Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • दाहालले उठाए प्रधानमन्त्री ओलीको नियतमा प्रश्न
‘कुलिङ पिरियड’मा गडबडी प्रकरण दाहालले उठाए प्रधानमन्त्री ओलीको नियतमा प्रश्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन ११, २०८२

मैले संसदीय छानबिन समितिलाई भनेको छु, शंकाको सुई त पहिला पनि प्रधानमन्त्रीतिर सोझिएकै थियो तर ठोस रुपमा भन्ने आधार थिएन । अहिले एमालेका सांसदहरूले गरेको गतिविधिबाट र संशोधनबाट यो एमाले पार्टी र त्यसको नेतृत्वको नियतकै कारणले भएको प्रस्ट भयो ।
पुष्पकमल दाहाल
अध्यक्ष, माओवादी केन्द्र
 

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ अनधिकृत हेरफेर गरिएको प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि छानबिन आवश्यक रहेको बताएका छन् । उक्त प्रकरणबारे छानबिन चलिरहेकै बेला अध्यक्ष दाहालले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीमाथि छानबिन हुनुपर्ने विषय उठाएका हुन् । 

छानबिन चलिरहँदा सत्ता नेतृत्व दल नेकपा एमाले आफैंले आफ्नो संलग्नता देखाएकोले उक्त दलका अध्यक्षमाथि छानबिन आवश्यक भएको उनको जिकिर छ । ‘कुलिङ अफ पिरियड दुई वर्ष प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएको हो, तर अहिले सरकारको नेतृत्व गर्ने पार्टीले राष्ट्रिय सभामा संशोधन दर्ता गरेर दोहोरो चरित्र देखायो,’ शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले भने, ‘अहिले त्यो राख्न हुन्न भनेर बिरालोले अन्तिममा म्याउँ गरिछाड्यो भनेजस्तै एमालेले म्याउँ गरी नै हाल्यो ।’

Hardik health

प्रधानमन्त्री ओली कुलिङ पिरियडको विरोधी देखिन्छन् । त्यसैले उनको दल एमालेका सांसदहरुले राष्ट्रिय सभामा संशोधन प्रस्ताव दर्ता गरेका हुन् । त्यसप्रति दाहाल आक्रोशित देखिएका छन् । ‘मैले संसदीय छानबिन समितिलाई भनेको छु, शंकाको सुई त पहिला पनि प्रधानमन्त्रीतिर सोझिएकै थियो तर ठोस रुपमा भन्ने आधार थिएन । अहिले एमालेका सांसदहरूले गरेको गतिविधिबाट र संशोधनबाट यो एमाले पार्टी र त्यसको नेतृत्वको नियतकै कारणले भएको प्रस्ट भयो,’ उनले भने ।

उसो त यसअघि अनधिकृत हेरफेरले ‘कुलिङ पिरियड’को प्रावधान कमजोर बनाएपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले निजामती सेवा विधेयक गत १८ असारमा राष्ट्रिय सभामा पेस गर्दै भनेका थिए, ‘राष्ट्रिय सभालाई प्रतिनिधिसभाको गल्ती सच्याउने आँट र हिम्मत मिलोस् ।’मन्त्री गुरुङले निजामती सेवामा सुधारका निम्ति कुलिङ पिरियडको व्यवस्था ल्याइएको तर दुर्घटना भएको बताएका थिए । तर, उनको दल एमालेका राष्ट्रिय सभा सदस्यहरू कुलिङ पिरियडमा भएको अनधिकृत हेरफेरलाई सच्याउने पक्षमा देखिएका छैनन् । 

प्रतिनिधिसभामा भने कतिपय एमाले सांसदले कुलिङ पिरियडमा षडयन्त्र भएको भन्दै छानबिन गर्न माग गरेका थिए । एमाले उपमहासचिवसमेत रहेका सञ्चारमन्त्री गुरुङ नै कुलिङ पिरियडबारेको प्रावधानमा भएको हेरफेर सच्याउनुपर्ने बताउँथे । यद्यपि, राष्ट्रिय सभामा भने एमालेको बोली फेरियो । कुलिङ पिरियड सरकारी कर्मचारीले अवकाशपछि कति समयसम्म अर्को नियुक्ति नलिने भन्ने व्यवस्था हो ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित विधेयकमा नेपाल सरकारको सचिव र सहसचिवबाट अवकाश लिएको मितिले दुई वर्षसम्म सरकारकै पूर्वस्वीकृति नलिई संवैधानिक, कूटनीतिक वा अन्य नियुक्ति लिन नपाउने प्रावधान छ । तर, प्रतिनिधिसभाबाट पारित गरिँदा यही प्रावधानलाई खण्डित गर्ने शब्द विधेयकमा घुसाइएको पाइएपछि त्यसको छानबिन गर्न संसदीय विशेष छानबिन समिति बनेको छ । नेपाली कांग्रेसका सांसद जीवन परियारको सभापतित्वमा गठित छानबिन समितिले अध्ययन गरिरहेको छ । समितिले छानबिन गरिरहेकै बेला प्रधानमन्त्री ओलीमाथि दाहालले कुलिङ पिरियड प्रकरणमा छानबिनको माग गरेका हुन् ।

छानबिन समितिमा कांग्रेस सचेतक रहेकी सांसद सुशीला थिङ, एमाले सांसदहरू ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादीबाट माधवप्रसाद सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट रोशन कार्की सदस्य छन् । समितिलाई छानबिन गरी प्रतिवेदन बुझाउने समयसीमा २१ दिनको दिएकोमा हालै थपिएको छ ।समितिको पहिलो कार्यादेशमा छ, ‘संघीय निजामती सेवा विधेयक, २०८० को सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिबाट सभामा पेस भएको प्रतिवेदनमा मूल विधेयकको दफा ८२ मा उपदफा (४) थपिएकोमा उपदफा (५) मा रहेको व्यवस्थाले गर्दा कानुनी तादम्य नदेखिएको हुँदा के कति कारणले यस्तो हुन गएको हो सो सम्बन्धमा छानबिन गर्ने ।’
 


प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  ०९:४०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP