Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
  • #भेप_हानिकारक
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • तीन महिनामा ३६६ परिवारले लिए आर्थिक सहायता
तीन महिनामा ३६६ परिवारले लिए आर्थिक सहायता
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक ११, २०८२

काठमाडौं- चालु आर्थिक वर्षको तीन महिनामा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ३६६ जना मृतकका परिवारले आर्थिक सहायता लिएका छन् । वैदेशिक रोजगार बोर्डले रोजगारीमा गएका श्रमिकको करार अवधिभित्रै या करार सकिएको एक वर्षभित्र मृत्यु भए १० लाख रुपैयाँ आर्थिक सहायता दिँदै आएको छ । बोर्डको तथ्यांकअनुसार चालु आर्थिक वर्षको तीन महिनामा सबैभन्दा बढी साउनमा १४२, भदौमा १२६ र असोजमा ९८ जनाले यस्तो सहायता लिएका छन् । 

यो अवधिमा बोर्डले १११ वटा शव झिकाइदिएको छ । साउनमा ३९, भदौमा ४४ र असोजमा २८ वटा शव झिकाइदिएको तथ्यांक छ । बोर्डले यो तीन महिनामा २३५ वटा शव ढुवानी गरिदिएको छ । जसमा साउनमा ४३, भदौमा ९९ र असोजमा ९२ वटा रहेका छन् । आर्थिक अवस्था लगायतका कारण विदेशमा मृत्यु भएका आफन्तको शव ढुवानीमा समस्या भए बोर्डले उक्त कार्यमा सघाउँदै आएको छ । 

त्यस्तै, विदेशमा कानुनी सजाय पाएका, दुर्घटनामा परेका या विभिन्न समस्याले स्वदेश फर्किन समस्या भएका कामदारको उद्धार तथा खोजतलास पनि बोर्डले गर्ने गर्छ । यस आवको तीन महिनामा ४३ जनाको उद्धार तथा खोजतलास गरिएको बोर्डले जानकारी दिएको छ । साउन महिनामा १८, भदौमा २२ र सबैभन्दा कम तीन जनाको असोज महिनामा उद्धार तथा खोज गरिएको तथ्यांक छ ।

Hardik health

रोजगारीमा गएका श्रमिकका परिवारका सदस्य करार अवधिभित्र गम्भीर प्रकृतिका बिरामी परेर उपचार गराउन आर्थिक समस्या भए बोर्डले एकपटक ५० हजार रुपैयाँसम्म उपचार खर्च दिन्छ । परिवारमा कसैलाई पार्किन्सन, क्यान्सर, मिर्गाैला प्रत्यारोपण, मुटुको शल्यक्रिया तथा अल्जाइमरजस्ता गम्भीर प्रकृतिका रोग लागे सहयोग पाइन्छ । यो तीन महिनामा १६६ जनाले पारिवारिक उपचार खर्च पाएका छन् । त्यस्तै रोजगारीको सिलसिलामा अंगभंग तथा गम्भीर बिरामी भएकाहरु २०५ जनाले आर्थिक सहायता पाएका छन् । जसमध्ये साउनमा ९०, भदौमा ७३ र असोजमा ४२ जना छन् ।
 
बल्ल खुल्यो छात्रवृत्ति 
बोर्डले चालु आवको सन्तति छात्रवृत्तिका लागि ढिलो सूचना निकाल्दा गएको तीन महिनासम्म कसैले पनि छात्रवृत्ति पाएका छैनन् । बोर्डले कात्तिक तीन गते छात्रवृत्तिको सूचना जारी गर्दै कात्तिक मसान्तभित्र आवेदन दिन भनेको छ ।रोजगारीमा गएका श्रमिकको मृत्यु, अंगभंग या गम्भीर प्रकृतिको रोग लागेर बोर्डबाट सतप्रतिशत सहायता लिएकाहरुको सन्ततिलाई मात्र विद्यालयस्तरमा छात्रवृत्ति दिइन्छ

 । बोर्डले रोजगारीमा गएका व्यक्तिको आधारभूत तहमा अध्ययन गर्ने छोराछोरीलाई वार्षिक १२ हजार रुपैयाँ र माध्यमिक तहमा अध्ययन गर्नेलाई वार्षिक १६ हजार रुपैयाँ दिँदै आएको छ ।


प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  ०९:२८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत १८, २०८२
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने सोमबार, चैत १६, २०८२
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक सोमबार, चैत १६, २०८२
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी सोमबार, चैत १६, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP