Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • अनियन्त्रित मूल्यवृद्धिको चुनौती
अनियन्त्रित मूल्यवृद्धिको चुनौती
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस १, २०७९
Hardik health
मुलुकमा बढ्दो महँगी नियन्त्रणमा सरकार असफल भएको छ । निरन्तर बढिरहेको महँगी चालु आर्थिक वर्षको चौथो महिना अर्थात् कात्तिकमा ८.०८ प्रतिशत पुगेको छ । यो वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०४ प्रतिशत रहेको थियो ।नेपाल राष्ट्र बैंकले बिहीबार मुलुकको वर्तमान आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । राष्ट्र बैंकको यो तथ्यांकले महँगी नियन्त्रणबाहिर पुगेको देखाउँछ । सरकारले महँगी नियन्त्रण गर्ने बताए पनि परिणाम त्यस्तो देखिएको छैन । विशेषगरी रसिया–युक्रेन युद्धका कारण विश्वभर महँगी बढ्न पुगेको थियो, जसको असर नेपालमा पनि परेको थियो । पेट्रोलियम पदार्थमा भएको उच्च मूल्यवृद्धिले समग्र मूल्यवृद्धिमा भूमिका खेलेको थियो । तर, पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमले मूल्य समायोजन नगर्दा नेपाली उपभोक्ताले महँगो मूल्य तिरेर पेट्रोलियम पदार्थ उपभोग गर्नु परिरहेको छ । पेट्रोलियम पदार्थको मूल्य समायोजन नहुँदा पनि मूल्यवृद्धि नियन्त्रण हुन नसकेको बुझिन्छ । किनकि, यसले हरेक क्षेत्रलाई प्रभावित पार्ने गर्दछ । तर, सरकारले यसमा ध्यान दिएको छैन । आयल निगमले घाटा पूर्ति गर्ने बहानामा मूल्य समायोजन गर्न मानिरहेको छैन । जसको असर उपभोक्ताको चुलोदेखि समग्र अर्थतन्त्रमा परेको छ ।राष्ट्र बैंकका अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.३८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.६३ प्रतिशत रहेको छ । तराईमा सबैभन्दा बढी ८.५२ प्रतिशत बराबरको मूल्यवृद्धि कायम भएको छ । काठमाडौं उपत्यकामा ७.५६ प्रतिशत, पहाडमा ८.०३ प्रतिशत र हिमालमा ६.६८ प्रतिशत मूल्यवृद्धि रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टुरेण्ट तथा होटल उपसमूहको मूल्य सूचकांक १५.९७ प्रतिशत, सूर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.३३ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१९ प्रतिशत र मदिराजन्य पेयपदार्थको ८.८४ प्रतिशतले बढेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्य सूचकांक १७.७१ प्रतिशत, स्वास्थ्यको ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.७६ प्रतिशत, घरायसी उपयोगका वस्तुको ८.४९ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ८.३३ प्रतिशतले बढेको तथ्यांक छ ।नियन्त्रणबाहिर रहेको मूल्यवृद्धि दोहोरो अंकनजिक पुग्दा पनि सरकार गम्भीर नबन्नु आपत्तिजनक छ । सर्वसाधारणको ढाड सेकाइरहेको महँगीप्रति बेवास्ता गरिनु ठीक होइन । महँगीले सर्वसाधारणलाई दैनिक रोजीरोटी जुटाएर परिवार पाल्न समेत समस्यामा पारिरहेको छ । भर्खरै सम्पन्न आमनिर्वाचनको परिणाम सार्वजनिक भई नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ । जारी मूल्यवृद्धि नियन्त्रण आगामी सरकारका लागि प्रमुख चुनौती बन्ने निश्चित छ । सरकारमा जोसुकै आए पनि मूल्यवृद्धि नियन्त्रणमा कडा नीति लिई प्रभावकारी कदम चाल्न जरुरी छ । अन्यथा यसले थप समस्या निम्त्याउनेतर्फ आगामी सरकारको नेतृत्वकर्ता सचेत बनोस् ।
प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  १२:४८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP