Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
  • #भेप_हानिकारक
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • जापानमा विशिष्ट सीपयुक्त कामदार पठाउने मागपत्र प्रमाणीकरण सुरु
जापानमा विशिष्ट सीपयुक्त कामदार पठाउने मागपत्र प्रमाणीकरण सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक ११, २०८२

वर्कसपमा सहभागी हुन गएको बेला जापानस्थित नेपाली दूतावासमा गएर राजदूतलाई एसएसडब्ल्यू खोल्न आग्रह गरेपछि मागपत्र प्रमाणीकरणको काम सुरु भएको हो । सबै व्यवसायीलाई मागपत्र पेस गर्न अनुरोध छ ।
भुवनसिंह गुरुङ
अध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ

 

  • यही अक्टोबर १४ बाट जापानस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण सुरु गरेको जानकारी
  • व्यक्तिगत श्रम स्वीकृति लिएर जापान पुगेका अधिकांश समस्यामा रहेको पाइएको संघका अध्यक्ष भुवनसिंह गुरुङको भनाइ

काठमाडौं– जापानमा विशिष्ट सीप भएका कामदार (स्पेसिफाइड स्किल्ड वर्कर– एसएसडब्ल्यू) पठाउने मागपत्र प्रमाणीकरणको काम सुरु भएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार यही अक्टोबर १४ बाट जापानस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरणको काम गरिरहेको छ ।

Hardik health

श्रमिक पठाउने १४ वटा मुलुकहरुको कार्यशालामा सहभागी हुन जापान पुगेका बेला संस्थागत तवरबाट अर्को काम गर्न सफल भएको संघका अध्यक्ष भुवनसिंह गुरुङले बताए । जापानस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीसँगको भेटमा उक्त पहल गरेको र प्रमाणीकरण पनि सुरु भइसकेको गुरुङको भनाइ छ । 

‘वर्कसपमा सहभागी हुन गएको थिएँ । त्यही सिलसिलामा संस्थागत काम गर्न भनेर पाँच दिन बसाइ लम्ब्याएँ,’ उनले भने, ‘दूतावासमा गएर राजदूतलाई एसएसडब्ल्यू खोल्नुपर्छ भनेर विस्तृत कुरा भएपछि उहाँहरुको सहकार्य र समन्वयमा काम सुरु भएको हो । सबै व्यवसायीलाई मागपत्र पेस गर्न अनुरोध छ ।’

अध्यक्ष गुरुङले जापानमा कार्यरत नेपाली कामदारहरुसँग भेटघाट गरेको पनि बताए । भेटमा व्यक्तिगत श्रम स्वीकृति लिएर जापान पुगेका अधिकांशले दुःख पाएको र समस्यामा परेकाहरुको दुःख बुझिदिने कोही नभएको पाएको उनले बताए । जापानमा व्यक्तिगत श्रम स्वीकृति लिएर जानेहरुको संख्या धेरै छ । अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा २३ हजार ७१ जना जापान गएकामा एक हजार ५८१ जना संस्थागतरुपमा गएका थिए भने १७ हजार १६३ जना व्यक्तिगत श्रम स्वीकृति लिएर गएका थिए ।

जापान सरकारले एसएसडब्ल्यूमा १६ वटा क्षेत्र समेटेको छ । जसमा नर्सिङ तथा स्याहारसुसार, भवन सरसफाइ, व्यवस्थापन, औद्योगिक पार्टपुर्जा उत्पादन, अटोमोबाइल्स तथा यातायात व्यवसाय, उड्डयन क्षेत्र, रेल्वे, कृषि, काठ उद्योग, कच्चापदार्थ उद्योग आदि रहेका छन् । एसएसडब्ल्यूमा जान जापानी भाषाको आधारभूत परीक्षण वा जापानी भाषा दक्षता परीक्षाको लेभल चार उत्तीर्ण भएको हुनुपर्छ । नर्सिङ क्षेत्रमा आवेदन दिने व्यक्तिले भने नर्सिङ स्याहारसुसारसम्बन्धी छुट्टै जापानी भाषा मूल्यांकन परीक्षा उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था छ ।
 


प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  ०९:२५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत १८, २०८२
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने सोमबार, चैत १६, २०८२
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक सोमबार, चैत १६, २०८२
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी सोमबार, चैत १६, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP