Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सम्पदा मास्ने काम बन्द गर
सम्पदा मास्ने काम बन्द गर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर २८, २०७९
Hardik health
धरहरा पुनर्निर्माणको क्रममा सुनधारामा पानी पठाउने मूल धारा नष्ट हुनेगरी डोजर चलाइएको छ । सम्पदा मास्न ठेकेदार कम्पनीबाट भएको यो लापारवाहीपूर्ण कार्य खेद्जनक छ । सुनधारा उसै पनि मानवीय अतिक्रमणका कारण संकटमा छ । २०७२ सालको भूकम्पले ढलेको धरहरा पुनर्निर्माण गर्ने नाममा भइरहेको यो गतिविधि स्वीकार्य छैन । त्यसो त धरहराको नाममा सेतो टावर निर्माण गरिएको भन्दै आलोचना हुँदै आएको छ । किनभने, ऐतिहासिक धरहराको भग्नावशेष जस्ताको तस्तै राखेर त्यो सँगैको स्थानमा टावर निर्माण गरिएको छ । डोजर चलाएर धारा नष्ट गरिएपछि धरहरा पुनर्निर्माणको काम रोकिएको छ । काठमाडौं महानगरपालिका र स्थानीयले धरहरा पुनर्निर्माणको काम तत्कालका लागि रोकेका हुन् । महानगरपालिकाले सम्पदा जोगाउनुपर्नेमा जोड दिँदै सुनधारामा पानी आउने मूल धारा नष्ट गरिएकोप्रति आपत्ति जनाएको थियो । साथै, उक्त स्थानमा संरचना विस्तार गर्दा महानरसँग समन्वय नगरेको महानगर प्रमु बालेन्द्र शाहले सोमबार प्रष्टीकरण दिएका थिए ।कामपा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जनका अनुसार ऐतिहासिक महत्व बोकेको सुनधारामा पानी पठाउने (काठको लामो पाइप) नष्ट गरी उक्त स्थानमा निर्माण कम्पनीले डोजर लगाएर एक लाख लिटर पानी अट्ने ट्यांकी निर्माण गर्ने तयारी गरेको थियो । उक्त पाइपलाई नष्ट गरेपछि धरहरा पुनर्निर्माणको बाँकी काम रोकिएको हो । धरहरा बनाउनेले सुनधारा बनाउँछन् भन्ने कुरामा विश्वास नरहेकोले अब विज्ञको रोहवरमा मात्र सुनधारा पुनर्निर्माणको काम अघि बढाउनुपर्ने उनको भनाइ छ । त्यसका लागि हरेक दिन अनुगमन गर्ने गरी अनुगमन समिति बनाउने तयारी वडाको रहेको महर्जनले बताए । मौलिक कला, संस्कृतिको नमूनाका रुपमा रहेको ऐतिहासिक सुनधाराको संरचना पुनर्निर्माणका नाममा भत्काउन हुँदैन । २०७२ वैशाखमा गएको भूकम्पबाट क्षति पुगेको यस सम्पदाको भूकम्प गएको तीन वर्षपछि मात्रै पुनर्निर्माणको कामले गति लिएको थियो । कूल ४२ रोपनी क्षेत्रफलमा निर्माण सुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र भने २२ तलाको, उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ । नयाँ धरहरामा बगैँचा, संग्रहालय, रंगीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत संरचना बनाउने योजना छ । धरहरा टावरको पुनर्निर्माण सम्पन्न भएको भन्दै २०७८ वैशाख ११ गते नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । उद्घाटन भएको डेड वर्ष बितिसक्यो, तर उक्त टावर आसपासको अन्य निर्माण कार्य सम्पन्न भएको छैन । एकातिर पुनर्निर्माणको काममा ढिलाइ भइरहँदा सम्पदामाथि नै डोजर चलाएर ठेकेदार कम्पनीले गरेको यो गल्ती अक्षम्य छ । सम्पदामाथि डोजर चलाउने कार्य बन्द गरिनुपर्छ । यसमा महानगर, स्थानीयवासी, सम्पदाप्रेमी तथा सरोकारवाला सबैको ध्यान जान जरुरी छ । नष्ट पारिएको धारालाई फेरि पुरानै रुपमा स्थापित गर्न दबाब दिनुपर्छ । साथै, लापारवाहीपूर्ण काम गर्ने निर्माण कम्पनीमाथि कारबाहीको व्यवस्थासमेत गरिनु आवश्यक छ ।  
प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १८:४२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
दलहरुमा संयमताको खाँचो
दलहरुमा संयमताको खाँचो शुक्रबार, असोज ३, २०८२
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP