Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
कुवेतमा घरेलु हिंसामा परेकी महिलाको उद्धार ‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
ममता थापा
ममता थापा शुक्रबार, साउन ९, २०८२

काठमाडौं– रोजगारीका लागि कुवेत गएकी २७ वर्षीया रिमा थापा (परिवर्तित नाम) घरेलु हिंसाको सिकार भएकी छन् । उनी घरेलु कामदारको रुपमा गत चैत २७ गते कुवेत गएकी थिइन् । सुर्खेतको लेकबैँसी नगरपालिकाकी ती महिला कुवेतको अल जाहरास्थित एक घरमा काम गरिरहेकी थिइन् ।

रिमा काम गर्ने घरकी साहुनीले काम लगाउने बहानामा यातना दिएको उनका नातेदार रमेश सुनुवार (परिवर्तित नाम)ले बताए । रत्नका अनुसार रिमाले त्यहाँ पुगेको एक महिनापछि नै हिंसामा परेको सुनाउन थालेकी थिइन् । ‘साहुनीले खाना नदिई भोकभोकै राख्ने, हातमा टोकिदिने, कुटपिट गर्ने गर्दो रहेछ । एक दिनमा तीनदेखि चार घण्टामात्र सुत्न दिने रहेछ,’ उनले भने, ‘हातमा टोकेर रगतै निकालिदिएको फोटो पठाएपछि हामीले नेपाल झिकाउने पहल थाल्यौं ।’

पीडितका परिवारले वडामार्फत दूतावासलाई पत्र लेख्नेदेखि राष्ट्रिय ट्रेड युनियन महासंघ नेपालमार्फत उद्धारका लागि पहल गरेको छ । त्यहाँ रहेको नेपाली दूतावासले आफूहरुले उद्धार गर्न नमिल्ने तर दूतावाससम्म आए नेपाल पठाउन सकिने बताएको थियो ।महासंघमार्फत कुवेतमा रहेका नेपालीहरुसँग चिनजान भएपछि रिमाको उद्धार गरिएको छ । दुईपटकको प्रयासमा रिमालाई उक्त घरबाट निकाल्न सफल भएको जनाइएको छ । उनलाई यही साउन ५ गते उद्धार गरी दूतावास पुर्याइएको छ । दूतावासले पुलिस रिपोर्ट, फिंगरिङ हेर्नेलगायतका प्रक्रिया पूरा गरेपछि नेपाल फर्काउने जानकारी दिएको छ ।

Hardik health

‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा फस्दा...
सरकारले वैदेशिक रोजगारीमा घरेलु कामदारका रुपमा जान प्रतिबन्ध लगाएको लामो समय भइसकेको छ । तर रिमालाई ‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा पारी कुवेत लगिएको पाइएको छ । पछिल्लो समय कुवेतमा महिला घरेलु कामदार गैरकानुनीरुपमा रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नै बताउने गरेका छन् । प्रतिबन्धित हुँदाहुँदै भिजिट भिसा, फ्रि भिसाजस्ता प्रलोभन देखाएर रिमाजस्ता हजारौं महिलालाई गैरकानुनीरुपमा कुवेत लगिइरहेको देखिन्छ । सुनुवारका अनुसार रिमाले कुवेतमै रहेकी आफ्नी साथीले ‘फ्रि भिसा, फ्रि भिसा’ टिकटमा त्यहाँ पुग्ने बन्दोबस्त मिलाएको बताएकी थिइन् । उनलाई त्यहाँ जान कुनै खर्च नलागेको परिवारको भनाइ छ । उनीसँगै अर्की एक जना महिला पनि गएको जनाइएको छ । 

ती साथी को हुन्, अन्य कतिजनालाई यस्तो प्रलोभनमा पारेर लगेका छन् यस विषयमा केही थाहा नभएको उनले बताए । रिमालाई त्यहाँ जाने प्रक्रियासमेत कसैलाई थाहा नदिई गर्न लगाइएको उनको भनाइ छ । ‘उनीहरु फ्रि भिसा, फ्रि–टिकटमा गएका हुन् । सबै कुरा फ्रि भनेपछि त्यसकै प्रलोभनमा परे,’ उनले भने, ‘त्यहाँ जाने भनेर हामीलाई केही भनेको थिएन । जानेबेलामा मात्र थाहा पाएको हो ।’ उनीहरुलाई महिनामा ४०–४५ हजार कमाइ हुन्छ भनेर लगिएको सुनुवारको भनाइ छ ।

उद्धारका नाममा पीडितबाटै पैसा असुली !
पीडित महिलाका परिवारले टिकटकमार्फत राष्ट्रिय ट्रेड युनियन महासंघ नेपालले विदेशमा अलपत्र परेकाहरुको उद्धार गर्ने थाहा पाएको बताएको छ । महासंघले श्रमसम्बन्धी अन्य कामहरु गर्दै आएको तर विगत केही महिनादेखि अलपत्र श्रमिकको उद्धारको काम गर्न थालेको महासंघका सचिव धनबहादुर राईले बताए । उद्धार गरेबापत कुनै किसिमको सेवा शुल्क अनिवार्य नगरिएको र पीडितले स्वइच्छाले दिए लिने गरेको उनको भनाइ छ ।

‘उद्धार गरेको शुल्क खासै लिइएको छैन । कोही दिनेले खुसीले दिए भने दिए, नत्र शुल्क लिने भन्ने छैन,’ राईले भने । उद्धारका दूतावासले गाडी नपठाउने हुँदा ट्याक्सी भाडाबापत १० हजार रुपैयाँ भने पीडितले नै तिर्नुपर्ने उनले बताएका छन् । तर पीडितका परिवारले भने सचिव राईले पटक–पटक पैसा मागेकाले रिमाका श्रीमान्ले १२ हजार रुपैयाँ, आमाले १५ हजार रुपैयाँ र दिदीले १० हजार रुपैयाँ पठाएको बताएका छन् । राईले कुवेतमा रहेका उद्धारकर्तालाई पीडितले दिएको ट्याक्सी भाडासमेत नपठाइदिएकाले कुवेतमा अर्को २० हजार रुपैयाँ पठाउनुपरेको उनीहरुले बताएका छन् ।

कुवेतको श्रमबजारमा घरेलु कामदारको हिस्सा ठूलो छ । त्यहाँको केन्द्रीय तथ्यांक प्रशासनका अनुसार हाल विभिन्न मुलुकका सात लाख ३६ हजार घरेलु श्रमिक कार्यरत छन् । जसमध्ये ६.८ प्रतिशत अर्थात् ५० हजारभन्दा बढी नेपाली रहेको पाइएको छ । पछिल्लो समय बेरोजगार महिलाहरुलाई अवैधानिक माध्यमबाट त्यहाँ लगिँदा उनीहरु हिंसाको सिकार भइरहेका छन् । नेपाल सरकारले त्यहाँ अवैधानिकरुपमा बसेकाहरुलाई पनि हेर्ने बताउँदै आएको छ । तर यी मुलुकहरुको कानुनी जटिलताका कारण यस्ता श्रमिकको उद्धार कठिन हुँदै आएको छ ।
 


प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  १०:४२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ बुधबार, पुस ३०, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो सोमबार, पुस २८, २०८२
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने आइतबार, पुस २७, २०८२
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला शुक्रबार, पुस २५, २०८२
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, पुस २५, २०८२
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन शुक्रबार, पुस २५, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP