काठमाडौं- राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभाले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकोछ। राजेन्द्र बजगाईको अध्यक्षता एवं विशिष्ट गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाबाट नारायण थापा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै दिपक शर्मा बरिष्ठ उपाध्यक्ष, सुजाता के सी उपाध्यक्ष, सनम कठायत महासचिव, रिता के सी सचिव, वेनिश पौडेल महिला सचिव, प्रतिक्षा काफ्ले कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै मनोज परियार, बिरेन्द्र सिंह भाट, कोपिला शिवाकोटी, पुजा ठकुरी, गिता पाण्डे, सुभाष तिमसिना, प्रमोद डि जी र प्रज्वल राज भट्ट सदस्यमा निर्वाचित भएका छन् ।
१७ सदस्यीय कार्यसमितिमा बाँकि २ सदस्य भने नयाँ कार्यसमितिले चयन गर्नेछ । संस्थाका संस्थापक सल्लाहकारहरू राजु सिंह, डा. टिका भन्डारी, माधवराज खरेल, डा. ओम कृष्ण प्रसाई बि वी थापा राजेन्द्र लुईटेललगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको कार्यक्रममा चर्चित कलाकारद्वय राज टाईगरलाई मानार्थ सदस्य र गोपाल ढकाल (छन्दे) लाई संस्थाको आजिवन सदस्यता प्रदान गरिएको थियो ।
साधारणसभामा भगवती पाण्डे प्रमुख निर्वाचन अधिकृत तथा दिपक राई र हेमलता जि सी निर्वाचन अधिकृत रहेका थिए ।नवनिर्वाचित अध्यक्ष थापाले गीत संगीतको विक्रिति विसंगति नियन्त्रण, पछिल्लो समय कलाकर्मीहरूमा बढेको नैराश्यतालाई सम्बोधन गर्न मनोपरामर्शदातासँग कार्यशाला तथा स्रस्टाहरूको स्वास्थ्य विमा लगायतका सामाजिक कार्यहरूमा संस्थाले ठोस पहल थाल्ने प्रतिबद्धता व्यक्त गरे ।