Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • निर्वाचनको निष्पक्षमा प्रश्न
निर्वाचनको निष्पक्षमा प्रश्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १२, २०७९
Hardik health
हरेक निर्वाचनमा सुरक्षा र निष्पक्षताको प्रश्न उठ्ने गर्छ । विशेषगरी चुनावमा हार्नेपक्षले चुनावमा धाँधली भएको आरोप लगाउने गर्दछ । यसपालि ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन पनि यसबाट अछुतो रहन सकेन । तुलनात्मकरुपमा देशभर नै निर्वाचन शान्तिपूर्णरुपमा त भयो तर निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि भने केही निर्वाचन क्षेत्रमा प्रश्न उठ्यो ।त्यसो हुनुमा निर्वाचन केन्द्र नै केही दलका कार्यकर्ताहरूबाट अनधिकृतरूपमा कब्जा भएको भनियो । त्यसमध्येमै पर्छ– दोलखाको १० वटा मतदान केन्द्र । जाँचबुझ समितिले स्थलगत अनुगमन गरेपछि ती मतदान केन्द्रहरूलाई अनधिकृत ढंगले कब्जा गरेको पाइएको निष्कर्ष निकाल्दै निर्वाचन आयोगलाई फेरि मतदान गराउन सिफारिस गरेको थियो । यसकै आधारमा आयोगले ती मतदान केन्द्रहरूमा यही मंसिर १५ भित्र फेरि मतदान गर्ने निर्णय आइतबार गरेको छ । आयोगको यो निर्णयसँगै यसअघि १० वटा मतदान केन्द्रमा भएको मतदान रद्द भएको छ । फेरि निर्वाचन गराउनुपर्ने झण्झट आइपरेको छ । एकातिर मतपत्र छपाउनुपर्ने भएको छ भने अर्कातिर मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारी नियुक्त गरेर निर्वाचन गर्नुपर्ने भएको छ । यसले राज्यलाई थप आर्थिक भार भएको छ । यसको मुख्य जिम्मेवार पक्ष भने निर्वाचन आयोग हो । आयोगले स्वाभाविकरूपमा जिम्मेवारी लिनुपर्छ । किनभने, यसमध्येका केही मतदान केन्द्रलाई निर्वाचनअघि आयोगले नै संवेदनशील निक्र्योल गरेको थियो । तर, यति हुँदाहुँदै ती मतदान केन्द्रहरूमा किन पर्याप्त सुरक्षाकर्मी परिचालन भएन ? मतदान केन्द्रमा आधा घण्टामा पुग्नेगरी ‘रिजर्भ फोर्स’ राखिएको भनिए पनि किन उनीहरूले सुरक्षा पहरा दिन सकेनन् ? दोलखा घटनाले यस्ता थुप्रै प्रश्न जन्माएको छ । त्यसो त दोलखामा यस्तो घटना भएको यो नै पहिलो भने होइन । उक्त क्षेत्रमा यसअघिका निर्वाचनमा गोली नै चलेका थिए । त्यसैले उक्त क्षेत्रलाई सुरक्षाको हिसाबले अति संवेदनशीलरुपमा लिनुपथ्र्यो । यसमा आयोगको ध्यान पुग्न नसकेको देखिन्छ । निर्वाचनलाई स्वच्छ र धाँधलीरहित बनाउने घोषणा गरेको आयोगले यस्ता विषयमा ध्यान पु¥याउन नसक्दा पुनः निर्वाचन गर्नुपर्ने अवस्था आएको देखिन्छ । बाजुरा र स्याङ्जाको क्षेत्र नं. २ मा पनि मत गणना सुरु हुन सकेको छैन । त्यहाँ पनि त्यस्तै विवादले मत गणना अनिश्चित बनेको हो । देशभरको मत परिणाम सार्वजनिक भइसक्दा ती तीन क्षेत्रको मत गणना सुरु नहुनुले नराम्रो सन्देश दिइरहेको छ । चाँडोभन्दा चाँडो विवाद टुंग्याउन आयोग र दलहरु जिम्मेवार बन्नुपर्छ । निर्वाचन जनताले आफ्नो प्रतिनिधि चुन्ने महत्वपूर्ण अवसर हो । जनताले निर्धक्कसँग आफूले चाहेको व्यक्तिलाई मत दिन पाउने वातावरण बनाइनुपर्छ । तर, आफ्नो पक्षमा नतिजा ल्याउन बुथ कब्जा गर्ने, मतदातालाई प्रभावित पार्ने, दबाब दिने जस्ता गलत प्रवृत्ति अन्त्य गराउनुको विकल्प छैन । यसमा सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय तथा राजनीतिक दलहरुको भूमिका विशेष रहन्छ । आगामी दिनमा कागजी र भाषणमा मात्रै नभई व्यवहारमै स्वच्छ निर्वाचनको प्रत्याभूति गराउनु अति आवश्यक छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १६:१८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP