Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक ३, २०८२
पदम श्रेष्ठ

दसैंलगत्तैको पर्व तिहार कार्तिक कृष्ण त्रयोदशी तिथिदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिन हिन्दू धर्मावलम्बीहरुले हर्षोल्लासका साथ मनाउँदै छन् । जेन–जी आन्दोलनपछिको संवेदनशील अवस्थालाई ध्यानमा राखी यस वर्षको देउसीभैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने सरकारले सूचना जारी गरेको छ । राजनीतिक उतारचढाव जे–जस्तो भए पनि नेपालीहरु आफ्नो भागमा परेको चाडपर्व समयसापेक्ष मनाउने गर्दछन् । यो नेपालीहरुको मौलिक पहिचान पनि हो ।

दसैं तिहार दुई नभई एउटै विशुद्ध प्राकृतिक हावापानी सुहाउँदो पर्व मानिएको छ । हुन पनि चैत, वैशाख, जेठ गर्मीले सताउने, हुरी बतास, रोगव्याधीबाट ग्रस्त हुने, असार, साउन, भदौ बाढीपहिरोबाट आक्रान्त हुने र पुस, माघ, फागुनमा कठांग्रिने जाडोले सबैलाई सताउने गर्दछ । तर असोज–कात्तिकमा पर्ने शरद ऋतुमात्र यस्तो महिना हो, जुन महिनामा न धेरै जाडो, न धेरै गर्मी नै हुने गर्दछ । 

रोग, भोक र शोकबाट राहत पाइने यस महिनालाई नै ज्योतिषको तिथिअनुरुप राष्ट्रिय विभूति शंखधर साख्वाले देशवासीको ऋण चुक्ता गरी नयाँ वर्ष नेपाल सम्वत् पनि चलाइदिएको विश्वास गरिन्छ । यो पर्व मान्ने परम्परा हजारौं लाखौं वर्ष प्राचीन भए पनि नेपाल राष्ट्रकै नाउँमा देशवासीका सम्पूर्ण ऋण चुक्ता गरी नयाँ नेपाल सम्वत सुरु गरिएको भन्ने गरिन्छ । यो पर्व मनाउने परम्परा हजारौं वर्षदेखि भए पनि नयाँ वर्ष नेपाल सम्वत् मनाउन थालिएकोचाहिँ ११४६ वर्षमात्र पुगेको छ । झिलिमिली बत्ती र फूलले शोभायमान हुने गर्दछ तिहार । यमपञ्चकको पाँच दिन निम्न रहेका छन्–

कागतिहार
यमपञ्चकको पहिलो दिन काग तिहार मनाइने परम्परा छ । काग चतुर पक्षीका रुपमा लिइन्छ । सर्वभक्षी कागले कसैमाथि भेदभाव राख्दैन । कृषिप्रधान देश नेपालमा कागलाई बाली रक्षा गर्ने पक्षी मानिन्छ । उद्देश्य प्राप्तिका लागि काग चेष्टालाई बिर्सनुहुन्न । कथन, कागले समाचार दिन्छ । शुभ अशुभ समाचार दिने प्रकृतिमा रहेको सिनो फोहोर खाइदिएर वातावरणलाई सधैं स्वास्थ्य सफाइ गरिराख्ने भएकोले यस दिन कागलाई घरघरमा चोखो मिठो मसिनो मासुको परिकारसहित खान खुवाएर सम्मान गर्ने परम्परा छ । 

Hardik health

कुकुर तिहार
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाइन्छ । ‘नरक चतुर्दशी’ पनि भनिने यस दिन कुकुरलाई यमदूतका रूपमा पुजिन्छ । यमराजका प्रिय भक्त कुकुर आज्ञापालक रक्षक अपराधी पत्ता लगाउने सहयोगी पनि हुने गर्दछ । कुकुरको उत्पत्ति सूर्यको कुलमा भएको शास्त्रीय कथन छ । यसले दैवी विपत्तिका घटनाको पूर्वसूचना पनि दिन्छ भने कुुकुरले धर्मात्मा र पापी सजिलै चिन्दछ । कुुकुरलाई भैरवको बाहन मानिन्छ । कुकुरलाई जीवन्त राख्न कुकुर पूजा गरिन्छ ।

गाई तिहार र लक्ष्मीपूजा
जनैपूर्णिमाको रक्षासूत्रलाई औंसीका दिन गाईको पुच्छरमा बाँधिदिए मृत्युपछि वैतरणी नदी तरिन्छ भनिन्छ । संस्कार गर्दा गाईको गोबरले लिपपोत र गहुँतले पवित्र पारिन्छ । गाईपूजा गरी घर–आँगन सफासुग्घर र साँझ लक्ष्मीपूजा हुन्छ । लक्ष्मीलाई धनधान्य र ऐश्वर्यकी प्रतीक मानी औंसीको रातलाई उज्यालो पार्दै लक्ष्मी आह्वान गरिन्छ । देवीदेवता र असुरमाथि विजयगरी राजा बलिले प्राप्त आकाश, पाताल र पृथ्वी वामन अवतारलाई दान गरे । यस दिन घर घरबाट समूह–समूह मिलेर देउसीभैलो खेलिन्छ । सेलरोटी, अन्न, फलफूल, नगद लिने दिने गरिन्छ भने यसै उपलक्ष्यामा भव्य नाचगानसमेत हुने गर्दछ ।

नेपाल सम्वत्, म्हपूजा र गोरु तिहार
गोरु किसानको साथी । कृषिमा कर्मयोगी गोपाली वंशजले थालेको गोठ पूजा संस्कार नै गोरु तिहारभित्र सामाजिक पक्ष हो । यस दिन नेवारमा आफ्नो जिउ आफैंले पुज्ने म्हपूजा हुने गर्दछ ।

म्ह ले नेपाल भाषामा जिउ र पूजाको अर्थ सम्मान हो । नेपाल सम्वत्को पहिलो दिन कछलाथ्व पारू नयाँ वर्षको दिन नेवारहरुले आफ्नो जिउ आफैंले पूज्ने म्ह्पूजा गर्दछन् । यसदिन घरका सबै सुकुलमा लहरै रातो माटो, गोबरले लिपेको ठाउँमा बस्छन् । अष्टकलशको प्रतीक हातैले चामलको पिठो, गेडामास, आख्यो (सिंगो चामल) फलफूल, मिठाइ राखी मण्डला बनाइन्छ र खेलुइटा, माछा, अण्डा, दही, रक्सीको सगुन थकाली नर्की (घरकी मुली महिला)बाट खाइन्छ । सगुनअघि ताय÷लावा, कालो भटमास, कटुस, सयपत्रीको फूल मिसाएर थकाली नकिङ्ले टाउको, कुम, खुट्टामा छुवाउँदै शिरबाट खन्याइ जीवनमा बिध्नबाधा पन्छाउँदै बाँच्ने आभार व्यक्त गरिन्छ ।

यसरी म्हपूजा मनाउने क्रममा ७७ वर्ष सात महिना सात दिन सात पला सात घडी पार गरेका दिन नेवारमा जङ्कु गरिन्छ । जङ् भन्नाले जिउ–ढाड र कु को अर्थ भारी अर्थात् शरीरको भारी बिसाउने अवसरलाई भिं जङ्कु भनिए । त्यसैगरी दोस्रो ज्या जङ्कु वृद्धवृद्धाले एक हजार पल्ट पूर्ण चन्द्र देखेको वर्ष अर्थात् झण्डै ८० वर्षको हाराहारीमा गरिन्छ भने तेस्रो महारथारोहण ९९ वर्ष नौ महिना नौ दिन नौ पला नौ घडीका दिन हुन्छ ।
 
भाइटीका
कार्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइ दिदी–बहिनीबीच विधिपूर्वक टीका लगाइ भाइ तिहार मनाइन्छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाघरमा बास गर्छन् भन्ने धार्मिक विश्वास छ । यस दिन दियो, कलश र गणेशको पूजा गर्ने गरिन्छ भने यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, टीका, कटुसको प्रयोग गरी दाजुभाइको समृद्धि, आरोग्य र दीर्घायुको कामना गर्दै एकआपसमा स्नेह, श्रद्धा, आस्था र विश्वासको आत्मीयता प्रकट गरिन्छ । दिदीबहिनीलाई दक्षिणा, वस्त्र दिइन्छ भने दाजुभाइलाई मसला रोटी दिई मनाइने भाइतिहारको महिमा उच्च छ ।

यसरी मानिसलाई पशुभन्दा पृथक राखी दाजुभाइ–दिदीबहिनीप्रतिको मायाको डोरोले डोहो¥याइदिने परम्परा हो, भाइटीका । नेवार समाजमा अण्डा माछा, मिठाइका परिकार चिउरा मासुसहितको सगुन दिएर दिदीबहिनीले दाजुभाइलाई पूजा गरिन्छ भने अन्य समुदायमा दाजुभाइलाई यमराजको छायाँ नपरोस भन्दै मूल ढोकामा ओखर फुटाएर लामो आयुको कामना गर्दै मिठाइ, फलफूल खुवाएर भाइपूजा गर्ने परम्परा रहेको पाइन्छ ।
 


प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  ११:०८
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP