Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • राष्ट्रपति पौडेलको खोजी
राष्ट्रपति पौडेलको खोजी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ २७, २०८२

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्लो परिस्थितिलाई कसरी निकास दिन सकिन्छ भन्ने विषयमा आफू हर प्रयासमा लागेको बताएका छन् । राष्ट्रको अभिभावकको रुपमा रहेको राष्ट्रपति पौडेलको कुनै सन्देश नआएको भन्दै नागरिक समाजले उनको खोजी गरेपछि आफू निकासको प्रयासमा लागेको बताएका हुन् ।

बिहीबार एक वक्तव्य जारी गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्रको संरक्षणका लागि आफू विचार विमर्शमा रहेको बताएका छन् । ‘देशको अहिलेको बिषम परिस्तिथिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दै छु,’ राष्ट्रपति पौडेलले भनेका छन् ।  भदौ २२ गते जेन-जीको प्रदर्शन हिसात्मक बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । यो सँगै जेन–जी समूह र नागरिकले नयाँ सरकार गठनको प्रक्रिया चाँडो थाल्न दबाब दिन थालेका छन् । यो बीचमा राष्ट्रपति पौडेलले भदौ २४ गते एक वक्तव्य जारी गर्दै जेन–जी समूहलाई वार्तामा आउन अपिल गरेका थिए । सोही दिन साँझ प्रधानसेनापति अशोकराज सिग्देलले पनि जेन–जी समूहलाई वार्तामा बोलाएका थिए । 

तर जेन–जी समूह अझै पनि वार्तामा बस्नका लागि नेतृत्व चयन प्रक्रियामै देखिन्छ । यस्तो स्थितिमा नागरिकले राष्ट्रपति पौडेलको खोजी गरेका हुन् । राष्ट्रपति पौडेलले आन्दोलनकारी समूहको माग सम्बोधन गर्न आफूले प्रयास जारी गरिरहेकोसमेत बताएका छन् । ‘आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु,’ विज्ञप्तिमार्फत पौडेलले भनेका छन् । कतिपयले भने राष्ट्रपति पौडेल देखिनेगरी भिडियो सन्देशमार्फत आउनुपर्ने माग गरिरहेका छन् । मंगलबार राष्ट्रपतिको सरकारी कार्यालय शीतल निवास प्रदर्शनकारीले जलाएयता पौडेल भौतिक रुपमा देखिएका छैनन् । पौडेलको बोहोराटारस्थित निजी निवासमा पनि प्रदर्शनकारीले आगो लगाइदिएका छन् । यस्तो अवस्थामा कतै उनलाई सेनाले बन्धक त बनाएका छैनन् भनी प्रश्न गर्न थालेका छन् । राष्ट्रपति पौडेलमार्फत नयाँ सरकारको गठन प्रक्रिया हुनुपर्नेमा सेनाले सहजीकरण जारी राखेपछि नागरिक थप सशंकित बन्न थालेका हुन् ।

Hardik health

जेन-जीसँगको वार्ता स्थगित
जेन-जी समूहसँग बिहीबार बिहान नेपाली सेनाले वार्ताको प्रयास गरेको थियो । जेन-जी समूहले राष्ट्रपतिसहितको वार्ता चाहेपछि उक्त वार्ता स्थगित भएको छ । जेन–जी समूहले बुधबार आफ्नो तर्फबाट पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्वको रुपमा अघि सारेको थियो । तर, बिहीबार फेरि कूलमान घिसिङको नाम अघि सारिएको छ ।
बिहीबार कार्कीसँगै राष्ट्रपति पौडेल र प्रधानसेनापति सिग्देलबीचको त्रिपक्षीय वार्ताबाट निर्णायक निकास निकाल्ने अपेक्षा गरे पनि वार्ता हुन सकेन । वार्तास्थलमा दुर्गा प्रसाईंको प्रवेशपछि जेन-जी समूहले वार्तास्थल छाडेर रिपोर्टर्स् क्लब पुगेका थिए ।  असन्तुष्ट देखिएका जेन-जी समूहका सुदन गुरुङले आफूहरु यही संविधानअनुसार नै अगाडि बढ्ने बताएका छन् । ‘संविधान चाहिन्छ, खारेज नगर्ने । अरुले हस्तक्षेप हुन्छ । तर संविधान संशोधन हुनुपर्छ,’ गुरुङले पत्रकार सम्मेलनमा भने ।

यता प्रधानसेनापति सिग्देलले भने साँझ राष्ट्रपति पौडेलसँग भेट गरेको स्रोतले बताएको छ । भेटमा प्रधानसेनापति सिग्देलले जेन-जीसँग भएको वार्ताको प्रगतिबारे राष्ट्रपतिसँग ब्रिफिङ गराएको बताइएको छ ।

सेनाको सहजीकरणमाथि प्रश्‍न
नयाँ सरकार गठनका लागि सेनाले गरिरहेको सहजीकरणमाथि चौतर्फी प्रश्न उठ्न थालेको छ । विद्यामान संविधानअनुसार गएमा राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्छ । संविधानको धारा ७६ अनुसार नयाँ मन्त्रिपरिषद्को गठनका लागि राष्ट्रपतिले आह्वान गर्नुपर्ने हुन्छ ।

जेन–जीलेसमेत सेना प्रमुखसँग वार्ता गर्न सहज मानिरहेको देखिन्न । यस्तो अवस्थामा राष्ट्रपतिकै अगुवाइमा वार्ता हुनुपर्ने नागरिक समाजका अगुवाहरु बताउँछन् । ‘राष्ट्रको अभिभावक राष्ट्रपति हुनुहुन्छ । उहाँले अभिभावकको भूमिका निभाउनुपर्छ । जेन-जीसँग राष्ट्रको अभिभावकले छलफल गरेर निकास निकाल्नुपर्छ,’ पूर्वउपकुलपति केदारभक्त माथेमाले भने । नेपाल बार एसोसिएसनले अहिलेकै संविधानमा टेकेर राष्ट्रपतिबाटमात्र नयाँ सरकार गठनको प्रक्रिया थाल्नुपर्ने जनाएको छ । बिहीबार बारका अध्यक्ष प्रा.डा. विजय मिश्र र महासचिव केदार कोइरालाले संयुक्त राष्ट्रपतिलाई राष्ट्रिय सरकार गठनबारे अपिलपत्र लेख्दै भनेका छन्, ‘कुनै पनि बहानामा लोकतन्त्र, गणतन्त्र, संघीयता, समानुपातिक समावेशीजस्ता लामो संघर्षबाट नेपाली जनताले प्राप्त गरेका र संविधानमा लिपिबद्ध भएका मुलभूत उपलब्धिहरुमाथि कुनै पनि किसिमको सम्झौता गरिनुहुँदैन । यी राष्ट्रिय पहिचानका आधारस्तम्भको रक्षा राष्ट्र प्रमुखको रुपमा सम्माननीय राष्ट्रपतिज्यूबाट गरिराख्न हार्दिक अनुरोध गर्न चाहन्छौं ।’

अहिले सरकार परिवर्तनको प्रक्रिया प्रारम्भ भइसकेको अवस्थामा संविधानको धारा ७६, ७७ र ७८ र धारा ६१ को मर्म र भावनाभित्र रहेर राष्ट्रिय सरकार गठनको प्रक्रिया थाल्न बारले सुझाएको छ ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि संविधानभित्रै रहेर अहिलेको समस्याको समाधान खोजिनुपर्ने बताएकी छन् । ‘संविधानभित्रबाट नै वर्तमान राजनीतिक समस्याको समाधान निकाल्नुपर्दछ । यसो गरिरहँदा आन्दोलनकारी जेन-जी पुस्ताको माग र चाहनालाई अभिव्यक्त गर्ने कुरामा गम्भीरतापूर्वक ध्यान पुर्‍याउनुपर्छ,’ भण्डारीले भनेकी छन् ।
 


प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  ११:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन बुधबार, साउन २०, २०८३
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले बुधबार, साउन २०, २०८३
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड बुधबार, साउन २०, २०८३
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त बुधबार, साउन २०, २०८३
इन्टरनेट सेवा प्रदायकका बक्यौता विवाद टुङ्ग्याउने प्रयासमा सरकार
इन्टरनेट सेवा प्रदायकका बक्यौता विवाद टुङ्ग्याउने प्रयासमा सरकार बुधबार, साउन २०, २०८३
सुनसरी-सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने
सुनसरी-सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने बुधबार, साउन २०, २०८३
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह बुधबार, साउन २०, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP