Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • माननीयहरुलाई शुभकामना
माननीयहरुलाई शुभकामना
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस ८, २०७९
Hardik health
बिहीबार शपथ ग्रहण गरेसँगै प्रतिनिधिसभामा निर्वाचित सांसदहरुको कार्यकाल औपचारिकरुपमा सुरु भएको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरुले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराबाट शपथ लिएका हुन् । शपथ लिन नवनिर्वाचित सांसद राष्ट्रिय पोसाक तथा आ–आफ्नो साँस्कृतिक पहिचान झल्कने पोसाकमा सजिएर संसद् भवन पुगे थिए । जुन दृश्यले विविधतायुक्त मुलुकको वास्तविक अनुहार झल्काएको थियो । साथै, २६ जना सांसदले विभिन्न १४ मातृभाषामा शपथ लिए । यसले विभिन्न मातृभाषा बोल्ने समुदायहरुको प्रतिनिधित्व संसद्मा झल्काएको छ । त्यतिमात्र होइन मुलुकभित्र बोलिने सबै भाषालाई राष्ट्र भाषा मान्ने नेपालको संविधानमा उल्लिखित व्यवस्था व्यवहारमा कार्यान्वयन भएको अनुभूति गराएको छ । शपथ ग्रहणसँगै आफ्नो काँधमा थपिएको जिम्मेवारी सांसदहरुले भुल्नु हुँदैन । सांसदहरुको मुख्य भूमिका भनेको मुलुकको लागि आवश्यक कानुन निर्माण गर्ने हो । संविधानमा उल्लिखित व्यवस्थाहरुलाई कार्यान्वयनमा ल्याउन आवश्यक ऐन कानुन निर्माण गर्न उनीहरुले अग्रणि भूमिका खेल्नुपर्छ । यस्तो ऐन कानुन निर्माण गर्दा मुलुक र जनताको हितमा हुनुपर्छ । ऐन कानुन कसैको स्वार्थप्रेरित हुनु हुँदैन । यदि त्यसरी ऐन कानुन बनाउन खोजिए सांसदरुले इमान्दार भएर त्यसको विपक्षमा उभिनुपर्छ । सीमित व्यक्ति वा समूह वा व्यवसायीको फाइदाका लागि नयाँ ऐन, कानुन बनाउने वा पुरानोलाई संशोधन गर्ने कार्यलाई रोक्नुपर्छ । यसका लागि सांसदहरु सशक्तरुपमा उभिन जरुरी छ । साथै, यी कानुनहरुको कार्यान्वयन गराउन सरकारलाई निर्देशित गर्ने भूमिकामा पनि सांसदहरु रहन्छ ।अहिले मुलुकको मुख्य सवाल भनेको विकास र समृद्धि हासिल गर्नु हो । यो सम्पूर्ण नेपालीको चाहना, सपना हो । रोजगारीका लागि विदेशिन नपरोस्, आफ्नै देशमा उच्च शिक्षा, स्वास्थ्यको व्यवस्था होस् भन्ने चाहना छ । यसका लागि राजनीतिक स्थायित्व पहिलो सर्त हुने गर्दछ । विगतमा अस्थिर राजनीतिकै कारण मुलुकले अपेक्षित फड्को मार्न नसकेको हो । त्यसैले अब राजनीतिक स्थायित्व कायम गरी विकास र समृद्धिको लक्ष्यमा पुग्ने मार्ग तय गर्न नवनिर्वाचित सांसदहरुले भूमिका खेल्नुपर्छ । मुलुकमा व्याप्त भ्रष्टाचार, अनियमिततालगायतका विकृति नियन्त्रणमा सशक्त भूमिका खेल्नुपर्छ । चुनावमा जनतासमक्ष गरेका वाचाहरु पूरा गर्न इमान्दारिताका साथ लाग्नुपर्छ । जनताले ठूलो आशा र भरोसासहित जिताएर पठाएका छन् । आगामी पाँच वर्षमा मुलुकलाई कस्तो बनाउने ? कुन दिशामा मुलुकलाई लैजाने ? भन्ने जिम्मेवारी जनताले सांसदहरुको हातमा सुम्पिएको छ । यो जिम्मेवारीमा सांसदहरु चुक्नु हुँदैन । मुलुकमा पटक–पटक व्यवस्था फेरियो तर देश र जनताको अवस्था फेरिन सकेको छैन । विभिन्न आन्दोलनबाट प्राप्त वर्तमान संघीय व्यवस्थालाई समृद्ध बनाउनुपर्ने आजको आवश्यकता हो । यो व्यवस्था आएको धेरै समय भएको छैन । यद्यपि, यो व्यवस्थाप्रति असन्तुष्टिका आवाजहरु उठ्न थालेका छन् । व्यवस्था परिवर्तनका कुरा पनि उठेका छन् । तर, व्यवस्था परिवर्तन समाधान होइन । यसमा रहेका कमी कमजोरीहरुलाई सुधार गर्दै यसलाई संस्थागत गर्नुपर्ने आवश्यकता छ । यसतर्फ सांसदहरुको ध्यान जान जरुरी छ । आगामी पाँच वर्षमा जनअपेक्षा पूरा हुनेगरी काम गर्न सफल होस्, नवनिर्वाचित माननीयहरुलाई शुभकामना !  
प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  ११:२१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP