Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #विश्व_सहरीकरण_दिवस
  • #जेनजी_आन्दोलन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
कुवेतमा घरेलु हिंसामा परेकी महिलाको उद्धार ‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
ममता थापा
ममता थापा शुक्रबार, साउन ९, २०८२

काठमाडौं– रोजगारीका लागि कुवेत गएकी २७ वर्षीया रिमा थापा (परिवर्तित नाम) घरेलु हिंसाको सिकार भएकी छन् । उनी घरेलु कामदारको रुपमा गत चैत २७ गते कुवेत गएकी थिइन् । सुर्खेतको लेकबैँसी नगरपालिकाकी ती महिला कुवेतको अल जाहरास्थित एक घरमा काम गरिरहेकी थिइन् ।

रिमा काम गर्ने घरकी साहुनीले काम लगाउने बहानामा यातना दिएको उनका नातेदार रमेश सुनुवार (परिवर्तित नाम)ले बताए । रत्नका अनुसार रिमाले त्यहाँ पुगेको एक महिनापछि नै हिंसामा परेको सुनाउन थालेकी थिइन् । ‘साहुनीले खाना नदिई भोकभोकै राख्ने, हातमा टोकिदिने, कुटपिट गर्ने गर्दो रहेछ । एक दिनमा तीनदेखि चार घण्टामात्र सुत्न दिने रहेछ,’ उनले भने, ‘हातमा टोकेर रगतै निकालिदिएको फोटो पठाएपछि हामीले नेपाल झिकाउने पहल थाल्यौं ।’

पीडितका परिवारले वडामार्फत दूतावासलाई पत्र लेख्नेदेखि राष्ट्रिय ट्रेड युनियन महासंघ नेपालमार्फत उद्धारका लागि पहल गरेको छ । त्यहाँ रहेको नेपाली दूतावासले आफूहरुले उद्धार गर्न नमिल्ने तर दूतावाससम्म आए नेपाल पठाउन सकिने बताएको थियो ।महासंघमार्फत कुवेतमा रहेका नेपालीहरुसँग चिनजान भएपछि रिमाको उद्धार गरिएको छ । दुईपटकको प्रयासमा रिमालाई उक्त घरबाट निकाल्न सफल भएको जनाइएको छ । उनलाई यही साउन ५ गते उद्धार गरी दूतावास पुर्याइएको छ । दूतावासले पुलिस रिपोर्ट, फिंगरिङ हेर्नेलगायतका प्रक्रिया पूरा गरेपछि नेपाल फर्काउने जानकारी दिएको छ ।

Hardik health

‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा फस्दा...
सरकारले वैदेशिक रोजगारीमा घरेलु कामदारका रुपमा जान प्रतिबन्ध लगाएको लामो समय भइसकेको छ । तर रिमालाई ‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा पारी कुवेत लगिएको पाइएको छ । पछिल्लो समय कुवेतमा महिला घरेलु कामदार गैरकानुनीरुपमा रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नै बताउने गरेका छन् । प्रतिबन्धित हुँदाहुँदै भिजिट भिसा, फ्रि भिसाजस्ता प्रलोभन देखाएर रिमाजस्ता हजारौं महिलालाई गैरकानुनीरुपमा कुवेत लगिइरहेको देखिन्छ । सुनुवारका अनुसार रिमाले कुवेतमै रहेकी आफ्नी साथीले ‘फ्रि भिसा, फ्रि भिसा’ टिकटमा त्यहाँ पुग्ने बन्दोबस्त मिलाएको बताएकी थिइन् । उनलाई त्यहाँ जान कुनै खर्च नलागेको परिवारको भनाइ छ । उनीसँगै अर्की एक जना महिला पनि गएको जनाइएको छ । 

ती साथी को हुन्, अन्य कतिजनालाई यस्तो प्रलोभनमा पारेर लगेका छन् यस विषयमा केही थाहा नभएको उनले बताए । रिमालाई त्यहाँ जाने प्रक्रियासमेत कसैलाई थाहा नदिई गर्न लगाइएको उनको भनाइ छ । ‘उनीहरु फ्रि भिसा, फ्रि–टिकटमा गएका हुन् । सबै कुरा फ्रि भनेपछि त्यसकै प्रलोभनमा परे,’ उनले भने, ‘त्यहाँ जाने भनेर हामीलाई केही भनेको थिएन । जानेबेलामा मात्र थाहा पाएको हो ।’ उनीहरुलाई महिनामा ४०–४५ हजार कमाइ हुन्छ भनेर लगिएको सुनुवारको भनाइ छ ।

उद्धारका नाममा पीडितबाटै पैसा असुली !
पीडित महिलाका परिवारले टिकटकमार्फत राष्ट्रिय ट्रेड युनियन महासंघ नेपालले विदेशमा अलपत्र परेकाहरुको उद्धार गर्ने थाहा पाएको बताएको छ । महासंघले श्रमसम्बन्धी अन्य कामहरु गर्दै आएको तर विगत केही महिनादेखि अलपत्र श्रमिकको उद्धारको काम गर्न थालेको महासंघका सचिव धनबहादुर राईले बताए । उद्धार गरेबापत कुनै किसिमको सेवा शुल्क अनिवार्य नगरिएको र पीडितले स्वइच्छाले दिए लिने गरेको उनको भनाइ छ ।

‘उद्धार गरेको शुल्क खासै लिइएको छैन । कोही दिनेले खुसीले दिए भने दिए, नत्र शुल्क लिने भन्ने छैन,’ राईले भने । उद्धारका दूतावासले गाडी नपठाउने हुँदा ट्याक्सी भाडाबापत १० हजार रुपैयाँ भने पीडितले नै तिर्नुपर्ने उनले बताएका छन् । तर पीडितका परिवारले भने सचिव राईले पटक–पटक पैसा मागेकाले रिमाका श्रीमान्ले १२ हजार रुपैयाँ, आमाले १५ हजार रुपैयाँ र दिदीले १० हजार रुपैयाँ पठाएको बताएका छन् । राईले कुवेतमा रहेका उद्धारकर्तालाई पीडितले दिएको ट्याक्सी भाडासमेत नपठाइदिएकाले कुवेतमा अर्को २० हजार रुपैयाँ पठाउनुपरेको उनीहरुले बताएका छन् ।

कुवेतको श्रमबजारमा घरेलु कामदारको हिस्सा ठूलो छ । त्यहाँको केन्द्रीय तथ्यांक प्रशासनका अनुसार हाल विभिन्न मुलुकका सात लाख ३६ हजार घरेलु श्रमिक कार्यरत छन् । जसमध्ये ६.८ प्रतिशत अर्थात् ५० हजारभन्दा बढी नेपाली रहेको पाइएको छ । पछिल्लो समय बेरोजगार महिलाहरुलाई अवैधानिक माध्यमबाट त्यहाँ लगिँदा उनीहरु हिंसाको सिकार भइरहेका छन् । नेपाल सरकारले त्यहाँ अवैधानिकरुपमा बसेकाहरुलाई पनि हेर्ने बताउँदै आएको छ । तर यी मुलुकहरुको कानुनी जटिलताका कारण यस्ता श्रमिकको उद्धार कठिन हुँदै आएको छ ।
 


प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  १०:४२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने बिहीबार, कात्तिक १३, २०८२
वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या
वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या बुधबार, कात्तिक १२, २०८२
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड  बुधबार, कात्तिक १२, २०८२
तीन महिनामा ३६६ परिवारले लिए आर्थिक सहायता
तीन महिनामा ३६६ परिवारले लिए आर्थिक सहायता मंगलबार, कात्तिक ११, २०८२
जापानमा विशिष्ट सीपयुक्त कामदार पठाउने मागपत्र प्रमाणीकरण सुरु
जापानमा विशिष्ट सीपयुक्त कामदार पठाउने मागपत्र प्रमाणीकरण सुरु मंगलबार, कात्तिक ११, २०८२
साउदी अरबकाे कफाला प्रणाली खुकुलो हुँदा नेपाली कामदारलाई फाइदा हुन सक्ने
साउदी अरबकाे कफाला प्रणाली खुकुलो हुँदा नेपाली कामदारलाई फाइदा हुन सक्ने सोमबार, कात्तिक १०, २०८२
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर सोमबार, कात्तिक १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP