काठमाडौं – बागमती प्रदेशका ४ मन्त्रीले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई ४ जनै मन्त्रीले ह्वाट्स एपबाट शुक्रबार राजीनामा पठाएका हुन् ।
राजीनामा दिनेहरूमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन् ।
विविध कारणले जिम्मेवारी बहस गर्न सक्ने अवस्था नरहेकाले आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको उल्लेख छ । एउटै व्यहोरोका राजीनामा पत्रमा भनिएको छ, ‘विविध कारणले आफ्नो जिम्मेवारी निरन्तर बहन गर्न सक्ने अवस्था नरहेकाले आजकै मितिदेखि प्रदेश सरकारमन्त्रीको पदबाट राजीनामा दिएको छु ।’
आजको मितिसम्म मन्त्रालयको जिम्मेवारी सफलतापूर्वक निर्वाचन गर्न दिएकोमा उनीहरूले मुख्यमन्त्रीलाई धन्यवाद पनि दिएका छन् ।
