्नुपर्छ । आफूलाई मात्रै सम्पूर्ण ठान्ने प्रवृत्ति त्यागेर मुलुक र जनताको आवश्यकता पूरा गर्नेतर्फ ध्यान जाओस् ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  ०७:५१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP