Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • ‘लालीगुराँसको साटो’ सार्वजनिक
‘लालीगुराँसको साटो’ सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज ७, २०८२

काठमाडौं-‘लालीगुराँसको साटो’ नामको गित सार्वजनिक भएको छ । मंगलबार राजधानीमा मिलापको आयोजनामा गरिएको विशेष समारोहमा गीतको भिडियो सार्वजनिक भएको हो ।

महाकाव्यकार खेमनाथ दाहालले २०६० सालमै लेखेको काव्य ‘योद्धा’भित्रको यो श्लोक फेरि संगीतसहित पुनर्जीवित भएको छ ।  ‘लालीगुराँसको साटो’ रक्तरञ्जित भो वन,द्यौउराली अनि पाखामा लासको टाकुरा किन ?’ यो पंक्ति केवल गीत होइन, हाम्रो इतिहासको घाउ बोलेको कविता जस्तो लाग्‍ने रहेको छ ।  । 

गीतमाथि कार्यक्रमस्थलमा व्यक्त भएका धारणा सुन्दा लाग्थ्यो, साहित्य र संगीतबीचको पुल बलियो हुँदै गएको छ । दाहालको कलमबाट बगेका शब्दहरू र सन्तोषको स्वरबाट घन्किएको धूनले उपस्थितलाई गीत मात्र होइन, एक ऐतिहासिक सन्देश सुनाइरहेको पाइन्छ ।  गीतको भिडियो सार्वजनिक हुँदै गर्दा सभाहल केवल विमोचन स्थल बनेन, बरु साहित्य, संगीत र इतिहासको संगम स्थलमा रूपान्तरित भएको थियो ।

समारोहमा प्रमुख अतिथि प्रा.डा. शैलेन्दुप्रकाश नेपालले गीतको भिडियो सार्वजनिक गरेका थिए । उनले दाहाललाई पुरानै परिचयका साथ सम्झिँदै भने,‘खेमनाथमा विविधताको संगम छ, उहाँका सिर्जनाले त्यो पुष्टि गरेको छ ।’ नेपालले भाषा, साहित्य, कला र संस्कृतिका बारेमा आफ्ना धारणा राख्दै संगीतकार सन्तोष र महाकाव्यकार खेमनाथको सहकार्यमा कालजयी गीत आएको धारणा राखे । उनले धेरै पहिला लेखिएको गीत भए पनि अहिले पनि त्यतिकै सान्दर्भिक रहेको चर्चा गरे ।

Hardik health

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले महाकाव्यकार दाहालका सिर्जनाहरूको चर्चा गर्दै दाहालले देश तथा विदेशमा थुप्रै सम्मान प्राप्त गरेका जानकारी दिए । उनले भने, ‘गीत जस्तो उत्कृष्ट बनेको छ, भिडियो पनि त्यति नै प्रभावकारी छ ।’ गीतमा संगीत र स्वर दिएका विश्वकीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले आफ्नो अनुभव बाँड्दै भने, ‘काव्यका गहिरा श्लोकलाई गीतमा ढाल्नु सजिलो छैन तर यही कठिनाइले मलाई फेरिफेरि यस्तो कामतर्फ तानेको छ ।’ उनले महाकव्यकार दाहालको ‘श्वेतपत्र’ महाकाव्यका श्लोकबाट पहिलो गीत बनाएको बताउँदै यो ‘योद्धा’ काव्यका श्लोक लिएर गीत तयार पारिएको जानकारी दिए ।

यस्तै, ‘नेपाली गजल गायनको स्वर्ण दशक, वि. सं. २०८०–२०९०' अभियन्ता तथा गजलकार घनेन्द्र ओझाले कीर्तिमानी संगीतकार तथा गायक सन्तोष श्रेष्ठ र आफूले सहकार्य गरेर नेपाली गजल गायनको स्वर्ण दशक मनाइरहेको बताउँदै सन्तोष नयाँनयाँ र फरक कार्य गर्न रुचाउने व्यक्तित्व भएको भनाइ राखे । ओझाले सन्तोष र दाहालको सहकार्यले अझ धेरै कालजयी गीत सिर्जना हुने आफूले आशा राखेको बताए । उनले भने, ‘सन्तोष नयाँ प्रयोग खोज्ने सर्जक हुनुहुन्छ, दाहालसँगको सहकार्यले अझ धेरै कालजयी सिर्जना ल्याउने छ ।’

गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले महाकाव्यकार दाहाल गीतकारका रूपमा पनि सशक्त प्रस्तुत हुनु आफैँमा गौरवमय भएको जिकिर गरे । उनले महाकाव्यकार दाहालको गीतकारका रूपमा पनि ख्याति बढ्ने धारणा राखे । महाकाव्यकार दाहालले आफूले २०६० सालमा प्रकाशन गरेको काव्य ‘योद्धा’बाट सन्तोषले गायनका रूपमा प्रस्तुत गरेकामा खुसी व्यक्त गर्दै गीत र भिडियोमा संलग्न सबैमा धन्यवाद ज्ञापन गरे ।

मिलापका सम्पादक कृष्ण भुसालले सहजीकरण गरेको कार्यक्रम वरिष्ठ संगीतकार राजु सिंहको सभापतित्वमा सम्पन्न भएको थियो । संगीतकार सिंहले नेपाली सांगीतिक फाँटमा एउटा कालजयी सिर्जना आएकामा खुसी व्यक्त गरे । कार्यक्रममा मिलापकी कार्यकारी सम्पादक गीता अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् ।

योद्धा काव्यबाट साभार यस गीतमा राजु कार्कीको संगीत संयोजन, राजाबाबु थारू, दिल समर्पण र एस. बी. मुस्कानको संगीत सञ्चयन छ । अकोस्टिक नेपालमा संगीत सञ्चयन रहेको गीतमा प्रकाश मिश्रको संगीत सम्पादन छ । कृष्ण भुसालको निर्देशन एवं राजन खरेलको छायांकन तथा दृश्य सम्पादन रहेको गीतको भिडियोमा खेमनाथ दाहाल, उषा दाहाल, सन्तोष श्रेष्ठ, रमेश दाहाल कृष्ण भुसाल, गीता अधिकारी र मेनका खड्काको अभिनय छ ।
 


प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १६:४९
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
कवि दुर्गालाल श्रेष्ठको निधन
कवि दुर्गालाल श्रेष्ठको निधन सोमबार, भदौ १, २०८३
‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक
‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक शुक्रबार, साउन १५, २०८३
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन बुधबार, साउन १३, २०८३
मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक
मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक सोमबार, साउन ४, २०८३
‘एक मुट्ठी भोक’ सार्वजनिक
‘एक मुट्ठी भोक’ सार्वजनिक आइतबार, साउन ३, २०८३
आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल
आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल सोमबार, असार २९, २०८३
आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै
आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै सोमबार, असार २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP