Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • मतदातासँगको वाचामा इमान्दार बन्
मतदातासँगको वाचामा इमान्दार बन्
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस ४, २०७९
Hardik health
मुलुकमा नयाँ सरकार गठनको कसरत चलिरहेको छ । निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुलेको हो । यसैबीच आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको आह्वान गरिसकेकी छन् । राष्ट्रपति कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि २०७९ पुस १० गते आइतबार १७ः०० बजेभित्र दाबी पेस गर्न सम्माननीय राष्ट्रपतिज्यूबाट आह्वान भएको व्यहोरा अनुरोध छ ।’ राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरे पनि नवनिर्वाचित सांसदहरुले शपथग्रहण गरेका छैनन् । यद्यपि, राष्ट्रपतिले सरकार गठनको कानुनी आधार नै किटेर दाबी पेस गर्न आह्वान गरेकी छन् । तर, सत्तारूढ दल तथा केही संविधानविद्ले भने राष्ट्रपतिले सरकार गठनको उल्टो प्रक्रिया अपनाएको भन्दै आलोचना गरेका छन् । त्यसो त राष्ट्रपति भण्डारीले यसअघि पनि यही प्रक्रिया अपनाएको नजिर छ । त्यही नजिरलाई उनले पुनः निरन्तरता दिएपछि आलोचना भएको हो । संवैधानिक प्रक्रिया हेर्ने हो भने सांसदहरुले शपथग्रहण नगरी सरकार गठन हुने अवस्था देखिँदैन । शपथग्रहणका लागि संसद् बैठक आह्वान गर्नुपर्ने हुन्छ । पहिलो बैठकमा नवनिर्वाचित सांसदहरुमध्ये ज्येष्ठ सदस्यबाट शपथग्रहण गर्ने परम्परा रहेको छ । तर, राष्ट्रपतिले उक्त प्रक्रियालाई मिच्दै सीधै सात दिनको समय दिएर सरकार गठनको आह्वान गरेकी छन् । यो कदमले राष्ट्रपति पुनः विवादमा तानिएकी छन् । यता दलहरु सरकार गठनको रस्साकस्सीमा लागेका छन् । दलहरु संसदीय दल गठनको तयारीमा जुटेका छन् । संसदीय दल गठनसँगै दलको नेता चुनिने छन् । प्रधानमन्त्रीको उम्मेदवार बन्न संसदीय दलको नेता हुनुपर्छ । संसदीय दल गठनसँगै सरकारको समीकरणबारे पनि विभिन्न चर्चा भइरहेको छ । वर्तमान सत्ता गठबन्धन यही गठबन्धनलाई निरन्तरता दिने प्रयासमा छन् । अर्कोतर्फ नेकपा एमाले गठबन्धन भत्काएर आफ्नो नेतृत्वमा सरकार गठन गर्ने दाउमा छ । त्यसैले सत्ता समीकरण परिवर्तन हुनसक्ने सम्भावना रहेको छ । दलहरुले चुनावमा पाँच वर्षका लागि स्थिर सरकार चलाउने वाचा मतदाताहरुसमक्ष राखेका थिए । तर, चुनावी परिणाम कुनै दलको एकल बहुमत पुग्ने आएको छैन । सत्ता गठबन्धनसमेत बहुमत पु¥याउन चुकेको छ । त्यसैले जुन दलको नेतृत्वमा सरकार बने पनि मिलिजुली सरकार बन्ने निश्चित छ । त्यसैले अबको सरकार थप अस्थिर बन्ने आशंका बढेको छ । सरकार जसको नेतृत्वमा गठन भए पनि दलहरु मतदातासमक्ष आफूले दिएको स्थिर सरकारको वाचा पूरा गर्नेतर्फ इमान्दार बन्नुपर्छ । विगतको गल्तीलाई पुनः नदोहोर्‍याउने गरी सरकार निर्माण र सञ्चालन गरुन् । अहिलेको जनअपेक्षा र मुलुकको आवश्यकता यही हो ।
प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १७:००
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP