Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मलेसियाको नयाँ सरकारलाई आप्रवासी कामदार व्यवस्थापनमा चुनौती
मलेसियाको नयाँ सरकारलाई आप्रवासी कामदार व्यवस्थापनमा चुनौती
आइतबार, मंसिर १८, २०७९
Hardik health
काठमाडौं– मलेसियामा हालै सम्पन्न आमनिर्वाचनपछि बनेको नयाँ सरकारलाई आप्रवासी कामदार व्यवस्थापनमा चुनौती देखिएको छ । १०औं प्रधानमन्त्रीको रूपमा मलेसियामा अनवर इब्राहिमको नेतृत्वमा बनेको सरकारले श्रमबजारमा भएको आप्रवासी कामदारको अभाव व्यवस्थापन गर्नुपर्ने चुनौती देखिएको हो । मलेसियाले सन् २०२४ सम्म १० लाख विदेशी कामदार भित्र्याउने नीति लिएको छ । तर, यही वर्ष अर्थात् २०२२ मा तीन लाख कामदार आपूर्ति गर्ने लक्ष्य लिए पनि मुस्किलले एक लाख ५० हजार व्यवस्थापन गर्न सकेको समाचारहरु प्रकाशित भएका छन् । यतिखेर मलेसियामा आप्रवासी कामदारको चर्को अभाव भइरहेको कारण इब्राहिम नेतृत्वको सरकारले कसरी व्यवस्थापन गर्ला भन्ने सर्वत्र चासोको विषय बनेको छ । मलेसियाको सामाजिक, रोजगारी, कृषि र उत्पादन वृद्धिका लागि जोड दिँदै आएका उनले प्रधानमन्त्री बनेपछि अन्तर्राष्ट्रिय रोजगारी र विदेशी श्रमिक भित्र्याउने नीतिमासमेत परिर्वतन ल्याउनसक्ने अनुमान गरिएको छ । नयाँ बन्ने सरकारले आप्रवासी श्रमिकको २४ घण्टे बिमा नीति तथा सामाजिक सुरक्षा संस्थामा दर्ता गराउनुपर्ने प्रावधान (सोस्कोे)को कडाइका साथ लागू हुने चुनावी एजेण्डा बनाएका इब्रहिमले उदार नीति लिनसक्ने देखिएको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसियसनका अध्यक्ष कुमुद खनाल बताउँछन् । साथै, मलेसियामा श्रमिकको अभाव भएका कारण नीतिगत समस्या सुधार गर्दै अवैधरुपमा रहेका विदेशी कामदारलाई व्यवस्थापन गर्नुपर्ने चुनौती रहेको उनले बताए । मलेसियाले अर्थतन्त्रसँग जोडेर कृषि तथा औद्योगिक उत्पादन र बजार विस्तारमा जोड दिइरहेका कारण आप्रवासी कामदारमाथि भर पर्नुपर्ने अवस्था आएको खनालको भनाइ छ । यतिखेर मलेसियामा करिब १५÷१६ लाख आप्रवासी कामदार अवैधरुपमा काम गरिरहेको अनुमान गरिएको छ । जसमा झण्डै चार लाख नेपाली रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । यसअघिको सरकारले यही जनवरीदेखि अवैधरुपमा रहेका विदेशी कामदारलाई मलेसिया आगमनमा आजीवन प्रतिबन्ध लगाउँदै स्वदेश फर्काउने ल्याए पनि लागू गर्न सकेको छैन । अब इब्राहिम सरकारले अवैधरुपमा बसेका विदेशी कामदारप्रति कस्तो कदम चाल्ने हो प्रतीक्षाको विषय बनेको छ । कोरोना महामारीपछि ठूलो संख्यामा आप्रवासी कामदारको माग धान्न मलेसियाले नेपालसहित विभिन्न सातवटा मुलुकबाट कामदार आपूर्ति गरिरहेको छ । चालु आर्थिक वर्ष सुरु भएयता नेपालबाट करिब ८० हजारभन्दा बढी नेपाली रोजगारीका लागि मलेसिया गएको वैदेशिक रोजगार विभागले जनाएको छ । त्यहाँको सरकारले कामदारको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट पु¥याउने घोषणा गरेपछि खाडी मुलुकभन्दा मलेसिया जाने नेपालीको संख्या ह्वात्तै बढेको छ । वर्तमान सरकारलाई कामदारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने जिम्मेवारीसमेत थपिएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १२:३८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP