Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
साहित्य
  • Home
  • साहित्य
  • 'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, असार २८, २०८२

काठमाडौं। लेखक रवीन्द्र तामाङ र सोनी तामाङद्वारा संकलन गरिएको 'तामाङ लोककथा सँगालो' माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। काठमाडौंको बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसमा शनिबार पुस्तकमाथि चार जना वक्ताले आफ्नो धारणा राखे।

साहित्यकार फूलमान वलले तामाङ समुदायको दस्तावेज भएको बताए। तामाङ लोक साहित्यमा यो पुस्तक कोशेढुंगा भएको उनको भनाइ थियो। 'यो तामाङ लोक साहित्यको दस्तावेज हो। रवीन्द्र तामाङले जति यस विषयमा कसैले काम गरेको देखिएन,' नाट्य तथा चलचित्र निर्देशकसमेत रहेका वलले भने।

लेखकहरुले अबका दिनमा तामाङ लोक साहित्यमाथि कलम चलाउनुपर्ने उनको भनाइ थियो। नेपाली साहित्यका कारण तामाङ साहित्यसमेत प्रभावित भएको र मोडिफाइ भएको वलले बताए। 'हामीले बनाएको म्हेन्दोमाया नाटकमा गोले झाँक्री छन्। तर उनको श्रीमतीको थर छैन। यसले पितृसत्ता देखाउँछ। तर हाम्रो समाज यस्तो हैन। हामी केन्द्रबाट बहिस्कृत भयो। हामीलाई राज्यले कमजोर बनायो। श्रृतिमा मोडिफाइ र बिर्सने सम्भावना रहन्छ,' वलले भने।

RabindraTamang-(3)-1752335822.jpg

Hardik health

 

अबको लोककथा नयाँ मिडियामा पनि आउनुपर्ने उनको भनाइ थियो। साहित्यकार वलले लोककथा संगालोकै आधारमा तामाङ समुदायको इतिहासलाई खोतल्ने ‘म्हेन्दोमाया’ र ताक्मो ल्ह्युजिनजस्ता नाटकहरु प्रस्तुत गरेको सुनाउँदै तामाङ समुदायको लोककथालाई गम्भीररुपमा लेख्ने कलमहरु नभएको गुनासो गरे। समुदायका सबै कुरा व्यवस्थित रुपमा नभएकाले मौखिक र श्रुति परम्परामा रहेका लोककथाहरु पनि व्यवस्थित परम्परामा नरहेको स्वीकार गरे । हिजो लेख्ने परम्पराभित्र समुदाय नरहे पनि आज लेखिने कथाहरु फर्ममा समावेशीरुपमा महिलाहरु आउनुपर्ने उनले सुनाए। उनले भने, ‘अब लेखिने लोककथामा महिला आउनुपर्छ। पितृसत्ताबाट हाम्रा लोककथा प्रभावित छ। ती सबै कथा हिजो लेखिएका हुन्। हाम्रा लोककथाहरु न्यु जेनेरेसनमा जान न्यु मिडियामा जानुपर्छ।’ 

रत्न पुस्तक भण्डारले वि.सं. २०७२ सालमा पहिलोपटक प्रकाशनमा ल्याएको पुस्तकको तेस्रो संस्करणमा २३ सामाजिक लोककथा, १७ एतिहासिक लोककथा र ३१ धार्मिक लोककथा समेटिएका छन्।

पद्मकन्या क्याम्पसकी सहप्राध्यापक विमला नेपालले तामाङ लोककथा सँगालो तामाङको मात्र नभएर नेपालीको साझा सम्पत्ति भएको बताइन्। 'यो पुस्तक तामाङको मात्र हैन। हाम्रो पनि साझा सम्पत्ति हो यो लोककथा। कथा निकै राम्रो छ। लोककथाहरु लघुकथाभन्दा अलि ठूला छन्। पाठ्यक्रममा उमेर समूहअनुसार फरक पर्छ,' नेपालले भनिन्।

पुस्तकमा कथा प्रस्तुतिको शैलीसमेत फरक भेटिएको नेपालले बताइन्। 'कथा छोटा तर गम्भीर छन्। याक र तामाङ थर हेर्दा पाठ्यक्रममा पर्ने देखिन्छ। कथाहरु उत्कृष्ट छन्। अरु जातिले पनि पढ्न लायक छन्। शैली नयाँ छन्। भगवान् सबैको एउटै हो, यहाँ प्रस्तुति फरक छ। सरल र सरस छ। सिर्जनात्मक छ,' नेपालले भनिन्। कथामा अन्तिममा सन्देश राखिदिएको भए अझ राम्रो हुनेसमेत नेपालको सुझाव थियो।
साहित्यकार एवं उपप्राध्यापक कुमारी लामाले पुस्तकमा सामाजिक, ऐतिहासिक र धार्मिक लोककथा रहेको बताइन्। तामाङहरुलाई राज्यले कलंकित पात्रको रुपमा प्रस्तुत गरेको इतिहास कथाहरुमा पनि पाइएको बताइन्।  

साहित्कार लामाले कथामा धेरैजसो छोरा पात्र प्रधान पात्रका रुपमा राखिएकोले परमार्जन गरी लेख्नुपर्ने बताइन्। 'कथाको पात्रले  छोरामात्र पाएको कथा छ। पुत्रलाभको मोह नै छ। किन छोरा नै पायो होला झ्याजीआमाले? प्राय: प्रसंगमा छोरा पात्र देखिन्छ,' उनले भनिन्, 'तामाङ समुदायमा पनि पुत्र लोभकै कुरा थियो भने अब लोककथाहरु परिमार्जन गर्नुपर्छ।' यस्ता विषयहरु स्थापित भएर जाने भएकोले सच्चिएर जानुपर्ने लामाको भनाइ थियो।

RabindraTamang-(1)-1752335852.jpg

 

लामाले पुस्तकमा रहेका लोककथाहरुले हाम्रो जीवनपद्धति र विश्व दृष्टिकोणलाई उजागर गर्न सक्ने सुनाइन्। उनका अनुसार पुस्तकमा जाँड, मर्चा, बुद्धचित्त, टोटलाको फूल, जीवजन्तु, पशुपक्षी, प्रकृतिको संरक्षण, पर्यावरणजस्ता कुराहरुले तामाङ समुदायको प्रकृतिसँगको सम्बन्ध र तामाङ ज्ञानको अथाह भण्डारलाई उजागरसमेत गर्छ। जहाँ लोककथाहरु चोटिलो रूपमा प्रस्तुत भएका छन्। उनले भनिन्, ‘तामाङ समुदायमाथि राज्यको दृष्टिकोण कस्तो रह्यो त भनेर बुझ्न पनि पुस्तक महत्त्वपूर्ण हुन सक्छ। समुदायमाथि शासकहरुले गरेको बहिष्करण र कलंक त जगजाहेर नै छ। यो मनोरञ्जन र सामाजिक कुरामात्र नभएर समुदायलाई बुझ्न आँखीझ्याल पनि हो। यो पुस्तक बालबालिकालाई सरल रूपमा बुझाउनुपर्छ।’ पुस्तकमा उनले कल्पनामात्र नभएर यथार्थ कुरासमेत लोकथाका रुपमा आएको बताइन्।

त्यस्तै, साहित्यकार बिना थिङले सत्ताभन्दा पर रहेको अलग समाज लोकको रुपमा परिभाषित गर्दै मौखिकरूपमा भनिँदै आएको तामाङ लोककथाहरु सत्ताको प्रतिरोधका रुपमा जन्मिएको सुनाइन्। उनकाअनुसार यस्ता लोककथाहरुले मान्छेमा कल्पनाशीलताको विकास गर्छ। सामाजिक, ऐतिहासिक तथा प्रकृतिसँग जोडिएका संगालोमा रहेका कथाहरु तामाङलाई मात्र नभएर सबैलाई छुने खालका रहेको ठहर गरिन्। ‘यी कथाहरु एडल्टलाई मात्र नभएर सरल बनाएर बच्चाहरुका लागि पनि पढ्ने खालका बनाउन सकिन्छ। कथा हतारमा उनिएको जस्तो देखिन्छ। शिल्पीमा अझै खेल्नुपर्ने देखिन्छ। हामीभन्दा पछिको पुस्ताका लागि यो पुस्तक संग्रहित हुन सक्छ,’ उनले भनिन्, 'लोककथा सत्ताभन्दा बाहिरको आवाज हो। सत्ताको प्रतिरोध हो यो। तामाङ बस्तीको कथा छ। अझ सरल भाषामा आउनुपर्ला। कौतुहलता अलि कम छ।' 

RabindraTamang-(5)-1752335877.jpg

 

लेखक तथा संकलक तामाङले बुवाको अन्तरजातीय विवाहका कारण तामाङ भाषा र संस्कृतिबाट टाढा रहे पनि आफ्नो विवाहपछि आफ्नै समाज र संस्कृतितिर फर्केको सुनाए। जुन श्रेय उनले कथा संकलकसमेत रहेकी सोनी तामाङलाई दिइन्। तामाङ संस्कृति, समाज र इतिहासको विषयमा आफूले खोज, अनुसन्धान गरिएका सामग्रीहरुमा समुदायका बुद्धिजीवीहरुले राखेको पूर्वाग्रहप्रति उनले दुःखेसो पोखे। समुदायलाई खोज्ने क्रममा सिर्जना भएका लोककथाहरुमा केही कमीकमजोरी भएको स्वीकार्दै उनले यसलाई अझै परिमार्जन गर्दै स्तरीय बनाउन नयाँ पुस्ता आउनुपर्ने बताए। यद्यपि आफूले लेखेको कृतिमा तामाङ समाजले पूर्वाग्रही ढंगले हेरेको भन्दै दुखेसो पोखे लेखक तामाङले। 'समाजमा पूर्वाग्राह छ हाम्रोमा, म त तामाङ संस्कृतिमा फर्केको हुँ, मेरो किताबप्रति पूर्वाग्राह छ। काठमाडौं युनिभर्सिटीमा होस् या तामाङ स्टडीको कोर्समा। तर तिनमा यी कथा समावेश गरिएका छैनन्,' लेखक तामाङले प्रश्न गरे, 'किताबप्रति किन पूर्वाग्रह?'

नेपाल सरकारका पूर्वसचिव धनबहादुर तामाङले इतिहास हेर्दा तामाङ समुदायलाई हातमुख जोड्नै गाह्रो भएको अवस्थामा बौद्धिक संस्कृतितिर जान नसकेको बताए। पुस्तकले समाजको तस्बिर दिने दिएको उल्लेख गर्दै पूर्वसचिव तामाङले किताब तामाङ समाजका लागि दियो भएको बताए। 'तामाङ लोककथा ब्लर भए पनि तस्बिर त पेस गर्छ नि। यो किताब दियो हो,' तामाङले भने।

RabindraTamang-(4)-1752335936.jpg

 

तामाङ पत्रकार संघ संघीय समितिका अध्यक्ष नेत्र तामाङले पनि संकलक दुवैलाई बधाई तथा सुभकामना दिँदै लोककथा संगालोमाथि आ–आफ्नो धारणा राख्ने वक्ता एवं सहभागीहरुप्रति आभार व्यक्त गरे। तामाङ पत्रकार संघले आयोजना गरेको कार्यक्रमको सञ्चालन पत्रकार संघकी महासचिव सरस्वती तामाङले गरेकी थिइन् भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष तिर्थमान वलले राखेका थिए।

 


प्रकाशित मिति: शनिबार, असार २८, २०८२  २१:४४
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ पुस्तक आउँदै
पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ पुस्तक आउँदै शुक्रबार, जेठ ८, २०८३
कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण
कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण सोमबार, जेठ ४, २०८३
साहित्यकार एवं गीतकार कादम्बरी दाना श्रेष्ठको  ‘इमा’ लोकार्पण
साहित्यकार एवं गीतकार कादम्बरी दाना श्रेष्ठको  ‘इमा’ लोकार्पण सोमबार, जेठ ४, २०८३
कवि रमेश गुरुङको कविता सङ्ग्रह ‘महाप्रस्थान’ को लोकार्पण
कवि रमेश गुरुङको कविता सङ्ग्रह ‘महाप्रस्थान’ को लोकार्पण आइतबार, जेठ ३, २०८३
राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै आइतबार, जेठ ३, २०८३
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा आइतबार, जेठ ३, २०८३
ताम्राकारको ‘दह’ उपन्यास लोकार्पण
ताम्राकारको ‘दह’ उपन्यास लोकार्पण शनिबार, जेठ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP