Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • संविधानको भावनाविरुद्ध एमाले
संविधानको भावनाविरुद्ध एमाले
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस ७, २०७९
Hardik health
नेकपा एमालेले आफ्ना पार्टीबाट प्रनिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुलाई शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ । एमालेको यो निर्देशन नेपालको संविधान, २०७२ को भावनाविपरीत छ । एमाले संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचित सबै सांसदलाई राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएका हुन् । पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले यसको पुष्टि गरेका छन् । एमाले अध्यक्ष ओलीले यो निर्देशन दिँदा संविधानतः सुनिश्चित सबै जाति, समुदायको अधिकारलाई बेवास्ता गरिएको छ । साथै, फरक साँस्कृतिक पहिचान भएका समुदायमाथिको अपमान गरिएकोसमेत ठहर्छ । नयाँबानेश्वरस्थित संसद् भवनमा आज दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । यसअघि संसद् सचिवालयले सूचना जारी गरेर शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरेको छ । उक्त सूचनामा ‘राष्ट्रिय पोसाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्कने पोसाक’मा उपस्थित हुन सकिने प्रस्ट उल्लेख गरिएको छ । संसद् सचिवालयको यो निर्णय स्वागतयोग्य छ । विगतमा पनि सांसदहरुले आ–आफ्नो समुदायको पहिचान झल्कने पोसाक लगाएर शपथ लिएका उदाहरण छन् ।संसद् सचिवालयले सांसदहरुलाई आफ्नो मातृभाषामा शपथ लिने व्यवस्थासमेत गरेको छ । जुन संविधानमा सुनिश्चित गरिएको व्यवस्थाको कार्यान्वयन हो । यो व्यवस्था कार्यान्वयन गर्नु भनेको मुलुकको जातीय, साँस्कृतिक तथा भाषिक विविधतालाई स्वीकार गर्नु हो । सबै जाति, भाषा, संस्कृति र समुदायमाथिको सम्मान पनि हो । संविधानले नै सबै जाति, भाषा तथा साँस्कृतिक समुदायको अधिकार सुरक्षित गरिदिएको छ । आफ्नो मौलिक पोसाक र मातृभाषामा शपथ लिन पाउनु सांसदहरुको अधिकारको कुरा हो । त्यसैले यसलाई रोकेर एउटै पोसाकमा मात्र उपस्थित हुन एमालेले उर्दी जारी गर्नु कत्ति पनि सान्दर्भिक छैन । मुलुकमा ठूलो संघर्षबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्ने काम नेपालको संविधान, २०७२ मार्फत गरिएको छ । यद्यपि, धेरै कुरा यसमा छुटेका छन् । तर, जति संविधानले अधिकार दिएको त्यसको कार्यान्वयन गर्नु राज्यको दायित्व हुन्छ । ती अधिकारहरु कार्यान्वयन गराउने जिम्मेवारी राजनीतिक दलहरुको पनि हो । यस्तोमा एमाले जस्तो जिम्मेवार पार्टीले विगतको एकल जातीय राज्यकै अभ्यासलाई ब्युँताउन खोज्नु दुःखद् छ । एमालेले आफ्ना सांसदहरुलाई मात्र निर्देशन दिएको अर्थमा यसलाई बुझ्न सकिन्न, संवैधानिक अधिकारमाथिकै प्रहार हो । विविधताभित्रको एकता नेपाली समाजको विशेषता हो । तर, विगतमा एकल जातीय राज्य व्यवस्थाका कारण धेरै जाति, समुदायका साँस्कृतिक पहिचानहरु लोप हुन पुगेका थिए । मुलुकमा गणतन्त्र स्थापना भई सबैको अस्तित्व स्वीकार हुने संविधान आइसकेको अवस्थामा एमाले अध्यक्ष ओलीको कदमले पुनः पछाडि फर्कन खाजेको संकेत देखाउँछ । यसमा खबरदारी गर्नु जरुरी छ । आशा छ एमाले सांसदहरुले आफ्नो अधिकारको उपयोग गर्ने आँट गर्ने छन् । यद्यपि, यहाँ राष्ट्रिय पोसाकको विरोध गरेको भने कदापी होइन । राष्ट्रिय पोसाकसँगै फरक साँस्कृतिक पहिचानयुक्त समाजप्रति सम्मानको खोजी हो ।
प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  २०:०५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP