Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • संसद्बाटै संशोधन गर
संसद्बाटै संशोधन गर
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर २७, २०७९
Hardik health
चुनाव सकिएलगत्तै सरकारले फौजदारी र देवानी संहिता संशोधन गर्न अध्यादेश ल्याएको छ । संसद् नभएको मौका पारेर सरकारले अध्यादेश ल्याएको हो । यो अध्यादेश ल्याउनुको एउटै निहीत स्वार्थ सरकारको छ । त्यो हो– नयाँ सरकार गठन गर्न बहुमत पुर्‍याउनु । ४ मंसिरको चुनावबाट जनताले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको सत्ता गठबन्धनलाई नयाँ सरकार गठन गर्न बहुमत दिएनन् । परिणामतः सत्ता गठबन्धन दलहरूले मात्रै सरकार गठन हुने अवस्था छैन । नभएपछि प्रधानमन्त्री देउवा ७ भदौ २०७२ मा भएको टीकापुर घटनामा दुई तहको अदालतबाट दोषी ठहरिएर जन्मकैदको सजाय भुक्तान गरिरहेका रेशमलाल चौधरीलाई छुटाउन अध्यादेश ल्याउन तयार भएका हुन् । किनभने रेशम संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको संघीय संसद्मा तीन सिट छ । यही दलको समर्थनमा रेशमकै बुबा लालवीर चौधरी स्वतन्त्र सांसद छन् । अध्यादेश जारी भए यी चारै सांसदले देउवा नेतृत्वको गठबन्धनलाई समर्थन मात्रै गर्दा पनि सरकार बहुमतीय गठन हुन्छ । यही स्वार्थले देउवाले अध्यादेश ल्याएका हुन् । अर्कातिर संसद्मा छ सिट रहेको दल जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) रावतलाई पनि अध्यादेशले लाभ पुग्छ । उनीविरुद्ध पनि स्वतन्त्र मधेसको पक्षमा हिंसात्मक आन्दोलन गर्दाताका केही घटनामा फौजदारी मुद्दा छ ।छ सिटवाला जनमतको समर्थन पाउँदा त झन् सत्ता गठबन्धनलाई स्पष्ट बहुमतसहित सत्ताको नेतृत्व गर्ने अवसर मिल्छ । तर, यो (अध्यादेश) पूरापूर सत्ता स्वार्थसँग जोडिएको देखिएको छ । यदि, सत्ता स्वार्थविना देउवाले रेशमसहित सीकेलगायतलाई उन्मुक्ति दिन चाहन्थे भने २९ असार २०७८ मा सरकार गठनपछि नै यो अध्यादेश ल्याउँथे, ल्याएनन् । अहिले भने सरकार गठन गर्न प्रतिकूल जनमतले देउवा अध्यादेश ल्याउन बाध्य भएका हुन् । फेरि, ४ मंसिरमा भएको चुनावमा रेशम संरक्षक रहेको दल नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ दुई लाख ७१ हजार ७२२ मत पायो । धेरै मत कैलालीबाटै यो दलले पाएको हो । यसको राजनीतिक अर्थ टीकापुर घटनामा अदालतबाट दोषी ठहर भएका रेशमसहितका कैदीहरू निर्दोष छन् भन्ने जनताको दाबी रहेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ । हुन त सरकारले कुनै माग राखेर दलले गरेको आन्दोलनलाई त्यसको आन्दोलनको प्रवृत्ति र क्षतिलाई हेरेर राजनीतिक र अराजनीतिक करार गर्छ । रेशम आबद्ध थरुहट आन्दोलनलाई तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले अराजनीतिक ठहर ग¥यो । त्यसपछि बनेका केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि देउवा नेतृत्वका सरकारले त्यही रूपमा थरुहट आन्दोलनलाई बुझे । तर, अहिले भने सत्ता समीकरणको गणित असहज हुँदा राजनीतिक आन्दोलन थियो भन्न थालेका छन् । यसो भन्नुको पछि कुनै कानुनी संरचना खडा गरेर उन्मुक्ति दिन लागेको रूपमा बुझ्न सकिन्छ । उसो त थरुहट आन्दोलनको माग राजनीतिक थियो । माग राजनीतिक भएपछि आन्दोलन चाहिँ अराजनीतिक भन्ने हुँदैन । तर, दुर्भाग्य एक जना एसएसपीसहित सात जनाको आन्दोलनको क्रममा ज्यान गयो । त्यही हिंसात्मक घटनालाई लिएर थहरुट आन्दोलन र आन्दोलनमा संलग्नहरूलाई गोलमालमा अराजनीतिक भन्न शोभनीय हुँदैन । यसकारण, थरुहट आन्दोलनलाई राजनीतिक नै भएको निछोड निकाल्दै अध्यादेशबाट नभई जनताका प्रतिनिधिहरूको सार्वभौम थलो संसद्बाटै फौजदारी र देवानी संहिताका आवश्यक प्रावधान संशोधन गरेर रेशमसहितलाई उन्मुक्ति दिनु उचित हुन्छ ।  
प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १७:०४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP