Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #टेरामक्स प्रकरण
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • साउदीमा थप ५४ जनालाई एक्जिट भिसा
साउदीमा थप ५४ जनालाई एक्जिट भिसा
सम्झना राई
सम्झना राई बिहीबार, मंसिर २२, २०७९
काठमाडौं– वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेर कठिनाइ झेलिरहेका थप ५४ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । साउदीको अध्यागमन कार्यालयले जारी गरेको नयाँ नियमअनुसार हुरुब लागेका (कम्पनी छोडेर भागेका) ५४ जना नेपालीले उक्त भिसा पाएका हुन् । साउदी सरकारले लागू गरेको नियमअनुसार एक्जिट भिसा प्राप्त गरेका व्यक्तिहरुले बढीमा एक हप्ताभित्र साउदी छोडिसक्नुपर्ने रियादस्थित नेपाली दूतावासले जनाएको छ । २७ नोभेम्बरदेखि डिसेम्बर १ सम्मको अवधिमा जम्मा ५४ जनाको एक्जिट भिसा प्राप्त भएको दूतावासले उल्लेख गरेको छ । हुरुब लागेका नेपालीहरुलाई एक साताभित्र साउदी छोड्न जानकारी दिँदै समयमै एक्जिट भिसाको म्याद हेर्न पनि दूतावासले अनुरोध गरेको छ । एक हप्ता अगाडि नै एक्जिट भिसा आएको उल्लेख गर्दै दूतावासले आफ्नो मोबाइलमा सन्देश प्राप्त नभए दूतावास आएर एक्जिट भिसाको कागज लैजान सकिने जनाएको छ । आफूले एक्जिट भिसा पाए÷नपाएको हेर्नका लागि दूतावासको आधिकारीक फेसबुक पेज वा वेवसाइटमा हेर्न सकिने बताइएको छ । एक्जिट भिसा प्रोसेसिङ निःशुल्क हुने दूतावासले उल्लेख गरेको छ । तर, एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ । इकामा (बस्ने अनुमति)को म्याद सकिएको तीन महिनाभन्दा बढी भैसकेका वा साउदी आएको तीन महिनाभन्दा बढी समयसम्म पनि इकामा प्राप्त नगरेका वा हुरूब लागेका व्यक्तिको मात्र एक्जिट भिसाको प्रक्रिया दूतावासले अगाडि बढाइदिने जानकारी दिइएको छ । त्यसैगरी, कुनै कसूर वा जरिवाना छ भने त्यसको छिनोफानो नभएसम्म एक्जिट भिसा नलाग्ने र भिसा दिने सम्पूर्ण अधिकार साउदीको अध्यागमन कार्यालयसँग मात्रै हुने दूतावासले प्रस्ट पारेको छ । यसअघि पाँच महिनाको अवधिमा पटक–पटक गरी झण्डै एक हजार २०० नेपालीले एक्जिट भिसा पाइसकेको दूतावासको तथ्यांकले देखाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  ११:१८
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ शुक्रबार, जेठ २, २०८२
साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू शुक्रबार, जेठ २, २०८२
श्रमिकको कल्याणकारी कोषदेखि व्यवसायीको धरौटी दूरुपयोग
श्रमिकको कल्याणकारी कोषदेखि व्यवसायीको धरौटी दूरुपयोग शुक्रबार, जेठ २, २०८२
सिण्डिकेटविरुद्ध संघको खबरदारी
सिण्डिकेटविरुद्ध संघको खबरदारी बिहीबार, जेठ १, २०८२
दक्षिण कोरियामा रोजगारी वृद्धि
दक्षिण कोरियामा रोजगारी वृद्धि बुधबार, वैशाख ३१, २०८२
साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग
साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग बुधबार, वैशाख ३१, २०८२
दक्षिण कोरियाका लागि ‘एनओसी’ स्थगित
दक्षिण कोरियाका लागि ‘एनओसी’ स्थगित बुधबार, वैशाख ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP