Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • रेमिट्यान्स पठाउनेलाई सधैं किनारा
रेमिट्यान्स पठाउनेलाई सधैं किनारा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर ६, २०७९
Hardik health
मुलुकमा भित्रिने रेमिट्यान्सले अर्थतन्त्रमा महŒवपूर्ण योगदान पु¥याइरहेको तथ्य लुकेको छैन । कूल गार्हस्थ उत्पादन (जिडिपी) मा करिब २५ प्रतिशत हिस्सा ओगट्ने रेमिट्यान्स वैदेशिक रोजगारीमा गएका श्रमिकहरुले पठाउने गर्दछन् । यसले मुलुकमा विदेशी मुद्रा सञ्चिति तथा वैदेशिक व्यापारमा भइरहेको घाटा पूर्तिमा ठूलो सहयोग गरेको छ । स्वदेशमा रोजगारीको अवसर नपाएर विदेशिन बाध्य युवाहरु मताधिकारबाट समेत वञ्चित हुँदै आएका छन् । जो जहाँ कार्यरत छ त्यहीँबाट मतदान गर्न पाउने अवस्था नहुँदा लाखौं युवा मताधिकार उपयोग गर्नबाट वञ्चित हुनुपरेको हो । यही ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ६१ प्रतिशतमात्र मत खस्यो । यो पछिल्लो १५ वर्षयताकै न्यून मतदान हो । मतदाताहरु यसपटक मतदानका लागि उत्साहित भएको देखिएन । अर्कोतर्फ मतदान हुँदै गर्दा विदेशिने युवाहरुको भीड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लागेको थियो । आफ्नो मताधिकार प्रयोग गर्न नपाएकामा उनीहरु खिन्न मन लिएर विमानस्थलमा पुगेको देखिन्थे । मतदान गरेर आफूले चाहेको जनप्रतिनिधिलाई जिताउने चाहना भए पनि बाध्यताले विदेशिनुपर्दा मतदान गर्न नपाएको उनीहरुको गुनासो थियो । न्यून मतदान हुनुको कारणमध्ये एक यही नै हो । मतदाता नामावलीमा नाम भएका युवाहरु धमाधम विदेशिरहेका छन्, अनि मतदान कसरी हुन्छ ? त्यसो त दलहरुले पटक–पटक विदेशमा रहेका नेपालीलाई त्यहीँबाट मतदान गर्न पाउने व्यवस्था गर्ने बताउँदै आए पनि त्यो हुन सकेको छैन । यसबाट लाखौं युवा मताधिकारबाट वञ्चित हुनुपरेको छ । रोजगारी, व्यवसाय तथा उच्च शिक्षाका लागि लाखौं नेपाली विदेशिएका छन् । उनीहरुले आफू कर्मभूमिमा जहाँ रहे पनि नेपालमा हुने निर्वाचनमा भाग लिन पाउनुपर्ने माग गर्दै आएका छन् । यस्तो व्यवस्था गर्न राज्य संयन्त्रका साथै दलहरु उदासीन बन्नुको परिणाम उनीहरु मतदानबाट वञ्चित हुनुपरेको छ ।चुनावमा दलहरुले स्वदेशमै रोजगारीको ग्यारेण्टी गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले वैदेशिक रोजगारीको बाध्यतालाई हटाउन आकर्षक योजनाहरु समेटेका छन् । दलहरुले यसरी प्रतिबद्धता जनाएको पहिलोपटक भने होइन । विगतका घोषणापत्रहरु हेर्ने हो भने पनि सोही प्रतिबद्धता दोहोरिँदै आएको पाइन्छ । तर, व्यवहारमा जुन दलले सरकारको नेतृत्व गरे पनि चुनावी प्रतिबद्धता कार्यान्यवन गरेका छैनन् । यसले दलहरुप्रति युवाहरुको आकर्षण ह्वात्तै घटेको यसपालिको निर्वाचनमा देखिएको छ ।विदेशमा रहेकाहरुलाई मतदान गर्ने व्यवस्था नगर्नु भनेको मुलुकको अर्थतन्त्रमा योगदान पु¥याउने रेमिट्यान्स भित्र्याउने श्रमिकहरुप्रतिकै अपमान हो । उनीहरुले विदेशी भूमिमा बगाएको श्रमको अपमान हो । रेमिट्यान्स पठाउनेहरुलाई नै किनारा लगाउने प्रवृत्ति हटेन । यस पटकको निर्वाचनमा विदेशबाटै मतदान गर्ने व्यवस्था होला कि भन्ने उनीहरुको चाहना थियो, तर त्यो पूरा भएन । यसमा राज्य सञ्चालक, राजनीतिक दलहरुको ध्यान जानै पर्छ । आगामी निर्वाचनसम्म उनीहरुलाई मताधिकार विदेशबाटै सदुपयोग गर्ने व्यवस्था गराउनुपर्छ । नेपालीहरुले विदेशमा गरेको श्रमलाई सम्मान गर्नैपर्छ । यसमा आगामी सरकारको नेतृत्वमा आउने तथा संसद्मा पुग्ने जनप्रतिनिधिहरुको ध्यान जानुपर्छ । आशा गरौं आगामी निर्वाचनमा यो समस्या दोहोरिने छैन ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १८:०६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP