Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • व्यवस्था फेर्न होइन सबल बनाउन लागौँ
व्यवस्था फेर्न होइन सबल बनाउन लागौँ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर ९, २०७९
Hardik health
मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । प्रारम्भिक नतिजाले अबको संसद्को परिदृश्य लगभग प्रस्ट पारिसकेको छ । संसद्मा यसपालि ठूला दलहरुको सिट खोस्दै केही नयाँ दलले प्रवेश पाएको छ । राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि अफ्नो सिट संख्या बढाउने भएको छ । संघीयताको विपक्षमा वकालत गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो प्रयासमै तेस्रो शक्तिको रुपमा उदाउने सम्भावना देखिन्छ । अर्कोतर्फ जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि संसद्मा प्रवेश पाएको छ । जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी भने यसपटक केही सिटमा खुम्चिने पक्कापक्की भएको छ । नेकपा एमालेबाट विभाजित भई गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीले प्रत्यक्षतर्फ करिब १० सिटसहित संसद्मा प्रवेश गर्ने भएको छ । यो परिदृश्यले अबको संसद्मा पहिचान र संघीय पक्षधर कमजोर हुने संकेत देखाएको छ । किनभने, नेकपा एमाले र नेपाली कांग्रेसभित्र पनि एक पक्ष संघीय व्यवस्थाप्रति अनुदार रहँदै आएका छन् । राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तानचुनावी परिणाम हेर्दा डरलाग्दो स्थिति देखिने बताउँछन् । संविधानबाट संस्थागत भएको संघीयता र धर्म निरपेक्षता टार्गेटमा पर्न सक्ने र यी उपलब्धिहरूका विरुद्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रवक्ता बनेर आउनसक्ने उनको भनाइ छ । राजनीतिक विश्लेषक मोक्तानको भनाइ केही सान्दर्भिक पनि छ । किनभने, रास्वपाले प्रदेश खारेजीको मागलाई प्रमुख मुद्दा बनाएर चुनावमा गएको थियो ।उक्त दलले प्रदेशसभामा उम्मेदवारीसमेत दिएको छैन । रास्वपाका सभापति लामिछानेले प्रदेशसभा सदस्यका लागि मतदानसमेत गरेनन् । मुलुकमा ठूलो संघर्षबाट स्थापित संघीय प्रणालीको यो व्यवस्था कार्यान्वयनमा आएको एक दशक पनि भएको छैन । त्यसैले यो व्यवस्थालाई हटाएर फेरि नयाँ ल्याउने भन्दा पनि यसलाई कसरी सबल बनाउने भन्नेमा केन्द्रित हुन आवश्यक छ । इतिहासमै पहिलोपटक जनताबाट चुनिएका जनप्रतिनिधिबाट लेखिएको नेपालको संविधान–२०७२ मा व्यवस्था गरिएका अधिकांश प्रावधानहरु कार्यान्यवयनमा आइसकेको छैन ।संविधानले प्रदेशलाई जुनरुपमा परिभाषित गरेको छ, त्यो व्यवस्थाअनुसारको अधिकार प्रत्यायोजन गर्न अघिल्लो सरकार र संसद् असफल रह्यो । जसकारण प्रदेशको भूमिका गौन बन्न पुगेको प्रस्ट छ । संघीयताको मर्मअनुरुप प्रदेशमा अधिकार प्रत्यायोजनमा अघिल्लो सरकारले कन्जुस्याइँ गरेकै हो । त्यसैले अब बन्ने सरकारले प्रदेशलाई अधिकार प्रत्यायोजन गरी प्रभावकारी भूमिका दिलाउन आवश्यक छ । यसका लागि आगामी संसद्ले भूमिका खेल्नुपर्ने हुन्छ । तर, यो भूमिका निभाउनेमा यो चुनावी परिणामले शंका उब्जाएको छ । संविधानले गरेको व्यवस्थालाई सबल कार्यान्वयन गर्दै जानुको विकल्प छैन । अहिले संसद्मा आउँदै गरेका नयाँ पार्टी होस् या विगतदेखि संसद्मा रहँदै आएका दलहरु, सबै यसमा जिम्मेवार बन्नुपर्छ । अब फेरि व्यवस्था परिवर्तन गर्नेतर्फ लाग्नु हुँदैन । यही व्यवस्थालाई सबल बनाउँदै मुलुकको विकास र समृद्धिको मार्गचित्र कोर्न भूमिका खेल्नुपर्छ । जनताको ठूलो संघर्षबाट प्राप्त यो उपलब्धि गुम्न दिनु हुँदैन । व्यवस्था फेर्न होइन, सबल र समृद्ध बनाउन लागौँ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP