Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • आइपिओमा धमाधम लगानीको अवसर
आइपिओमा धमाधम लगानीको अवसर
बुधबार, मंसिर २८, २०७९
Hardik health
काठमाडौं– सरकारले १० प्रतिशत कोटाको व्यवस्था लागू गरेसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई धमाधम प्राथमिक सेयर (आइपिओ)मा लगानी गर्ने अवसर खुलेको छ । पहिलोपटक कालिञ्चोक दर्शनले वैदेशिक रोजगारीमा रहेकालाई १० प्रतिशत कोटाको व्यवस्था गरी आइपिओ जारी गरेको थियो । त्यसयता विभिन्न कम्पनीले सोहीअनुसार आइपिओ जारी गरिरहेका छन् । कालिञ्चोकपछि सुपर मादी हाइड्रोपावरले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपिओमा लगानी गर्न कोटा छुट्याएको थियो । यसरी कोटा छुट्याइएका कम्पनीको आइपिओमा मागभन्दा बढीले आवेदन दिएका छन् । मंगलबारदेखि अर्को कम्पनी एसियन हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीयवासीसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ बिक्री खुला गरेको छ । उक्त कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा चार लाख २४ हजार कित्ता प्राथमिक सेयर निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने तीन करोड ४० लाख रुपैयाँ बराबरको कूल तीन लाख ४० कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याएको छ । त्यस्तै सर्वसाधारणमा निष्कासन गरिने सेयरको १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको कम्पनीले जानकारी दिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले पुस १२ गतेसम्म अधिकतम २० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्ने छन् । यसैगरी शुभम् पावर लिमिटेडले पनि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ बिक्री खुला गर्ने तयारी गरेको छ । कम्पनीले आगामी पुस ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५८ हजार ५८ कित्ता बराबरको आइपिओको बिक्री खुला गर्ने भएको हो । कम्पनीले सर्वसाधारणमा निष्कासन गरिने चार लाख कित्ता र यसअघि स्थानीयलाई निष्कासन गरी बिक्री नभएको एक लाख ८० हजार ५८० कित्तासहित कूल पाँच लाख ८० हजार ५८० कित्ताको १० प्रतिशतले हुने ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्ने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । निष्कासन गरिने सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आमामी पुस २० सम्म अधिकतम पाँच हजार कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सक्ने छन् । कम्पनीले संखुवासभाको चैनपुर नगरपालिका–९ स्थित पिलुवा खोलामा ‘पिलुवा खोला साना जलविद्युत् आयोजना’बाट २०६८ साउन १ देखि ९९० किलोवाट क्षमतामा व्यापारिक उत्पादन गरिरहेको छ । सरकारले व्यवस्था गरेको धितोपत्र निष्कासन तथा बाँडफाँट (छैटौं संशोधन) निर्देशिका २०७९ अनुसार आइपिओ निष्कासन गर्ने कम्पनीहरुले वैदेशिक रोजगारीमा गएकाहरुलाई लगानी गर्न कूल निष्कासनको १० प्रतिशत कोटा छुट्याउँदै आएका हुन् । विदेशबाट हुण्डी तथा अवैध च्यानलबाट पैसा पठाउने कार्यलाई निरुत्साहित गर्न सरकारले यो नीति लिएको हो । यसले वैधानिक च्यानल अर्थात् रेमिट्यान्समार्फत पैसा पठाउन प्रोत्साहित गर्ने सरकारको अपेक्षा छ । आइपिओमा कोटाको व्यवस्था गरेसँगै वैदेशिक रोजगारीमा रहेकाहरुलाई समेत लाभ मिलेको छ । वैदेशिक रोजगारीमा रहेकालाई छुट्याइएको १० प्रतिशत कोटामा लगानी गर्न नेपालको बैंकमा ‘रेमिट खाता’ खोल्नुपर्ने हुन्छ । खाता खोलेपछि डिम्याट खाता सञ्चालनमा ल्याउनुपर्ने, कम्तीमा छ महिनाभित्र ५० हजार रुपैयाँ खातामा पठाएको हुनुपर्ने वा रेमिट्यान्समार्फत एक लाख रुपैयाँ पठाएको प्रमाणित कागजात हुनुपर्ने प्रावधान राखिएको छ । भर्खरै रोजगारीका लागि विदेश गएका वा अध्ययनका लागि विदेश गएका विद्यार्थीले भने आइपिओमा आवेदन दिन पाउने छैनन् । कसरी दिने आवेदन ? वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फत तथा ‘मेरो सेयर’मार्फत सेयर खरिदको आवेदन दिन सक्ने छन् । वैदेशिक रोजगारीमा नेपालीले विप्रेषण (रेमिट्यान्स)बचत खाता खोली त्यसमा दर्ता गरिएको सिआरएन नम्बर उल्लेख गरेर अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरी सेयर खरिद आवेदन दिन सकिने सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १४:३५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP