काठमाडौं–हप्ताको तेस्रो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य हवात्तै बढेको छ । सुनको मूल्य आज तोलामा १ हजार ८०० ले बढेर १ लाख ९५ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुनको मूल्य तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । साथै तेजाबी सुनको मूल्यमा पनि ४ हजार १११ ले वृद्धि भई प्रतितोला १ लाख ६७ हजार ७६१० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको भाउमा पनि ३५ रुपैयाँले वृद्धि भई भएको छ । चाँदी आज २ हजार ३२० रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलामा २ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो ।