Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सेवासुविधा त्यागेपछि विद्या भण्डारीलाई दलमै रोक
सेवासुविधा त्यागेपछि विद्या भण्डारीलाई दलमै रोक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ८, २०८२

उहाँको जे भूमिका मुलुकका लागि आवश्यक ठानिएको छ । त्यो परिप्रेक्षमा पार्टी राजनीतिमा फर्किनु उचित हुँदैन भन्ने निष्कर्ष निकालीसकेपछि सदस्यताको विषय स्वतः निष्क्रिय भएको छ
शंकर पोखरेल
महासचिव, नेकपा एमाले

काठमाडौं- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले असार १४ गते आफू दलीय राजनीतिमा फर्किएको घोषणा गरिन् । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निम्त्याइएको कार्यक्रममै भण्डारीले आफ्नो इच्छा सार्वजनिक गरेकी थिइन् ।

भण्डारीको यो आकंक्षा एमाले हाँक्ने शैलीकै थियो । ‘फरक ढंगको राजनीतिक जिम्मेवारीबाट अलग भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तर दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,’ भण्डारीले राष्ट्रिय सभागृहबाट घोषणा गरिन् । त्यसपछि भने लोकतान्त्रिक संविधानका पक्षधरहरुले भण्डारीको सक्रियतामाथि नैतिकताको प्रश्न तेस्र्याए ।

पहिले ओलीले राजनीतिमा आउन विद्या भण्डारीलाई उक्साए । पूर्व राष्ट्रपतिले पाउने सेवासुविधा त्याग्न लगाइयो, त्यसपछि पार्टीको ढोका बन्द गरिदिए । अहिले भण्डारी निकै कमजोर पात्र बनेकी छन्
विद्या भण्डारी निकट एक नेता
 

Hardik health

‘सार्वजनिक पदमा रहेका व्यक्तिले प्रत्यक्ष राजनीति गर्न मिल्दैन वा राजनीतिमा आए सरकारी सेवासुविधा त्याग्नुपर्छ’ यस्तो प्रश्न बढ्न थालेपछि भण्डारीले पूर्व राष्ट्रपतिले पाउने सबै सेवासुविधा फिर्ताका लागि निवेदन दिइन् । असार १८ गते परेको निवेदनलाई गृह मन्त्रालयले तत्कालै सदर गरिदियो । 

भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक डेढ लाख रूपैयाँ उपलब्ध गराउँदै आएको थियो । रत्नराज्य लक्ष्मी क्याम्पसका पूर्वस्ववियु सभापति राजकुमार राई स्वकीय सचिवका रूपमा कार्यरत थिए । सुविधा फिर्ता भएसँगै राईले सरकारबाट तलब पाउने छैनन् । त्यस्तै पूर्व राष्ट्र प्रमुखको लागि खटिने सुरक्षाकर्मीका लागि बस्न घर भाडामा लिइएको छ । भण्डारीलाई प्रोटोकलभित्र सुरक्षा भने हटाउन नमिल्ने गृह मन्त्रालयले जनाएको छ ।

सुविधा फिर्तापछि एमालेको ढोका बन्द
सुविधा फिर्तापछि एमालेभित्र विद्याको ‘कमब्याक’बारे बहस भयो । एमालेको मुख्यालय च्यासलमा सचिवालय बैठकदेखि पोलिटब्युरो बैठक हुँदै केन्द्रीय कमिटी बैठक पनि भयो । यो बीचमा भण्डारीले सदस्यता नवीरकण नै नगरेको चर्चा चल्यो । यसपछि झस्किएकी भण्डारी अध्यक्ष ओलीसँग भेट्न च्यासल पुगिन् । साउन ५ गते भएको भेटपछि भण्डारीले आफूले सदस्यता नवीकरण गरिसकेको प्रष्ट पारिन् । 

त्यसपछि बसेको केन्द्रीय कमिटिले भने उनको सदस्यता नै रद्द गरिदियो । मंगलबार अबेर सम्पन्न एमालेको केन्द्रीय समिति बैठकले भण्डारीको सदस्यता रद्द गर्ने  निर्णय गरेको हो । बुधबार केन्द्रीय कमिटिको निर्णय सार्वजनिक गर्दै एमाले महासचिव शंकर पोखरेलले भण्डारीको सदस्यता नवीकरण निस्क्रिय भएको बताएका हुन् ।

‘उहाँले सदस्यता नवीकरण गरिसकेपछि यो विषयलाई सार्जजनिक नगरौं, यो एउटा विशेष विषय हो । त्यसअर्थमा पार्टीका तर्फबाट यसलाई सार्वजनिक गर्नु हुँदैन र यसलाई छलफल गर्नुपर्दछ । उपयुक्त समयमा पार्टीले निर्णय लिनुपर्दछ भनेर हामीले त्यो विषयलाई सार्वजनिक नगरेको विषय थियो,’ महासविच पोखरेलले भने । भण्डारी आफैले यस विषयमा राजनीतिकरण बढाएपछि सदस्यता स्वतः निस्क्रिय भएको उनको तर्क थियो । ‘पूर्वराष्ट्रपति आफैले त्यसबारे सार्वजनिक गरेपछि पार्टीले त्यसबारे भन्नुपर्दथ्यो । त्यस अर्थमा हामीले हिजोको बैठकबाट एउटा निष्कर्ष निकालेका छौं । उहाँको जे भूमिका मुलुकका लागि आवश्यक ठानिएको छ । त्यो परिप्रेक्षमा पार्टी राजनीतिमा फर्किनु उचित हुँदैन भन्ने निष्कर्ष निकालीसकेपछि सदस्यताको विषय स्वतः निष्क्रिय भएको छ,’ पोखरेलले भने ।

बुधबार नै बुटवल पुगेर एमाले उपाध्यक्षसमेत रहेका अर्थमन्त्री विष्णु पौडेलले पनि भण्डारी राजनीतिमा आउनु अनुचित भएको र पार्टी सदस्यता नवीकरण नहुने बताए । ‘अब उहाँ राजनीतिमा आउनु हुन्छ की हुँदैन भन्ने जहाँसम्म विषय छ । राष्ट्रपति गणतन्त्रको शान हो । राष्ट्रपति राष्ट्र प्रमुख हो । राष्ट्र प्रमुख भएर कुनै एउटा पार्टी विशेषमा, हिजो उपाध्यक्ष हुँदा एमालेको उपाध्यक्ष हुनुहुन्थ्यो, तर जब उहाँ राष्ट्रप्रमुख हुनुभयो । एमालेको मात्र होइन सिंगो राष्ट्रको राष्ट्रप्रमुख हुनुभयो । सिंगो राष्ट्रको राष्ट्रपति जस्तो अभिभारा संविधानको रक्षा, संरक्षण गर्ने अभिभारा वहन गरेर सेवानिवृत्त भएको पूर्वराष्ट्रपति राजनीतिमा आउने कुरा उचित हुँदैन,’ पौडेलले थपे, ‘त्यसकारण उहाँले सिंगो राष्ट्रकै अभिभावकको भूमिकामा रहनुपर्छ । उहाँको पार्टी सदस्यता नवीकरण हुन सक्दैन, गर्न उचित पनि हुँदैन ।’

भण्डारीको घोषणाबाट असन्तुष्ट देखिएका प्रधानन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीको विशेष प्रस्तावमा सदस्यता नवीकरण रद्द गरिएको थियो । उक्त निर्णयको उपाध्यक्षद्वय युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र स्थायी समिति सदस्य कर्णबहादुर थापाले असहमति जनाएका थिए ।

अदालत जाने तयारीमा भण्डारी
आफूविरुद्ध रणनीतिक रुपमा चाल चालेका थाह पाएपछि भण्डारीले मंगलबार दिउँसो नै भंगालस्थित आफ्नो निवासमा केही पत्रकारलाई बोलाएर आफू राजनीतिमा अघि बढिसकेको बताएकी थिइन् । भण्डारीले अब आफूले कुनै हालतमा पछाडि फर्कने ठाउँ नरहेको तर्क अघि सारिन् । ‘म राजनीतिमा अघि बढेँ, माझकिरातको छोरी हुँ, खुट्टा कमाउँदिनँ,’ उनले भनिन् ।

पहिले ओलीसँगको छलफलमा राजनीतिमा आउँदा कुनै फरक नपर्ने बताए पनि अहिले भने आफूलाई सबै मिलेर रोक्न खोजेको विद्याको भनाई थियो । ओलीले यसरी नै बन्देज लगाइराखे भण्डारीले नयाँ दल खोल्ने चर्चासमेत चलेको छ । यद्यपि यसका लागि केही दिन लाग्ने उनी निकट नेताहरु बताउँछन् । उनी निकट एक नेताका अनुसार विद्यालाई सबैतिरबाट कमजोर बनाएर ओलीले एमालेमा पनि ढोका बन्द गरेको गुनासो गरे । ‘पूर्व राष्ट्रपतिले पाउने सेवासुविधा त्याग्न लगाइयो, त्यसपछि पार्टीको ढोका बन्द गरिदिए । अहिले भण्डारी निकै कमजोर पात्र बन्नुभएको छ,’ ती नेताले भने । योसँगै बुधबार भण्डारीपुत्री उषाकिरणले फेसबुकमार्फत आक्रोश पोखेकी थिइन् । उषाकिरणलाई थुम्थुम्याउन ओलीले राष्ट्रिय सभाको सदस्य बनाउने तयारी थालेकोसमेत चर्चा एमाले वृत्तमा शुरु भएको छ । 


प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  ११:२८
#विद्यादेवी भण्डारी
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP