Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बर्ड फ्लु
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगार व्यवसायीको चुनाव पुनः स्थगित
वैदेशिक रोजगार व्यवसायीको चुनाव पुनः स्थगित
सम्झना राई
सम्झना राई बुधबार, पुस ६, २०७९
काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन पुनः स्थगित भएको छ । पटक–पटक हुँदै आएको संघको निर्वाचन यही पुस ८ का लागि तय गरिएको थियो । निर्वाचन कार्यतालिकासमेत प्रकाशित भइसकेको अवस्थामा संघको निर्वाचन समितिले मंगलबार निर्वाचन स्थगित भएको जानकारीे दिएको हो । संघको आगामी कार्य समितिको निर्वाचन गर्ने प्रयोजनार्थ गठित निर्वाचन समितिले मंगलबार एक सूचना जारी गर्दै निर्वाचनका सबै कार्यक्रम स्थगित भएको जानकारी दिएको छ । यससँगै संघको नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम थप निश्चित बनेको छ । संघमा आबद्ध संस्थाहरुको ५१ प्रतिशत सदस्य उपस्थित हुनुपर्ने विधानको व्यवस्था पालना हुनसक्ने अवस्था नभएकाले निर्वाचन स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचनका कार्यक्रम स्थगित गरेको सूचना जारी गरेको समितिले अर्को मिति उल्लेख गरेको छैन । निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेलगत्तै नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसियसन र प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले विरोध जनाएका थिए । अहिलेकै अवस्थामा निर्वाचन नहुने भन्दै उनीहरुले निर्वाचन स्थगनका लागि ध्यानाकर्षण गराएका थिए । संघको विधानबमोजिमका सदस्यहरु उपस्थित नहुने देखिएपछि व्यवसायमा क्रियाशील विभिन्न दलनिकट संघ संगठनलगायत अधिकांश व्यवसायीको आग्रहअनुसार निर्वाचनका कार्यक्रम स्थगित गरिएको निर्वाचन समितिका सदस्यसचिव शम्भु निरौलाले जानकारी दिए । उनका अनुसार सबै संघसंगठन र व्यवसायीहरुको परामर्श र छलफलपश्चात् पुनः कार्यतालिका सार्वजनिक गरिनेछ । व्यवसायीहरुको छाता संगठन भएकाले सम्पूर्ण व्यवसायीलाई समेटेर निर्वाचन गर्नुपर्ने आवाज उठेकाले अहिलेलाई निर्वाचन स्थगित गर्नुपर्ने बाध्यता आइपरेको संघका संयोजक विमल ढकालले बताए । ‘निर्वाचन गराउने जिम्मेवारी पाएदेखि नै यसअघि नै पटक–पटक निर्वाचन गराउन खोजेको हुँ, साथीहरुले विभिन्न समस्या देखाउँदै पन्छिने गरेका कारण त्यसबेला निर्वाचन हुन सकेन,’ उनले भने, ‘तर, पर्याप्त समय दिएर भदौ महिनामा नै निर्वाचनको मिति घोषणा गर्दासमेत ८७६ सदस्य रहेको संघमा ३८९ सदस्यले मात्रै नवीकरण गर्दा विधानविपरीत हुने देखिएकाले सबै राजानीतिक दलनिकट व्यवसायीहरुको संघसंगठनले निर्वाचन रोक्न दिएको लिखित निवेदनका आधारमा निर्वाचन स्थगित गर्नुपरेको हो ।’ उनका अनुसार आउने शुक्रबार राजनीतिक दलका प्रतिनिधि तथा व्यवसायीका संघ संगठनलाई परामर्श तथा छलफलका लागि बैठक बोलाइएको छ । सोही बैठकले पुनः निर्वाचनको मिति तय गर्ने ढकालले बताए । निर्वाचन स्थगित गर्नुपर्ने माग गर्दै लोकतान्त्रिक संघ, प्रगतिशील मञ्च, एकीकृत संगठन, गणतान्त्रिक मञ्चलगायतले मंगलबार निर्वाचन समितिमा निवेदन दिएका थिए । यसअघि २०७८ पुस ३० गते संघमा सर्वसम्मत कार्यसमिति चयन गर्ने प्रयास असफल भएको थियो । उक्त प्रयास सफल नभएपछि सिर्जना भएको विवाद उत्कर्षमा पुग्दा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो । जिप्रका काठमाडौंको समन्वयमा संघका पूर्वअध्यक्ष विमल ढकाललाई संयोजक तोक्दै निर्वाचन गराउने जिम्मेवारी दिइएको थियो । तत्कालीन अवस्थामा संघका कार्यवाहक अध्यक्ष कमल तामाङको संयोजकत्वमा गठित १५ सदस्यीय कार्यदलले पाँच प्रमुख राजनीतिक दलनिकट व्यवसायीको संस्थागत प्रतिनिधित्व हुनेगरी पद बाँडफाँट गर्दै लोकतान्त्रिक संघका तर्फबाट भुवनसिं गुरुङलाई अध्यक्ष बनाउने निर्णय भएको थियो । तर, सहमतिविपरीत माओवादी केन्द्रनिकट गणतान्त्रिक मञ्चका निवर्तमान अध्यक्ष रामप्रसाद भन्तनाले अध्यक्षमा उम्मेदवारी दिएपछि निर्वाचन भाँडिएको थियो । अहिलेलाई संघको निर्वाचन स्थगित भए पनि विभिन्न संघसंगठनले आगामी नेतृत्वका लागि दौडधुप गरिरहेका छन् । लोकतान्त्रिक संघको तर्फबाट कुमुद खनाल, कमलदेव मल्ल, भुवनसिं गुरुङ, सुजितकुमार श्रेष्ठ अध्यक्षका आकांक्षी देखिएका छन् । प्रगतिशील मञ्चले नेतृत्वका लागि उम्मेदवारी दिने जनाए पनि व्यक्ति तोकिसकेको छैन । त्यस्तै गणतान्त्रिक मञ्चले नेतृत्वका लागि गठबन्धन गर्नुपर्नेमा जोड दिएको छ । त्यसैगरी एकीकृत संगठनले अध्यक्षमा दाबी नगरे पनि अन्य पदहरुमा उम्मेदवारी दिने जनाएको छ । यदि, निर्वाचन भइहालेमा तटस्थ रहेका केही व्यवसायीले पनि नेतृत्वका लागि स्वतन्त्र उम्मेदवारी दिने तयारी गरिरहेको बुझिएको छ ।  
प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  ११:३२
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
सिण्डिकेटविरुद्ध संघको खबरदारी
सिण्डिकेटविरुद्ध संघको खबरदारी बिहीबार, जेठ १, २०८२
दक्षिण कोरियामा रोजगारी वृद्धि
दक्षिण कोरियामा रोजगारी वृद्धि बुधबार, वैशाख ३१, २०८२
साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग
साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग बुधबार, वैशाख ३१, २०८२
दक्षिण कोरियाका लागि ‘एनओसी’ स्थगित
दक्षिण कोरियाका लागि ‘एनओसी’ स्थगित बुधबार, वैशाख ३१, २०८२
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, वैशाख ३०, २०८२
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने मंगलबार, वैशाख ३०, २०८२
बोर्डको सीपमूलक तालिममा आकर्षण, अवधि छोटो हुँदा अपूरो भएको गुनासो
बोर्डको सीपमूलक तालिममा आकर्षण, अवधि छोटो हुँदा अपूरो भएको गुनासो आइतबार, वैशाख २८, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP