Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
ओम प्रकाश विष्ट
ओम प्रकाश विष्ट शुक्रबार, असोज १०, २०८२
AI बाट सिताकाे सम्पादित पारिवारीक फोटो

काठमाडौं - वैदेशिक राेजगारीमा  पैसा कमाउनका लागि धेरै नेपाली दाजुभाइ र दिदिबहिनिहरू गएका छन् । नेपालीहरूले विदेशी भूमिमा धेरैकाे संघर्ष कथा र व्यथा बाेकेका समाचार सुन्ने गरेका छाैँ । धेरै  नेपाली दाजुभाइकाे विदेशी कथा संघर्षकाे पाउने गर्दछाैँ तर दिदिबहिनिहरूकाे झन दर्दनक कथाहरू भएकाे पाउँछाैँ । यस्तै कथामा परेकी छिन् ,सिता ( नाम परिवर्तन ) । 

आँखामा टिलपिल आँसु , जिंग्रिङ्ग परेको कपाल, एउटा पुरानो निलो कुर्ता र निधारमा निलो दाग मोबाइलको स्क्रिनको भिडियो कलमा भोगाइको भारि बोकेको अनुहार प्रष्टै देखिन्थ्यो। यो दृश्य हो हुम्लाकी सिता धामीको, उनी बोल्दै खोज्दै थिइन्, तर उनको मुखारबिन्दबाट कुनै आवाज निस्कन सकेको थिएन ।

बल्ल तल्ल निस्के पनि उनको आवाजमा पीडा र निराशाका थुप्रै लहरहरू मिसिएका हुन्थे। कुवेतको चर्को घाममुनि दिनको १८ घण्टा काम गर्दा पनि उनका दुःखका दिनहरू घटेका थिएनन्। चार वर्षकी नाबालक छोरीलाई नेपालमा एक्लै छोडेर परदेश भासिनुपर्ने उनको बाध्यताको कथाले जो कोहीको पनि मन छुन्थ्यो।

हुम्लाको एउटा सानो गाउँ धामिवाडामा उनको बाल्यकालको धेरैजसो समय अभाव र संघर्षमै बित्यो। “२०७६ सालको तिरको कुरो हो म भरखर १० मा पढ्दै थियाँ”। “म भलिबल खेल्दो थियाँ”। “विध्यालय मा पालिका स्तरिय गेम खेल्न जाँदा राज (नाम परिवर्तित) गरेको व्याक्ती संग भेट भयो”। “उ हाम्रो खेल हेर्न आयको रहेछ” । “उ सित बोलचाल हुँदै गर्दा कसो कसो माया बसित गयो” भन्दै आफ्नो बिगत यसरी सुनाइन् सिताले ।

Hardik health

त्यही प्रेम समन्धले गर्दा उनको सानै उमेरमा विवाह भयो। उनी भर्खरै जीवन बुझ्दै थिइन्, तर उनका सपनाहरूमाथि जिम्मेवारीको भारी थपियो। उनको श्रीमान राजको व्यबहार पहिला त  राम्रै थियो र राम्रै मान्छे होलान् भन्ने उनलाई  पनि लागेको थियो। तर बिहेपछि उनको जीवनमा अर्को दुःखको अध्याय सुरु भयो। राज जँड्याहा रहेछ। कमाउनेभन्दा बढी खर्च गर्ने, दिनभरि रक्सी, गाँजा खाने र जुवातासमै उसले समय बिताउने थाल्यो। सितालाई बिहान बेलुकाको छाक टार्न पनि मुस्किल थियो।

“नेपालमा काम गरे पनि कमाएको पैसा रक्सी र जुवामै पोइले सक्काइ दिन्थ्यो,“ सिताले भक्कानिँदै भनिन्, “घरको चुलोमा आगो बाल्न पनि धौ धौ पथ्र्यो।“  “जेनतेन गरी गाउँमै काम गरि कमाइको पैसा जुवामै उडाइदिन्या हो  घरको काम मा पनि सहयोग गन्र्या होइन ” , उनले लामो सास फेर्दै भनिन्।

यो पीडा र आर्थिक अभावको बोझले सितालाई थप कमजोर बनायो।जब उनको काखमा एउटी सानी छोरी आइन्, उनको जीवनमा एउटा नयाँ आश पलाएको थियो। तर, श्रीमानको व्यवहारमा भने कुनै परिवर्तन आएन। छोरीको राम्रो भविष्यको लागि सिताले नै केही गर्नुपर्छ भन्ने महसुस गरिन्।

अन्ततः आफ्नो सानी छोरीलाई आमाको माया र स्नेहबाट टाढा राखेर, परदेश जाने निर्णय गरिन्। यो निर्णय उनका लागि निकै पीडादायी थियो। “छोरीलाई एक्लै छोड्दा मेरो मन टुक्रा टुक्रा भयो, मेरो आँखाबाट आँसुका थोपाहरू झरे, तर उसलाई राम्रो जीवन दिनको लागि यो बाटो रोज्नुबाहेक मसँग अरु कुनै विकल्प थिएन ” सिता ले भक्कानिदै भनिन्।

नेपालमा धेरै सपना बोकेर कुवेत पुगेकी सिताको जीवन त्यहाँ पनि सहज भएन। घरेलु कामदारको रूपमा उनले दैनिक १८ घण्टा काम गर्नुपरेको छ। कुवेतको चर्को गर्मीमा बिहानैदेखि राति अबेरसम्म उनको कामको कुनै सिमा छैन। कहिलेकाहीँ त कामको चापले गर्दा भोकै सुत्नुपर्ने बाध्यता पनि आइ लाग्छ। “खाना खाने फुर्सद पनि हुँदैन “उनी सुनाउँछिन्, “कहिलेकाहीँ चाउचाउ खाएर मात्रै काममा जान्छु, कहिलेकाहीँ त त्यो पनि हुँदैन ।” सिताले भनिन्, “मलाई विश्वास छ, एकदिन मेरो यो दुःखले सफलता पाउनेछ। म मेरी छोरीलाई एउटा राम्रो जीवन दिनेछु।मेरो जस्तो दुख उसलाइ हुन दिन्या छैन” । 

सिताको संघर्षको कथामा अर्को पीडा थपिएको छ। नेपालमा रहेका उनका श्रीमानले उनलाई लगातार धम्क्याउन थालेका छन्। मोबाइलमा फोन गरेर “कि पैसा पठा, कि म अर्की केटी बिहे गर्छु” भनेर धम्की दिन्छन्। श्रीमानको यस्तो व्यवहारले सितालाई मानसिक रूपमा थप कमजोर बनाएको छ। “जसको लागि मैले यति धेरै दुःख गरिरहेकी छु, उसैले मलाई धम्क्याउँछ,“ उनी रुँदै भन्छिन्, “घरबाटै यति धेरै पीडा र दबाब आउँदा विदेशमा कसरी ढुक्क भएर काम गर्नु?” उनी मानसिक तनावमा रहेकाे बताउँछिन् । यहि विषयमा  नेपालमा रहेका राजसँग विशेष सुत्रमार्फत कुरा गर्दा सिताको आरोपहरुको बारेमा केहि बोल्न चाहेनन्। 

नेपालकाे समाजमा  सिता एक पाात्र मात्र हुन् । सिताको आँसुले धेरै महिलाहरूको कथा बोकेको छ, जसले आर्थिक आवश्यकता र पारिवारिक पीडाको कारण परदेशको बाटो रोजेका छन्। उनीहरूले आफ्नो घरपरिवारको लागि ज्यान हत्केलामा राखेर संघर्ष गर्छन्, तर उनीहरूलाई घरबाटै मानसिक दबाब र धोकाको सामना गर्नुपर्छ। हुम्लाकी सिता , जो आज कुवेतमा संघर्ष गरिरहेकी छिन्, उनको कथाले नेपालका हजारौँ महिलाहरूको जीवनको प्रतिविम्ब देखाउँछ। उनीहरूले आफ्नो घर परिवारको लागि गरेको त्याग र समर्पणको कदर हुनुपर्छ।

 

 


प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  १२:४१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ बुधबार, पुस ३०, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो सोमबार, पुस २८, २०८२
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने आइतबार, पुस २७, २०८२
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला शुक्रबार, पुस २५, २०८२
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, पुस २५, २०८२
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन शुक्रबार, पुस २५, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP