Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #कुलिङ_पिरियड
  • #नेप्से परिसूचक
  • #‘नीलो आकाशैमा बादलु’
  • #रकम ठगी
  • #लोतीखोला_बेलीब्रिज
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #गाथामग_चह्रे
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ताकाताकमा प्रधानमन्त्री
ताकाताकमा प्रधानमन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर १३, २०७९
काठमाडौं– बहुमत प्राप्त हुने निश्चित देखिएपछि सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेताहरू प्रधानमन्त्रीको ताकाताकमा छन् । युवादेखि वृद्धसम्मका नेताहरू प्रधानमन्त्री हुन आफ्नो पक्षमा माहोल बनाइरहेका छन् । त्यसका लागि एकअर्काबीचको भेटवार्तालाई नेताहरूले तीव्रता दिन थालेका छन् ।

कांग्रेसमा संस्थापन पक्ष र इतर पक्षबीच संसदीय दलको नेता

– प्रधानमन्त्री हुने लाइनमा कांग्रेसमा ६ जना – प्रधानमन्त्रीको उम्मेदवार बन्न संसदीय दलको नेता अनिवार्य – संसदीय दलमा संस्थापन पक्षको बहुमत पुग्ने – आकांक्षीहरूको भेटवार्ता तीव्र बन्दै
संसद्मा ठूलो दल हुने क्रममा रहेको नेपाली कांग्रेसमा सबैभन्दा धेरै प्रधानमन्त्रीका आकांक्षी छन् । युवा नेता गगनकुमार थापा प्रधानमन्त्री बन्ने घोषणा गरेरै चुनावमा गएका थिए । त्यही एजेण्डालार्ई पत्याएर यसपटक जनताले उनलाई मत दिएको टिप्पणी हुँदै आएको छ । निर्वाचित भएपछि उनले संसदीय दलको नेता चुनिन तयारी थालेको बताउँदै आएका छन् । कांग्रेसको विधानअनुसार संसदीय दलको नेतामात्रै पार्टीको तर्फबाट प्रधानमन्त्री हुन्छन् । सोही कारण संसदीय दलको नेता चुनिनु विधानतः अनिवार्य हुन्छ । उनी पार्टीमा संस्थापनइतर अर्थात् डा. शेखर कोइरालापक्षीय नेता हुन् । उनीसँगै प्रधानमन्त्रीको दौडमा वरिष्ठ नेता रामचन्द्र पौडेल पनि छन् । १० वर्षअघि उनी प्रधानमन्त्रीको दौडमा १७औं पटकसम्म सहभागी भए तर प्रधानमन्त्री हुन सकेनन् । त्यसबेला तत्कालीन एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री भए । यसपटक भने राजनीतिक योगदानका आधारमा प्रधानमन्त्री हुने पालो आएको भन्दै पौडेलले पार्टी सपभाति शेरबहादुर देउवादेखि गठबन्धन दलका अन्य नेताहरूसँग भेटवार्ता गरेर प्रधानमन्त्री बन्न माहोल बनाइरहेका हुन् । उसो त चुनावअघि तनहुँ पुगेर सत्ता गठबन्धनको एउटा घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि पौडेललाई निर्वाचित गरेर संसद् पठाए प्रधानमन्त्री बनाउने बताएका थिए । नभन्दै पौडेल निर्वाचित भए । उनी पार्टीमा संस्थापन (देउवा) पक्षीय नेता हुन् । उनले प्रधानमन्त्री भएर मुलुकलाई विकसित र समृद्ध बनाउन चाहेको बताउँदै आएका छन् ।यी दुई नेताबाहेक डा. शशांक कोइराला पनि प्रधानमन्त्रीका दाबेदार देखिएका छन् । पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला पुत्र उनले प्रधानमन्त्री हुन सक्षम रहेको बताउँदै आएका छन् । उनी पनि संस्थापनपक्षकै नेता हुन् । नातामा दाजु कोइराला परिवारका अर्का सदस्य डा. शेखर कोइराला पनि प्रधानमन्त्रीको आकांक्षी हुन् । उनले मुुलुकको राजनीतिलाई ठीक ठाउँमा ल्याउन र जनताको विकास, सुशासन र समृद्धिको चाहनालाई सम्बोधन गर्न सरकारको नेतृत्वमा दाबी रहने निकट नेताहरूसँग बताएका थिए । तर, प्रधानमन्त्री हुने भनेर उनले सार्वजनिकरुपमा बोलेका छैनन् । हुन त प्रधानमन्त्रीमा फेरि दोहोरिन सभापति शेरबहादुर देउवाले पनि चाहेका छन् । उनलाई आफ्नो ज्योतिषले सात पटकसम्म प्रधानमन्त्री बन्ने योग रहेको विवरण यसअघि नै सार्वजनिक भएको थियो । फेरि, देउवा ज्योतिषको भविष्यवाणीप्रति पूरै विश्वास गर्ने प्रधानमन्त्री हुन् । यस आधारमा प्रधानमन्त्री बन्न अरु नेताहरूलाई सहजै अवसर दिन्छन् भन्ने छैन । देउवापक्षकै अर्का नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीका लागि योग्य नेता भन्दै आएका छन् । चुनाव जितेलगत्तै उनले प्रधानमन्त्रीका लागि आवश्यक चाल्ने पत्रकारहरूसँग प्रतिक्रिया दिएका थिए । यसपटक चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता रवीन्द्र मिश्रसँग झिनो मतको जित निकालेर जित्नुमा प्रधानमन्त्री बन्ने भन्ने एजेण्डा कारक रहेको विश्लेषण हुँदै आएको छ । यसअघि उनले २१ फागुन २०७४ मा पनि कांग्रेस संसदीय दलको नेता हुने देउवासँग प्रतिस्पर्धा गरेका थिए । त्यसबेला सिंहले १९ मत पाउँदा देउवाले ४४ मत पाएर निर्वाचित भएका थिए । परिणामतः अहिले पनि देउवा प्रधानमन्त्री छन् । यसपटक दाबेदारमध्ये कति जनाले संसदीय दलको नेता दाबी गर्लान् ? निश्चित छैन । तर, पनि संस्थापन पक्ष र इतर पक्षका नेताहरू प्रतिस्पर्धा हुने निश्चित छ । हालसम्म कांग्रेसका ५३ जना उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचितमध्ये संस्थापन पक्षको स्पष्ट बहुमत पुग्ने देखिएको छ । देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, शशांक कोइराला, प्रकाशमान सिंह, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, एनपी साउद, रमेश लेखक, रामहरि खतिवडा, प्रदीप पौडेल, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर, रमेश रिजाल, दुर्लभ थापा, उदयशमशेर राणा, किशोरसिंह राठोैर, पूर्णबहादुर तामाङ र विनोदकुमार चौधरी संस्थापन पक्षका सांसद हुन् । खमबहादुर गर्बुजा, डिल्लीराज पन्त, दीपक खड्का, शंकर भण्डारी, श्यामकुमार घिमिरे, मोहन आचार्य, सीता गुरुङ, ऐनबहादुर शाही ठकुरी, पुष्पबहादुर शाह, अजयकुमार चौरसिया, दिनेशकुमार यादव, महेन्द्रकुमार राय, टेकबहादुर गुरुङ र विष्णुकुमार कार्की पनि संस्थापन पक्षीय नै हुन् । मतगणनामा अग्रता लिँदै आएका नेताहरू महेन्द्र यादव र डा. नारायण खड्का पनि संस्थापन पक्षकै हुन् । समानुपातिकबाट सांसद हुने निश्चित भएका गोपालमान श्रेष्ठ, शान्ति विक, सरस्वती बजिमय, रूपा विक, सीताकुमारी राना, आशा विक, सुशीला थिङ, मनोरमा शेरचन, माया राई, अम्बिका बस्नेत, आरजु राणा देउवा, मञ्जु खाण, ईश्वरी न्यौपाने, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, जावेदा खातुन जागा, डा. प्रकाशशरण महत, कल्पना चौधरी, नगिना यादव, चन्दा चौधरी, संगीता मण्डल र विमलेन्द्र निधि पनि संस्थापन पक्षकै हुन् । यस आधारमा संस्थापन पक्षको ५७ जना सांसद हुने देखिन्छ । संस्थापनइतर पक्षका भने डा. शेखर कोइराला, गगन थापा, हृदयराम थानी, योगेश गौचन थकाली, अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसाद बडू, रामनाथ अधिकारी, सञ्जयकुमार गौतम, रामकृष्ण यादव, दीपक गिरी, चन्द्र भण्डारी, देवप्रसाद तिमल्सेना, राजेन्द्र बजगाईं, दिक्पालकुमार शाही, राजेन्द्र केसी, डिगबहादुर लिम्बू, सुनीलकुमार शर्मा, तेजुलाल चौधरी, राजु थापा, सुरेन्द्रराज आचार्य र सन्तोष चालिसे निर्वाचित भएका छन् । समानुपातिकबाट सरिता प्रसाईं, लीलादेवी बोखिम, वसन्त भट्टराई, प्रतिमा गौतम, जीवन परियार, मुक्ताकुमारी यादव, सीता मिजार, सपना राजभण्डारी, विनाकुमारी थनेत, कुसुम थापा र मैना रावल सांसद हुने पक्काजस्तै भएको छ । मतगणना बाँकी रहेको बाजुरामा संस्थापनइतर पक्षकै नेता बद्री पाण्डे र स्याङ्जा–२ मा नेता धनराज गुरुङ उम्ेमदवार छन् । उनीहरूले चुनाव जितेको अवस्थामा संस्थापनइतर पक्षका सांसद थपिने छन् । तर, प्रत्यक्षबाट निर्वाचित र समानुपातिकबाट निर्वाचित हुने क्रममा रहेका गर्दा संस्थापनइतर पक्षको ३२ जना हुने देखिन्छ । यस्तो अवस्थामा संसदीय दलको नेताका लागि चुनाव हुँदा देउवा वा उनी पक्षका नेताले जित्ने अनुमान गर्न थालिएको छ ।  
प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  ०८:५४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रञ्जिताको घुस प्रकरणले विवादमा नागरिक उन्मुक्ति
रञ्जिताको घुस प्रकरणले विवादमा नागरिक उन्मुक्ति मंगलबार, साउन १३, २०८२
दाहालले उठाए प्रधानमन्त्री ओलीको नियतमा प्रश्न
दाहालले उठाए प्रधानमन्त्री ओलीको नियतमा प्रश्न आइतबार, साउन ११, २०८२
बागमती प्रदेशका ४ मन्त्रीले दिए पदबाट राजीनामा 
बागमती प्रदेशका ४ मन्त्रीले दिए पदबाट राजीनामा  शुक्रबार, साउन ९, २०८२
रुपन्देहीकाे  उपनिर्वाचनबारे कांग्रेसले थाल्यो छलफल
रुपन्देहीकाे  उपनिर्वाचनबारे कांग्रेसले थाल्यो छलफल शुक्रबार, साउन ९, २०८२
सरकारको स्वार्थप्रेरित संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपतिले रोके
सरकारको स्वार्थप्रेरित संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपतिले रोके शुक्रबार, साउन ९, २०८२
संवैधानिक उल्लंघनको दुर्गन्धित सरकार : सांसद घर्तिमगर
संवैधानिक उल्लंघनको दुर्गन्धित सरकार : सांसद घर्तिमगर बिहीबार, साउन ८, २०८२
सेवासुविधा त्यागेपछि विद्या भण्डारीलाई दलमै रोक
सेवासुविधा त्यागेपछि विद्या भण्डारीलाई दलमै रोक बिहीबार, साउन ८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
सुनको मूल्य अठार सयले बढ्याे
सुनको मूल्य अठार सयले बढ्याे
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP