Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रम स्वीकृति नवीकरणमा अनलाइन सेवा,स्वदेश आउनुपर्ने बाध्यता हट्यो
श्रम स्वीकृति नवीकरणमा अनलाइन सेवा,स्वदेश आउनुपर्ने बाध्यता हट्यो
बुधबार, मंसिर २१, २०७९
ministry of labour employment
Hardik health
काठमाडौं– वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरुले श्रम स्वीकृति नवीकरणका लागि स्वदेशमै फर्किनुपर्ने बाध्यता हटेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता मुलुकबाटै श्रम स्वीकृति नवीकरण गर्न सक्ने गरी अनलाइन प्रणाली सुरु गरेसँगै उनीहरुलाई स्वदेश फर्किनुपर्ने बाध्यता हटेको हो । मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका कामदारले विश्वका जुनसुकै देशमा भए पनि श्रम स्वीकृति नवीकरण अनलाइनबाटै गर्न सकिने जनाएको छ । वैदेशिक रोजगार ऐन, २०६४ अन्तर्गत एक पटक श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका कामदारले श्रम स्वीकृतिको अवधि सकिएपछि पुनः श्रम स्वीकृतिका लागि नेपाल आउनुपर्ने बाध्यताको अन्त्य भएको मन्त्रालयका उपसचिव एवं सहायक प्रवक्ता डा. थानेश्वर भुसालले बताए । मन्त्रालयले गत कत्तिक महिनाको अन्तिम साता एक विज्ञप्ति जारी गर्दै श्रम स्वीकृतिको अवधि सकिएपछि कामदारले रोजगारदाता मुलुकबाटै आफ्नो श्रम स्वीकृति नवीकरण गर्न सकिने जानकारी दिएको थियो । पुनः श्रम स्वीकृतिका लागि कामदारले वैदेशिक रोजगार विभागको वेबसाइट एफइआइएमएस डटओआरजी डटएनपीमा लगइन गरी आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । अनलाइन प्रणालीको विकासले भौतिकरुपमा उपस्थित भएर श्रम स्वीकृति नवीकरण गर्नुपर्ने बाध्यता हटेको भुसालले बताए । अब आफ्नो अनुकुलतामा श्रम स्वीकृति लिन सकिने भुसालको भनाइ छ । उनले नेपालबाटै पुनः श्रम स्वीकृति लिनुपर्ने व्यवस्थाका कारण नेपाल आउन नसकेका र यसअघिसम्म श्रम स्वीकृति नवीकरण नगरी नेपाली कामदारले अनेक समस्या झेल्नुपरेको बताए । ‘श्रम स्वीकृति नवीकरण हुन नसकी कामदारको रोजगारदाता मुलुकमै मृत्यु भएमा, अंगभंग वा गम्भीर बिरामी हुँदा उपचारलगायत सामाजिक सुरक्षा सेवाबाट वञ्चित हुँदै आएका थिए,’ डा. भुसालले भने, ‘अब रोजगारदाता देशबाटै पुनः श्रम स्वीकृति लिन पाएपछि त्यो समस्या समाधान हुन्छ ।’ विभिन्न मुलुकमा रोजगारी गरिरहेका कामदारहरुले श्रम स्वीकृतिको अवधि समाप्त हुनुअघि नै अनलाइनमार्फत नवीकरण गर्न सकिने मन्त्रालयले जनाएको छ । यसका लागि मन्त्रालयले रोजगारदाता मुलुक हेर्ने सबै नेपाली दूतावास तथा कूटनीतिक नियोगलाईसमेत पत्राचार गरिसकेको छ । श्रम स्वीकृति वा पुनः श्रम स्वीकृति प्राप्त गरेका कामदारहरुको मृत्यु भएमा, अंगभंग, गम्भीर बिरामी वा अन्य कारणले अलपत्र परेमा सरकारले कल्याणकारी कोषबाट राहत तथा सुविधा दिँदै आएको छ । यसर्थ कामदारको कल्याणकारी अधिकारलाई सुनिश्चित गर्न श्रम गन्तव्य मुलुकबाटै श्रम स्वीकृति नवीकरण गर्न थालिएको मन्त्रालयले उल्लेख गरेको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा रहेका एक हजार ४७९ नेपालीको मृत्यु भएको जनाएको छ । बोर्ड सचिवालयले तयार गरेको वार्षिक प्रतिवेदनमा उक्त संख्यामा मृत्यु भएको जनाउँदै २४५ जना कामदार अंगभंग तथा गम्भीर बिरामी परेको उल्लेख गरेको छ । सरकारले श्रम स्वीकृतिको अवधि कायम रहेकै अवस्थामा मृत्यु भएका कामदारका परिवारलाई जनही सात लाख रुपैयाँ आर्थिक सहयोग गर्ने कानुनी व्यवस्था रहेको छ । कानुनतः श्रम स्वीकृतिको म्याद समाप्त भएको एक वर्षभित्र कल्याणकारी कोषबाट आर्थिक सहायता पाउने व्यवस्था रहेको छ । त्यस्तै मुलुकअनुसार म्यादी बिमाबापत करिब ११ लाख रुपैयाँसम्म मृतकका परिवारले क्षतिपूर्ति पाउने व्यवस्था रहेको बोर्डले जनाएको छ । सरकारले अनलाइनमार्फत रोजगारदाता मुलुकबाटै श्रम स्वीकृति नवीकरण गर्ने व्यवस्था लागू गरेपछि वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली कामदार लाभान्वित हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मलेसिया, खाडी मुलुक, युरोप र अफ्रिकालगायतका मुलुकमा श्रम स्वीकृति नवीकरण नभएका १० लाखभन्दा बढी नेपालीहरु काम गरिरहेका छन् । हाल मलेसिया, युएई, कतार र साउदी अरेबियामा मात्रै पाँच लाखभन्दा बढी नेपाली श्रम स्वीकृतिको अवधि समाप्त भइसकेर पनि काम गरिरहेको विभिन्न अध्ययनले देखाएको छ । अब सम्बन्धित मुलुकबाटै अनलाइनबाट पुनः श्रम स्वीकृति गर्न थालेपछि अवैधरुपमा रहेका कामदारको समस्या समाधान हुने मन्त्रालयले विश्वास लिएको छ ।  
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १२:३८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP