Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारीको नाममा ठगी प्रकरण
वैदेशिक रोजगारीको नाममा ठगी प्रकरण
मंगलबार, मंसिर २७, २०७९
Hardik health
सूर्य कर्पोरेसनले फिर्ता ग¥यो पीडितलाई १५ लाख
काठमाडौं– वैदेशिक रोजगार विभागले अनधिकृतरुपमा वैदेशिक रोजगारसम्बन्धी गतिविधि सञ्चालन गर्ने एजुकेसन कन्सल्टेन्सी सूर्य कर्पोरेसन प्रालिबाट पीडितहरुलाई १५ लाख रुपैयाँ फिर्ता गराएको छ । विभिन्न व्यक्तिलाई वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै उक्त कन्सल्टेन्सीले विगत तीन वर्षदेखि पासपोर्ट र पैसा लिएको उजुरीका आधारमा विभागले छापा मारी पीडितहरुलाई रकम फिर्ता गराउन सफल भएको हो । पीडितहरुले विगत तीन वर्ष अगाडिदेखी रकम र पासपोर्ट बुझिलिई हालसम्म नपठाएकोले रकम र पासपोर्ट फिर्ता दिलाई कन्सल्टेन्सीमाथि कानुनी कारबाही हुनुपर्ने भन्दै उजुरी परेको विभागले जनाएको छ । सोही उजुरीको आधारमा विभागले कन्सल्टेन्सीमा मंसिर २३ गते छापा मारी ८३ वटा पासपोर्ट र वैदेशिक रोजगारीसँग सम्बन्धित कागजातसमेत बरामद गरेको थियो । सोही दिन उक्त कन्सल्टेन्सीका छ जना कर्मचारीलाई नियन्त्रणमा लिइएको थियो । महŒवपूर्ण कागजात, कर्मचारी र पासपोर्टसमेत नियन्त्रणमा लिएपछि सम्पर्कमा आएका कन्सल्टेन्सीका सञ्चालकले पीडितहरुलाई रकम फिर्ता गराएको विभागका निर्देशक तथा सूचना अधिकारी कृष्णप्रसाद भुसालले बताए । विभागबाट वैदेशिक रोजागारका लागि इजाजतपत्र नलिएको कन्सल्टेन्सीले किन र कुन प्रयोजनका लागि पासपोर्ट र रकम संकलन गरेको हो, त्यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको भुसालले जानकारी दिए । उजुरी दिएका पीडितहरुलाई रकम फिर्ता गराइए पनि अनधिकृतरुपमा संकलन गरिएका पासपोर्ट भने फिर्ता नभएको विभागले जनाएको छ । कन्सल्टेन्सीका सञ्चालक दाजुभाइ वासुदेव लामिछाने र शम्भु लामिछानेले विभिन्न कार्यक्रम र अवार्डका नाममा विदेश लैजाने गरेको बुझिएको छ । लामिछाने दाजुभाइले भिजिट, ट्रेनिङ, वर्किङलगायत भिसा मिलाइदिने भन्दै विभिन्न व्यक्तिहरुबाट पासपोर्टसहित १० लाख रुपैयाँभन्दा बढी रकम लिने गरेको उनीहरुसँग निकट रहेका एक व्यवसायीले बताए । कन्सल्टेन्सीले यही डिसेम्बर १३ देखि २१ सम्म अस्ट्रेलियामा साकुरा नाइट कार्यक्रम गर्ने तयारी गरेको थियो । यसरी वैदेशिक रोजगारीका नाममा ठगी गर्ने कन्सल्टेन्सीविरूद्ध वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ अनुसार कारबाही प्रक्रिया अगाडि बढाउन जनाउँदै अधिकतम पाँच लाख रूपैयाँ जरिवाना र सात वर्ष जेल सजाय हुनसक्ने विभागले उल्लेख गरेको छ । विभागले पछिल्लो समय केही एजुकेसन कन्सल्टेन्सी, ट्राभल एजेन्सी र बिचौलियाहरुले मोटो रकम लिएर बेरोजगार युवाहरुलाई आकर्षक आम्दानीको प्रलोभन देखाई वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने गरेका उजुरीहरु पर्ने गरेको जनाएको छ । यद्यपि, विभागले सोमबार एक सूचना जारी गर्दै वैदेशिक रोजगारसम्बन्धी इजाजतपत्र प्राप्त नगरेका त्यस्ता संस्थाहरुसँग कुनै पनि प्रलोभनमा नफस्न र आर्थिक क्रियाकलापमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरेको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १३:४०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP